Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नयाँ विचार अनुरुप कार्यशैलीमा रुपान्तरण गर्न प्रचण्डको निर्देशन

\"7कैलाली । एकिकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ले आज कैलालीको अत्तरियामा ७ नं. प्रादेशीक कमिटिको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै कार्यकर्ताहरुलाई नयाँ विचार अनुरुप कार्यशैलीमा रुपान्तरण गर्न निर्देशन दिएका छन् । सोमबार कैलाली प्रचण्डले नयाँ विचार अनुरुप कार्यशैलीमा आफूलाई रुपान्तरण गर्न नेता तथा कार्यकर्तामा निर्देशन गर्दै भने, ‘अहिले देशकै नेतृत्व गर्ने पार्टी निर्माण गर्ने यो महत्वपूर्ण अवसर हो, आम उत्पीडित जनताले हामीलाई नै आशा गरेका छन् । देश समाजवादी चरणमा प्रवेश गरेको छ ।’ प्रचण्डले मुख्य कुरा वर्ग भएको बताउँदै श्रमजीवि वर्गको नेतृत्व माओवादीको नेतृत्वमा आन्दोलन भयो भने मात्र सही समाधान हुने उल्लेख गरे । उनले भने, ‘जातीय क्षेत्रीय आन्दोलन वर्गीय मुक्ति आन्दोलनसँग जोडिएन भने साम्प्रदायिक दंगामा फस्न सक्छ, जसले समस्याको समाधान होइन, बरु झन जटिल बनेर जान्छ ।’ प्रचण्डले कार्यकर्ताहरुलाई निर्देशन दिदैँ अगाडी भने, ‘पार्टी बनाउन सकिन्छ, बनाउनुपर्छ र समाजवादी क्रान्ति संभव छ । हामी सबैले समाजवादी क्रान्ति सम्भव छ भन्ने आत्माविश्वास हुनै पर्दछ । जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षाको निम्ति संविधानलाई दृढतापूर्वक कार्यान्वयनमा लागौं र यही क्रममै बाँकी रहेका अधिकारहरु स्थापित गर्न सकिन्छ ।’ उनले दुःखकष्ट गर्ने र जनतामा गएर सम्बन्ध सुदृढ गर्ने संकल्प गर्न समेत निर्देशन दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies