Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

आज मध्यरातसम्म सम्झौतामा हस्ताक्षर !

\"sushil-kp-prachanda-650x295\"काठमाडौं । ब्यवस्थापिका संसदको बैठक मंगलबार बस्ने भएकाले सोमवार नै आन्दोलनरत मधेसी मोर्चासँग सम्झौता गर्ने बताएका प्रमुख तीन राजनीतिक दलका नेताहरु सोमबार मध्यान्हसम्म आ–आफ्नै ब्यस्ततामा छन् । संसद बैठकअघि नै मोर्चासँग सहमति गर्ने भनेका प्रमुख दलका शीर्ष नेताहरुले माघ ४ सम्म सम्झौतमा हस्ताक्षर हुँने भन्दै भाषणबाजी नै गर्दै हिडेका थिए । यसअघि पनि पटक पटक सहमतिको समय तोकेका नेताहरुले माघ ४ मै मोर्चासँग सम्झौता हुने बताउँदै आएका छन् । आज कार्यदलको बैठक बस्नुअघि नै प्रमुख तीन दलका नेताहरुले अनौपचारिक छलफल गरी सहमति जुटाउने र कार्यदल बैठकमा सम्झौतामा हस्ताक्षर गर्ने बताएका थिए । प्रमुख दलका शीर्ष नेताहरु आफ्नै ब्यस्ततामा रहेकाले मोर्चासँगको सहमतिबारे निर्णायक छलफल गर्न सकेका छैनन् । नेपाली कांग्रेसका  सभापति सुशील कोइराला पार्टीको आसन्न महाधिवेशनबाट पनि पार्टीको नेतृत्व हत्याउन आन्तरिक छलफल र भेटघाटमा ब्यस्त छन् भने एमाओावादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी प्रशिक्षणका क्रममा देश दौडाहामा छन् । सोमवार विहानसम्म पनि उनी कैलालीको धनगढीमा कार्यकर्तासँग भेटघाट तथा स्थानीय निकायका कर्मचारीसँग भेटघाटमै ब्यस्त थिए । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि आफ्नै ब्यस्ततामा छन् । मोर्चासँगको छलफल सकारात्मक भएको र सहमति नजिक पुगेको बताउँदै आए पनि सयन्त्रको बैधताको बारेमा टुंगो लाग्न सकेको छैन । प्रमुख दलहरुले संयन्त्रको बैधताबारे टुंगो लगाएपछि कार्यदलको बैठकमा सहमति गर्ने भनिए पनि अझै दलहरुबीच प्रस्तावित राजनीतिक संयन्त्रको बैधताबारे विवाद कायमै छ । संयन्त्रलाई कस्तो बैधानिकता दिने भन्नेमा दलहरु टुंगमा पुगेका छैनन् । मोर्चाले राजनीतिक संयन्त्रको विश्वासिलो आधार खोजेपछि तीन दलका कार्यदल सदस्यले संयन्त्रलाई संवैधानिक मान्यता दिनेमा सहमति जुटाउन सकिने बताएका थिए । प्रमुख दलका नेताहरु तथा मोर्चाका नेताहरुसँग सोमवार द्विपक्षीय तथा त्रिपक्षीय भेटघाट गरी सहमति जुटाउने र कार्यदलको बैठक दिउँसो ३ बजे बस्ने तय गरिएको थियो । सिंहदरबारमा दिउँसो तीन बजे बस्ने बैठकमा सीमांकन हेरफेरका लागि गठन गर्ने भनिएको राजनीतिक संयन्त्रको कार्यक्षेत्रका विषय र मोर्चाका अन्य मागबारे छलफल गरी मध्यरातसम्मा सम्झौतापत्रमा हस्ताक्षर हुने नेताहरुको विश्वास छ । शीर्ष नेताहरु आ–आफ्नै ब्यस्ततामा रहेपछि कार्यदलकै तीन दलका नेताहरुले नै आन्तरिक छलफल गरी मोर्चासहितको कार्यदलको बैठक बस्ने बताएका छन् । आइतवारको बैठकमा सहमति नजुटेपछि प्रमुख तीन दलका तर्फबाट कार्यदलमा रहेका नेताहरुले प्रस्तावित कार्यक्षेत्र परिमार्जनका विषयमा शीर्ष नेतासँग छलफल गर्न भन्दै समय मागेका थिए । तर अझैसम्म शीर्ष नेताहरुसँग छलफल भएको छैन । मंगलबार बस्ने ब्यवस्थापिका संसदको बैठकमा संविधान संशोधन गर्ने कार्यसूचि तय गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies