Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

विद्यालयमै छात्राहरुले सेनिटरी प्याड भेटाएपछि...

\"Sanitaryनवलपरासी । महिनावारी हुने समय आएपछि विद्यालय जाने कि नजाने गएपनि कसरी दिन कटाउने केही समस्या होला कि भन्ने चिन्ताले सताउने नवलपरासीका किशोर समूहका छात्राहरुलाई अहिले यो समस्याले सताउन छाडेको छ । महिनावारी हुंदा शारिरीक समस्या हुने र पठनपाठनमै समस्या हुने गरेपछि महिनावारीको समयमा छात्राहरु विद्यालय नै नआउने आएपनि कक्षा छाडेर घर फर्कने गर्थे । तर नवलपरासीको सुनवलका विद्यालयहरुमा छात्राहरुलाई सेनेटरी प्याडको व्यवस्था गरेपछि छात्राहरुको पठनपाठन नियमित बनेको छ । विद्यालयको सहयोग र विद्यार्थीहरु स्वयम्ले मासिक पाँच रुपैयाँ जम्मा गरेर कोष सञ्चालन गरी सेनेटरी प्याडको व्यवस्था गरेपछि छात्राहरुलाई सहज भएको हो । महिनावारी हुंदाको समय विद्यालयमा सेनेटरी प्याडको व्यवस्था नहुंदा छात्राहरु पठन पाठन छाडेर घर जानुपर्ने वा महिनावारीको समयमा विद्यालय आउन नसक्ने अवस्थामा हुने गर्दथे जसले गर्दा छात्राहरुको पठाई नियमित हुन सक्दैनथ्यो । सुनवल बनकट्टीको भगवती माविका महिला शिक्षक एवम् बाल फोकल पर्सन लक्ष्मी पौडेलले विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेपछि छात्राहरुको विद्यालयमा नियमितता बढेको बताए । बालमैत्री नगरपालिका घोषणा भएको सुनवल नगरपालिकाका मावि तथा उच्च मावि तहका सम्पूर्ण विद्यालयहरुमा बाल फोकल पर्सन निर्धारण गरेर सेनेटरी प्याडको व्यवस्था गरिएको छ। त्यस्तै, भगवती माविका प्रधानाध्यापक खेमलाल शर्माले आफ्नो विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुबाट मासिक पाँच रुपैयांँ र विद्यालयको सहयोगमा यसका लागि कोष नै स्थापना गरेको बताए। लक्ष्मी पौडेलका अनुसार छात्राहरुले  आफूहरु महिनावारी भएको समय निर्धक्कसँग कार्यालयमै आएर कुनै लाज नमानि सेनेटरी प्याड माग्ने गरेको बताए । जिल्ला शिक्षा कार्यालय नवलपरासीले नवलपरासीको सम्पूर्ण विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था गर्न अनिवार्य गरेपनि कतिपय विद्यालयहरुमा भनै अझै सेनेटरी प्याड राखेको पाइदैन । सुनवल बाल क्लबको अध्यक्ष बर्षा गैरेले विद्यालयहरुमा रहेको बाल क्लबको सहायतामा विद्यालयमा छात्राहरुको लागि सेनेटरी प्याडको व्यवस्था गरिएको बताए । सोमनाथ उच्च मावि कक्षा १२ मा अध्ययनरत निरुता गैरेले विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था गरेपछि छात्राहरु विद्यालय नियमित हुने क्रम बढेको बताए । उनले महिनावारीको समयमा किशोरीहरुमा शारिरीक समस्या देखिने र जसले गर्दा विद्यालयमा पढ्न बस्ने समस्या हुने भएको र विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेपछि अत्यधिक सहयोग भएको बताए । गैरका अनुसार सुनवलका हरेक विद्यालयमा सेनेटरी प्याड अनिवार्य नै गरिएको छ । नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी तोयानाथ लम्सालले सुनवलका  अतिरिक्त रामग्राम नगरपालिका, कावासोती नगरपालिका, गैडाकोट नगरपालिका लगायतका नगरपालिकाका साथै जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेको पाइएको बताए । लम्सालले भने यसले निक्कै राम्रो प्रभाव पारेको छ । छात्राहरुको महिनावारीको समयमा विद्यालयमा उपस्थित नहुने क्रम घटेको छ । जसले गर्दा छात्राको विद्यालयमा नियमितता बढेको छ । जिल्ला शिक्षा कार्यालयमा यस सम्बन्धि कुनै कार्यक्रम नभए पनि विद्यालयहरु आफैले कोष स्थापना गरेर सेनेटरी प्याड वितरण गरेको समेत सहायक जिल्ला शिक्षा अधिकारी लम्सालले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies