Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

कांग्रेस १३ औं महाधिवेशन : रोज्ने, इमान्दार कूलबहादुर की ! भ्रष्टाचारी खुमबहादुर !

\"Kulbahadurकाठमाडौं । भ्रष्टाचारी प्रमाणित भई जेल बसेर निस्किएका नेता खुमबहादुर खड्कालाई कांग्रेसले केन्द्रीय सदस्यबाट निलम्बन गर्न सकेन, अझै चाहेन । सर्वोच्च अदालतले भ्रष्टाचारी सावित गर्दा पनि सामान्य नैतिक मूल्य र मान्यताको धज्जी उडाउँदै कांग्रेसले उनलाई चोखो नै देखाउने प्रयास गरेको यही सन्दर्भबाट बुझ्न गाह्रो छैन । अकुत सम्पत्ति जोडेका उनै खुमबहादुरलाई सुशील कोइराला सरकारले फेरि पुरस्कृत गर्यो । द्वन्द्वकालमा गोठ भत्किए पनि उपचार र घरमर्मत भन्दै ३० लाखभन्दा बढी आर्थिक सहयोग गर्यो । निरन्तरता र इमान्दारिताको योगदानमा अब्बल कूलबहादुर गुरुङले कांग्रेसमा के पाए ? हार्ने अवस्थामा राष्ट्रपतिको उम्मेदवार बनाइए गुरुङ तर, जित्ने अवस्था आएको भए उनले यो भाग पाउने थिएनन् । कांग्रेसमा यतिखेर १३ औं महाविधेशनको सरगर्मी बढेको छ । योगदान र सकारात्मक काम गरेका कूलबहादुर गुरुङहरु फेरि छायाँ पर्दैछन् भने पदको दुरुपयोग गरी अकुत सम्पत्ति जोडेका खुमबहादुर प्रवृत्ति हावी हुँदैछ । अर्थात् महाधिवेशनमा सुशीलदाई वा शेरबहादुर दाईलाई जिताउन सक्ने मत आफूसँग रहेको भन्दै खुमबहादुरहरु बार्गेनिङमा छन । तर, कूलबहादुरहरु चुपचाप छन् । महाधिवेशन (फागुन २० देखि २३) अन्तर्गत गाउँ र नगरमा माघ १५ गते अधिवेशन हुँदैछ, माघ २२ गते २४० क्षेत्र र २५ माघमा ७५  जिल्लाको अधिवेशन हुँदैछ । यो समय सुरु हुन अब जम्मा १० दिनमात्र बाँकी छ तर, नेताहरुको देश दौडाहा यतिखेर तीव्र बन्दै गएको छ । नीति, योजना, कार्यक्र र विचारभन्दा नेतागत तयारी कांग्रेसको महाधिवेशनमा हावी हुँदै गएको छ । कांग्रेसलाई विचारले उन्नत बनाउँदै जाने भन्ने विषयमा नेताहरु बहस गर्नुको साटो गुटको फेरो समातेर नेता सफल बनाउन दौडाहामा लागेका छन् । नेता नै प्राथमिकतामा पर्दा फेरि पनि कांग्रेसमा खुमबहादुर प्रवृत्ति हावी हुने अवस्थालाई कांग्रेसीले कसरी रोक्न सक्लान ? गाउँ, नगर, क्षेत्र हुँदै आउने महाधिवेशनप्रतिनिधिले बुझ्नुपर्ने कुरा हुन् यी । नेतालाई जिताउन प्रयोग हुने खुमबहादुर प्रवृत्तिलाई सहयोग गर्नेकी ‘इमान’ राजनीति गर्ने कूलबहादुर प्रवृत्तिमा लाग्ने भन्ने दोबाटोमा कांग्रेसको नेतृत्व छान्ने भोटर तयार हुँदैछन् । कांग्रेसम सुशील कोइरालाको नेतृत्वकालमा उही नेतामुखी र माथिबाट तलको राजनीति हावी भयो । सबै निर्णय कोठाचोटामा गरिए तर, तल्लो तहमा के हुन्छ, के भन्छन् भन्ने अवस्थालाई ख्याल गरिएन । देउवा पक्षका केही नेता र संस्थापनकै गगन थापा, अर्जुननरसिंह केसी, डा. शेखर कोइरालाहरुले यस्तो प्रवृत्तिको विरोध गरे । तर, कोठाचोटाबाट कांग्रेसलाई आफ्नो कब्जामा राख्नेभन्दा उन्नत विचार  र बहसका जन्म र अभ्यास कांग्रेसमा भएन । ‘गएका पाँच वर्षका के भयो भन्दै रचनात्मक काम एउटै भएनन्, कोठाचोटाबाट पदाधिकारीका नाममा निर्णय गरियो तर, तल्लो तहले के सोच्छ, के गर्छ र के भन्छ भन्ने तर्फ ख्याल गरिएन’ आगामी महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदावरी दिने तय गरेका एक नेता भन्छन्, ‘नीतिमा होइन, नेतामै भर पर्दा फेरि पनि खुमबहादुर प्रवृत्ति हावी हुने र कूलबहादुर प्रवृत्ति पाखा लाग्ने भय हामीलाई छ  ।’ हुन पनि गएका पाँच वर्षमा कांग्रेसमा राम्राभन्दा नराम्रा काम धेरै भए । केन्द्रीय समितिले निक्कै ढिला (अन्तिमतिर) पूर्णता पायो, विभागले काम गर्न सकेनन्, कार्यसम्पादान समिति बनेन । तर, सुशीललाई देउवालाई ४० प्रतिशतको भागबण्डामा आफ्नो हित देखे र अरु झमेलाभन्दा संस्थागत गुटगत भागबन्डालाई रोजिदिए । यसको परिणाम कांग्रेसमा नीति, विचार होइन, संख्या, बल, पाखुरा प्रधान देखिए । आगामी चार वर्षका नयाँ नेतृत्व चुन्दै  गर्दा फेरि पनि इमान्दार कूलबहादुरहरु छायाँ पर्ने र खुमबहादुरहरु उदाउने सम्भावित जोखिमलाई कांग्रेसी नेता कार्यकर्ताले न्याय गर्लान् ? कूलबहादुर जो वर्षौसम्म राजनीति गर्दा पनि काठमाडौंमा एउटा घर जोड्न नसकी डेरामा बस्छन् । तर, खुमबहादुरलाई करोडौं रुपैयाँ भष्टाचार गरेको ठहरपछि पनि कांग्रेसले पुरस्कृत गर्छ, बचाउँछ र गरिब देखेर ३० औं लाख सहयोग गर्छ । यस्ता पक्षलाई कांग्रेसले न्याय गर्लान् ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies