Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

हिजोको भन्दा पनि अझ सशक्त ढंगबाट वाईसीएल आउँदैछ– आरसि शर्मा, अध्यक्ष

\"ycl_rc_inter\"पछिल्ला केही वर्ष निकै सुस्ताएको एकिकृत नेकपा माओवादीको सहायक संगठन वाईसीएल नेपालले यहि माघ ८–९ गते राष्ट्रिय भेला गर्दैछ । हिजो गठनकालबाट झण्डै दूई वर्ष कालाबजारी तथा भ्रष्टचारी अनि गुण्डागर्दीको निदहराम गरेको वाईसीएल भारतीय नाकाबन्दी पश्चात राजधानी लगायत देशका प्रमुख शहरहरुमा कालोबजारीले ग्रस्त हुँदा समेत हिजोको जस्तो नियन्त्रणमा खुलेआम देखिएन । निस्कृय भनेर उ माथि लाग्दै गरेको आरोप र वाईसीएल अब के गर्छ भन्ने सबालमा खबरडबलीले वाईसीएलका कार्यवहाक अध्यक्ष आरसि शर्मासँग गरेको अन्तर्वर्ताको सम्पादित अंश–सम्पादक ।   एकताका निकै चर्चा रहेको आइसीएल केही समय विघटन नै भयो, पछि सक्रिय भए पनि फेरि किन गुमनाम ? वाईसीएलको इतिहास आरोह अवरोहपूर्ण छ । इतिहासका खासखास मोडहरुमा जतिबेला मुलुकमा संकट आइपर्छ, त्यतिबेला वाईसीएलले निर्णायक भूमिका निर्वाह गरेको छ । जतिबेला वाईसीएल पछाडि हट्दाखेरि मुलुकको निकासका निम्ति सहज बन्ने ग¥या छ, त्यतिबेला वाईसीएल पछाडि पनि हट्या छ । यसअर्थले वाईसीएलल विघटन नै भएको चाँही होइन । वाईसीएलले इतिहासमा अगाडि बढ्ने र पछाडि हट्ने क्रममा वाईसीएल छ । जतिबेला तपाईँहरु सक्रिय हुनुभयो, अन्य राजनीतिक दलले वाईसीएल विघटनकै प्रस्ताव सारे । शान्ति प्रक्रियाको सवालले गर्दा वाईसीएल निश्क्रिय त बनाइएको हो नि ? हाम्रो संगठन शुरुको चरणमा जसरी सक्रिय थियो, त्यसैगरी निरन्तर सक्रिय भएन । त्यो चाँही साँचो हो । तर वाईसीएल नभएको भन्ने चाँही साँचो होइन, वाईसीएल फरक ढंगबाट सक्रिय थियो । जनताका बीचमा अरु किसिमबाट उसले आफ्ना गतिविधिहरु गरिरहेको थियो । तर यो पछिल्लो कालखण्डमा शान्ति प्रक्रियालाई पूर्णतामा पु¥याउनका निम्ति वाईसीएलले निकै जिम्मेवारपूर्ण ढंगबाट आफ्नो भूमिका निर्वाह गरेको कुरालाई कमजोरीको रुपमा लिइनु हुन्न । उसका जिम्मेवारीको रुपमा उसले काम गरिरहेको हो । अहिले नेपाली राजनीतिमा र हाम्रो पार्टीमा पनि टुटफुट विभाजनको क्रम आयो, त्यो टुटफुट, विभाजन, समाजमा देखापरेका अन्यौलले गर्दा समाजको असर वाईसीएलमा थोरैधेरै परे तापनि आफ्नो इतिहासप्रतिको दायित्व, वर्गप्रति र युवाहरु प्रतिको दायित्वबाट चाँही वाईसीएल विमुख भएको छैन । वाईसीएल किन यसरी कमजोर देखियो ? वाईसीएल अहिले पनि कमजोर छैन । वाईसीएल कमजोर देखिएको भन्ने कुरा भ्रम हुन् । वाईसीएल कमजोर छैन । बरु सुरुमा वाईसीएलले जुन किसिमका गतिविधिहरु गरेको थियो, जनताले त्यहि किसिमको अपेक्षा गर्दा रहेछन् । त्यो किसिमको गतिविधि मात्रै नभएको हो । उसले आफ्ना गतिविधि, कार्यक्रम तथा क्रियाकलापहरुलाई परिमार्जन गरेर अगाडि बढेको हो । यसमा आरोह अवरोह हुन्छ । कहिले यो उच्च रुपमा प्रकट हुन्छ । वर्ग संघर्ष तीब्र ढंगले घनिभूूत रुपमा समाजमा प्रकट हुँदा वाईसीएलको भूमिका पनि तीब्र हुँदो रहेछ । वर्ग संघर्ष मन्दा हुँदा वाईसीएलको तथा युवाहरुको भूमिका पनि मन्द जस्तो देखिँदो रहेछ । \"Rc_sharma\"तपाईँहरुको पार्टी पनि कमजोर हुँदै जाँदा वाईसीएलको पनि संगठन कमजोर हुँदै गएको होला ? पार्टी भित्र चलेको अन्तरसंघर्षको असर पनि वाईसीएलमा प¥यो । अस्तब्यस्तता र अकर्मन्यताको स्थिति चाँही समाजमा रह्यो, त्यसको असर पनि थोरबहुत रुपमा संगठनमा पर्यो । त्यो भनेर वाईसीएल आफ्नो मुल दिशाबाट चाँही विचलित भएको छैन । वाईसीएल विचलित भएर गयो भन्ने होइन । अहिले पनि पार्टीमा थुप्रै फुट–विभाजनहरु भए । पहिलो विभाजनमा पनि वाईसीएलमा त्यात्रो धेरै क्षतिहरु भएन । अहिले पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी छोडेर जानुभयो । नयाँ शक्ति भनेर हिडिराख्नु भएको छ । त्यसले पनि खासै ठूलो क्षति पुर्याएको छैन । तुलनात्मक रुपमा वाईसीएलको टिम अहिले पनि एक ढिक्का छ । अहिले पनि एकीकृत छ । अहिले पनि आफ्नो कर्तब्यप्रति ऊ बफादारीपूर्वक लागिराख्या छ । फरक मात्रै कति हो भने आन्दोलनका स्वरुपहरु, कार्यक्रमका स्वरुप तथा सक्रियताका स्वरुपहरु परिमार्जन भइरहन्छन् । परिमार्जित रुपमा अहिले पनि जनताकाबीचमा वाईसीएल छ । उसो भए वाईसीएल कहाँ छ भनेर खोज्दै हिड्नुपर्ने अवस्था चाँही किन आयो ? वाईसीएल जनताका घरघरमा छ । प्रत्येक युवाहरुको मन मनमा वाईसीएल छ । जहाँ युवा छ, त्याहाँ वाईसीएल छ । अहिलेको परिस्थिति र परिवेशमा वाईसीएलले गर्ने, युवाहरुले गर्ने गर्ने आन्दोलनको स्वरुपमा परिमार्जनको माग गरिरहेको छ । त्यो परिमार्जनको क्रममा हामी छौं । आन्दोलनलाई पनि हामी परिमार्जित गर्दैछौं । संगठन र कार्यक्रमलाई पनि परिमार्जित रुपमा लैजादै छौं । त्यसैको निम्ति हामी समग्र संगठनलाई समयानुकुल पनि बनाउँदै अहिलेको आवश्यकतालाई पूरा गर्न सक्ने तथा क्रान्तिकारी संगठन बनाउँदै लैजानको निम्ति नै हामी अहिले राष्ट्रिय सम्मेलनको तयारीमा गइरहेका छौं । राष्ट्रिय भेलामा खासगरी हामी संविधानका उपलब्धीहरुलाई संस्थागत गर्दै ‘समाजवादी क्रान्तिको दिशामा अगाडि बढौं, राष्ट्रिय स्वाधिनतासहितको समृद्धि हासिल गर्नको निम्ति सुदृृढ वाईसीएल निर्माण गरौं’ भन्ने नारकासाथ हामी अहिले भेलामा जाँदैछौं । मुलुकको समृद्धिको निम्ति अब वाईसीएल लागि पर्छ । राष्ट्रिय स्वाधिनताको आन्दोलनमा वाईसीएलले अगुवाइ गर्छ । समाजवादी क्रान्तिको सिपाहीको रुपमा वाईसीएल अगाडि आउँछ । आन्दोलनको उपलब्धीका रुपमा आएको संविधानको कार्यान्वनयको निम्ति वाईसीएल लाग्छ । भलै यो संविधान पूर्ण नभए पनि प्राप्त उपलब्धीको कार्यान्वयनको लागि वाईसीएल लाग्छ, त्यसका लागि संघर्ष गर्छ । संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्रहरु पनि भइराखेकाले त्यसका विरुद्ध वाईसीएलले संघर्ष गर्छ । यो संगठन विगतमा जस्तो थियो, अब नयाँ रुपबाट सशक्त ढंगले वाईसीएल आउँछ । तर एक समय कमाउनुपर्ने बेला पनि र जनयुद्धबाट आएको जोस थियो, अहिले चाँही शिथिल भएर होला ? त्यो कुरा चाँही होइन । यसमा जताबाट तर्क गरे पनि पैसा कमाउनका लागि भन्नेमा कुनै तथ्य छैन । बरु तस्करी, भ्रष्टाचारी, कमिसनखोरका विरुद्ध वाईसीएल हिजो पनि थियो र आज पनि छ । तर पैसा कमाउनका लागि वाईसीएल सक्रिय थियो भन्ने कुरा चाँही विल्कुल गलत आक्षेप हो । यो चाँही प्रतिक्रियावादी, अवसरवादीहरले वाईसीएललाई बदनाम गर्नका निम्ति लगाइने आरोप मात्र हो । बरु तिनिहरु टुप्पीदेखि पाइतलासम्म भ्रष्टाचारका आहालमा डुबेका शक्तिहरुले लगाउने आरोपमा सत्यता छ भनेर पछाडि हिड्नु भनेको मुर्खता मात्रै हुन्छ । जनयुद्धको जोसको कुरा गर्दा पनि त्यतिबेला मात्र होइन, जनयुद्धको जोस अहिले पनि छ र भोलि पनि रहन्छ । जेहोस्, वाईसीएलका कतिपय गतिविधि र केही नेता कार्यकर्ताचाँही बदनामी त भएकै हुन् नि ? वाईसीएल तस्करी धन्दामा कहिले पनि छैन । गुण्डागर्दी क्रियाकलापमा कहिले पनि छैन । वाईसीएलमा रहेका केही ब्यक्तिहरु त्यस्ता क्रियाकलापमा संगठित रहेका भए हामीले सूचना पाएसम्म र हाम्रो जानकारीमा आएसम्म त्यस्ता ब्यक्तिहरुलाई संगठनबाट निश्कासन गर्ने गरेका छौं । वाईसीएल त्यस्ता क्रियाकलापमा संगठित तवरबाट पनि र ब्यक्तिगत तवरबाट पनि वाईसीएलका सदस्यहरुलाई ती अवाञ्छित क्रियाकलापहरुमा लाग्ने स्वीकृति छैन । हाम्रो विधान र नीतिले दिँदैन । त्यस्तो कोही रहेको पाइएमा पनि हामी कारबाही गर्छौं । कारबाही गरेका त्यस्ता केही उदाहरण छन् र ? अवाञ्छित गतिविधिमा वाईसीएल संलग्न नै छैन भनिसकेपछि संलग्न नै नभइकन कारबाही गर्ने भन्ने कुरा हुँदैन । छिटफुट रुपमा देखिन आउँछन्, कतिपय सन्दर्भमा वाईसीएलका कुनै सदस्यको त्यस्ता कुराहरुमा संलग्नता भएको जिल्ला, गाउँ, नगरहरुमा सुनिन आए भने हामीले अन द स्पोर्ट स्पष्टीकरण लिने र उसलाई कारबाही गर्ने गरेका छौं । त्यस्ता थुप्रै उदाहरणहरु छन् । भनेपछि अव वाईसीएल फेरि जाग्दैछ, हिजोकै जोस जाँगरका साथ वाईसीएल उठ्दैछ ? हिजोको भन्दा पनि अझ सशक्त ढंगबाट वाईसीएल आउँदैछ । परिमार्जित ढंगबाट अझ सशक्त भएर आउँदैछ । सशक्तरुपमा परिमार्जित ढंगले समाजवादको सिपाही बनेर भ्रष्टाचारीको मुटुमा ढ्याङग्रो ठोक्ने गरी आउँदैछ । कालोबजारीको धन्दा नामेट पार्नेगरी वाइसीएल आउँदैछ । मुलुकमा परेको संकट समाधानको निम्ति एउटा सहयात्रीको रुपमा वाईसीएल आउँदैछ । हिजो सीमामा झण्डा गाड्न गएको वाईसीएल आज नाकाबन्दी, बालोबजारी, लुटतन्त्र मौलाउनुका साथै राष्ट्रियताको सवाल गम्भीर भइरहँदा वाईसीएल चाँही किन मौन देखियो ? वाईसीएल यो विषयमा मौन छैन । वाईसीएल सक्रिय छ । राष्ट्रिय समस्यामा सिंगो राष्ट्र एकजुट भएर लडिरहेको बेलामा त्यो आन्दोलनसँगै वाईसीएल पनि छ । सबैभन्दा पहिला नाकाबन्दीको विरोधमा सडकमा आउने जमात भनेको युवाहरुको जमात थियो । त्यसमा हामी नै थियौं । हामीले नै त्यसको अगुवाइ गरिरहेका थियौं । अरु विविधखाले युवाहरुलाई साथमा लिएर हामीले आन्दोलन गरिराखेका थियौं । मानव साङलोको कार्यक्रमदेखि यूएनमा ज्ञापनपत्र बुझाउन जाने कार्यक्रममा पनि वाईसीएल थियो । नाकाबन्दी खुलाउनका लागि राज्यले जे गरिरहेको छ, त्यो प्रयत्नमा पनि वाईसीएल सँगै छ । अहिलेको समस्य विशिष्ट किसिमको समस्या रहेको र यसलाई कुटनीतिक तवरबाट पनि समाधान गर्नुपर्ने र अर्कोतर्फ नाकाबन्दी गर्ने शक्तिलाई अन्तर्राष्ट्रिय रुपमा नङग्याउनुपर्ने अवस्था छ । दुवै काममा वाईसीएलले पार्टी तथा आफ्नै च्यानलमार्फत पनि आफ्नो भूमिका खेलिरहेको छ । हिजो राष्ट्रियताको दुहाइ दिँदै सीमामा झण्डा गाड्न जाने वाईसीएल आज सामाजिक सञ्जालमा अरु युवाले बोलाएर सहभागी हुनुपर्ने अवस्था आएछ हैन ? अरुले अपिल गरेकोमा हामी सहभागी भएका होइनौं कि अपिल गर्ने टोलीमै वाईसीएल छ भनेपछि अरुले गरेको अपिल होइन । युवा विद्यार्थीहरुले नाकाबन्दीको विरुद्धमा जुन किसिमको क्याम्प्यिन शुरुदेखि नै चलाए, त्यो क्याम्पियनमा नै वाईसीएल शुरुदेखि नै छ । आहवान गर्नेमै वाईसीएल भएकाले यसमा वाईसीएलको इनिसियटिभ छ भन्ने अर्थमा बुझ्नुपर्छ । राष्ट्रियताको मामिलालाई कमजोर बन्न नदिन वाईसीएल हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुन्छ । युवाहरु रोजगार नभएर बिदेश जानुपर्ने अबस्था छ । यहाहरुकै वाईसियलका सदस्यहरु खाडि मुलुकमा श्रम गरिरहेको अवस्था छ होला यस्तो अवस्थामा वाईसिएलले केहि गर्न सक्दैन ? पहिलो कुरा रोजगारी गर्नु नराम्रो होईन तर देशभित्रै सम्मान जनक रोजगारी नपाएर कौडीको मुल्यमा आपm्नो श्रम बेच्न बिदेशमा जानु त्यो बिडम्बना हो । यो राज्यको नै कमजोरी हो । रोजगारीको क्षेत्रहरु किटान गरेर राज्यले के गर्नुपर्छ भने तुरुन्तै रोजगार श्रृजना गर्ने रोजगार निति ल्याउनु पर्छ र हामीले संबिधान निमार्णको क्रममा ज्ञापन पत्रहरु राज्यलाई बुझाउदा पनि, संबिधान सभालाई बुझाउदा पनि, यो कुरा स्पष्ट संग भनेका छौ । रोजगारीको हक अहिलेका संबिधानमा पनि आएको छ । त्यो भएर हामिले सबिधानको कार्यन्यवनमा जोड दिन्छौ । पहिलो कुरा र दोश्रो कुरा रोजगारीको क्रममा जादा खेरि कैयन नेपालीहरुको लाश आउने गरेको छ । कयौन रोजगारीको असुरक्षा हुने गरेको छ । म्यानपावर कम्पनिहरुले प्रशस्त चर्को पैसा असुलेर ठग्ने गरेका छन् । कामदार हरुको बिजोग हुने गरेको छ । युबा हरु को बिजोग हुने गरेको छ । यो खालको स्थिति अब हामी टुलुटुलु बसेर हेर्न सक्दैनौँ । जो ठग्ने दलाल मेनपावर कम्पनीहरु छन् । उनिहरुलाई हामी कारबाहिको निसाना बनाउछौ । अब युवाहरुले कारबाहीको निसाना बनाउँछन ती ठगहरु चाहिँ वाईसीएलको पञ्जाबाट अब फुत्किन पाउँदैनन् । उनीहरु कानूनी दायरामा आउनुपर्छ । हामीले राज्यलाई सहयोग पु¥याउँछौ । कारबाहि गर्नको निम्ति राज्यलाई सहयोग पुर्याउँछौ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies