Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

बिपन्न परिवारको सहायता रकम हिनामिना, रकम नतिरी जागीरको पुर्नबहाली

काठमाण्डौं । उच्च पहाडी गरिबी निबारण कार्यक्रमबाट संचालित अति बिपन्न परिवारलाई दिने सहायताको रकम भष्ट्रचार गर्ने थिर्पु गाबिसकी जानकी बमलाई गत आर्थिक बर्षमा हिनामिना गरेको रकम नतिरेको पाइएको छ । हिनामिना गरेको रकम नतिरी उनलाई पुरुस्कार स्वरुप जिल्ला विकास समितिले पुनः जागिरको पुर्नबहाली गरेको छ । \"kalikot\" २०७०-७१ आर्थिक बर्ष ३ लाख र आर्थिक बर्ष २०७१-२०७२ को १२ लाख २४ हजार रुपैयाँ लक्षित बर्गलाई नदिई हिनामिना गरेकी थिइन् । रकम हिनामिना गरेको रकम गत आर्थिक असाढ मसान्तसम्म तिर्ने जिल्ला विकास समितिलाई जानकी बमले कागज गरेकी थिइन् । तर, सो रकम यो आर्थिक बर्षमा पनि नतिरेको पाइएको थिर्पु गाबिसका देबेन्द्र बमले बताए । हालै भएको आठौं गाउँ परिषद्मा जानकी बमले लक्षित बर्गलाई दिइएको पैसा हिनामिना गरेको रकम असुल उपरमा बिषयमा ३ घण्टा गाउँ परिषद् नै अबरुद्ध भएको थियो । बमलाई हिनामिना गरेको रकम असुल उपर गरिएको तिन महिनासम्म बर्खास्त गरेर पुर्नबाहली गरिएको जिल्ला विकास समिति कालिकोटका स्थानीय विकास अधिकारी टिकाराम ज्ञवाली बताए । ‘हिनामिना गरेको रकम असुल गरेर बमलाई पुर्नबाहली गरिएको हो ।’ उनले भने,–‘मैले लक्षित बर्गको रकम तिरेको खबर पाएको थिए ।’ बमले हिनामिना गरेको रकम नतिरेको लक्षित बर्गको गुनासो रहेको हालसम्म पनि लक्षित बर्गले बाख्रा नपाएको स्थानीय विकास अधिकारी ज्ञवालीलाई प्रश्न गर्दा उनले भने,–‘यसका बिषयमा थप उच्च पहाडी गरिबी निबारणका प्रमुख रेशम शाहीसँग बुझ्नोस ।’ तर, शाहीसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क नै हुन सकेन् । तर, जिल्ला विकासको दाबी बिपरित जानकी बमले हिनामिना गरेको रकम लक्षित बर्गले अझैँसम्म पाएका छैनन् । हिनामिनाका लागि जानकी बमले सदरमुकाम नै बस्ने ब्यापारी जस बमको अध्यक्षतामा नक्कली समिति बनाएकी थिइन् । जस बमले आफुले लक्षित बगाएको पैसा लक्षित बर्गले पाए नपाएको थाहा नभएको बताए । कसरी भएको थियो रकम हिनामिना बमले कालिकोट जिल्ला विकास समितिबाट संचालित पश्चिम उच्च पहाडी गरिबी निवारणको रकममा हिनामिना गरेकी थिइन् । जिल्ला विकास समिति कालिकोटबाट संचालित पश्चिम उच्च पहाडी गरिबी निवारण–उपाप) कार्यक्रम अन्र्तगतको थिर्पु गाबिसका लक्षित बर्गलाई छुटाइएको रकम १२ लाख २४ हजार रुपैयाँ गाबिस सामाजिक परिचालक जानकी बमले नक्कली समिति बनाएर सो रकम हिनामिना गरेकी थिइन् । हालसम्म पनि लक्षित बर्गले नपाएको र त्यो रकम पनि असुल उपर भएको छैन् । गाउँ विकास समिति कार्यालय थिर्पुले स्थानीय बिरे बि.क.को खरिद समितिको अध्यक्षता समिति गठन गरेर जिल्ला विकास समिति कालिकोटमा रकम निकासीका लागि आउँदा जिल्ला विकास समितिबाट बदालकोट बस्ने सुर्जना बमको अध्यक्षता खरिद समिति गठन गरी रकम निकासा गरिएको पत्ता लागेको थियो । लक्षित बर्गको रकम निकासा भएको थाहा पाएपछि सो रकम हिनामिना भएको पत्ता लागेको हो । पश्चिम उच्च पहाडी गरिबी निबारणको १२ लाख २४ हजार रुपैयाँबाट गाबिसका गरिब किसानहरुलाई बाख्रा दिएर आत्मनिर्भर बनाउने योजना रहेको त्यसका लागि रकम निकासा गर्न जिल्ला विकास समितिमा जादाँ रकम नै नहरेको थाहा पाएको अध्यक्ष बिरे बि.क.ले बताएका थिए । ‘नक्कली समिति बनाएर पैसा झिकिएछ ।’ उनले भने,–‘त्यहाँका कर्मचारीको पनि मिलेमतो रहेको छ ।’ गाबिसकी सामाजिक परिचालक जानकी बमले सुर्जना बमलाई अध्यक्ष र जस बम सचिव राखेर नक्कली समिति बनाएर चैत्र २६ गते रकम निकासा गरिएको जिल्ला विकास समिति सामाजिक सुरक्षा कार्यक्रमका तत्कालिन् संयोजक नरजंग शाहीले बताएका थिए । ‘रकम निकासा गरिएको छ ।’ उनले भने,–‘त्यो रकम त्यसरी नक्कली समिति बनाएर झिकिएको कुरा थाहा भएन् ।’ शाहीका अनुसार रकम हिनामिना गर्ने जिल्ला विकास समितिका कर्मचारी जानकी बमको तलव भत्ता पनि रोक्का गरिएको बताइएको थियो । रकम हिनामिना गर्ने बमलाई सो रकम जिल्ला विकास समितिको खातामा तत्काल जम्मा नगरे बमको घर जग्गा किनबेच गरेर भएपनि असुल उपर गरिने बताइएको थियो । पश्चिम उच्च पहाडी गरिबी निबारणको रकम नक्कली समिति बनाएर हिनामिना भएको बिषयमा आफुलाई जानकारी नभएको स्थानीय विकास अधिकारी टिकाराम ज्ञवालीले बताएका थिए । ‘उपापको रकम हिनामिना भएको थाहा भएन ।’ उनले भने,– ‘रकम हिनामिना भएको हो या के भएको छ । त्यसबारे म पनि बुझ्ने क्रममा रहेको छुँ ।’ थिर्पु गाबिसका स्थानीयबासीले उच्च पहाडी गरिबी निवारणको रकम हिनामिना भएको भन्दै जिल्ला विकास समितिको कार्यालयमा निवेदन समेत दिएका थिए । हाल जानकी बमलाई हिनामिना गरेको रकमको कुनै प्रबाह छैन् । उनले हिनामिना गरेको रकम तिर्न नपरेको र ढुक्कले जागिर खान पाएकोमा निकै हर्षित छन् । उनी यस्ता त के हुन् र भनेर अरुलाई धाक समेत लगाउने गरेकी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies