Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

ओगादुगुमा अलकायदाको भीषण आक्रमण, १८ देशका नागरिक मारिए

\"burkina-faso_al ओगादुगू । अफ्रिकी मुलुक बुर्किनाफासोको राजधानी ओगादुगूस्थित एक होटलमा हमला गर्न आएको आतंककारी समूहले १२ घण्टा भन्दा बढी समयसम्म नागरिकलाई बन्धक बनाएका थिए । शनिवार राती थामिएको फायरिङमा १८ देशका कम्तीमा २८ नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । आतंककारीले बन्धक बनाएका १२० नागरिकलाई प्रहरीले छुटाएको छ । घटनामा ३० जना भन्दा बढी घाइते भएका छन् ।  हमला गर्ने आतंकारी समूहको चार जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले बताएका छन् । घटनामा इटाली, रुस, क्यानाडा, स्वीट्जरल्याण्ड तथा फ्रान्सका नागरिकहरु मारिएका छन् । मृत्यु हुनेमा पाँच वर्षको बालकदेखि महिलाहरु समेत रहेको बताइएको छ । आतंककारी हमलापछि थुप्रै नागरिकले १२ घण्टासम्म बाथरुममा लुकेर ज्यान बचाएका छन् । जिहादी बन्दुकधारी विद्रोहीहरुले उक्त हमला गरेका हुन् । घटनापछि बुर्किनाफासोका राष्ट्रपति रोक मार्क क्रिश्चियन काबोरले आंतंककारी समूहले आक्रमणको निशाना बनाएको होटलको निरीक्षण गरेका थिए । बुर्किनाफासोको इतिहासमा ‘कू’ का घटनालाई लिएर आगामी दिनमा सैनिक प्रशासनमा सुधार गर्दै सुशासन कायम गर्न राष्ट्रपति मार्क लागिपरेका थिए । सुरक्षा बलका अनुसार आतंककारीहरु मध्ये दुई महिलासमेत रहेका थिए । ती महिलामध्ये एकको भाषा अफ्रिकी रहेको थियो । उनीहरुले प्रयोग गरेको गाडी भने बुर्किनाफासोको छिमेकी मुलुक नाइजरको नम्बर प्लेट रहेको थियो । उनीहरुले फ्रेन्च तथा अरबी भाषामा समेत कुराकानी गरेको सुरक्षा अधिकारीहरुको भनाइ छ । आतंककारी हमला भएको उक्त होटलमा संयुक्त राष्ट्र संघका कर्मचारीहरु समेत रहेका थिए । उक्त हमलाको जिम्मेवारी अलकायदाले लिएको छ । अलकायदाले जारी गरेको अडियो टेपमा रगत र लाशको चित्र अंकित थियो । आक्रमण गर्नुअघि होटल अगाडि दुई कार बम विस्फोट गराइएको थियो । -एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending