भट्टराईले बनाए नयाँ पार्टीकाे अन्तरिम केन्द्रीय परिषद (सूचीसहित)
माघ १० गते, २०७२ आइतवार 24th January, 2016 Sun१६:४४:०९ मा प्रकाशित
काठमाडौं । एकीकृत माओावादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल, अन्तरिम केन्द्रीय परिषदको घोषणा गरेका छन् ।
उनले अाइतबार राजधानीमा पत्रकार सम्मेलन गरी २ सय ६५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद घोषणा गरेका हुन् । ती मध्ये ३५ जनाको नाम सार्वजनिक गरिएको छ । अन्य सदस्य भने पछि थप गर्ने परिषदका संयाेजक डा. बाबुराम भट्टरार्इले बताए ।
परिषद्मा नायक नायिकादेखि पूर्वसचिव तथा माओवादी छाडेकाहरु समेटिएका छन् ।
परिषद्ले दल निर्माणको सम्पूर्ण प्रक्रियालाई अगाडि बढाउने संयोजक डा. भट्टराईले बताए । परिषद्ले केही महिनामै राष्टि̭य भेलाको आयोजना गरी पहिलो राष्टि̭य महाधिवेशन आयोजक कमिटीको गठन गर्ने र सो कमिटीले दलको प्रथम महाधिवेशन सम्पन्न गर्ने भट्टराईले जानकारी दिए ।
नयाँ शक्ति निर्माण अभियानको पहिलो प्रचारात्मक काम सकिएपछि दोस्रो चरण अन्तर्गत दल निर्माणमा लागेको उनले बताए । उत्पादनका साधनहरु माथिको स्वामित्व र पहुँचलाई न्यायपूर्ण वितरणसहित गरीवी र वेरोजगारीको अन्त्य, महिला, दलित, आदिवासी–जनजाति, मधेसी, मुश्लिम र पिछडिएको क्षेत्रको सामेलीमा देशलाई सम्बृद्ध बनाउनु आजको लोकतान्त्रिक, न्यायपूर्ण र प्रगतिशील राजनीतिको मुख्य कार्यभार भएको भट्टराईको भनाई छ ।
देशको उत्पादनशील युवा श्रमशक्तिलाई स्वदेशमै काम दिने र सम्बृद्धिकालागि युवाहरुको योगदानलाई अगाडि लैजाने दिशामा जानु आवश्यक भएको उल्लेख गर्दै भ्रष्टाचारको दलदलमा फसेको राजनीतिलाई सदाचार र सुशासनयुक्त बनाउने कार्यभार नयाँ शक्तिले पूरा गर्ने भट्टराईको दाबी छ ।
भट्टराईको राजनीतिक कार्यदिशा
सामाजिक न्याय सहितको तीब्र आर्थिक विकास र सम्बृद्धि तथा समानुपातिक समावेशी आधारमा प्रमुख जातीय समूह खस–आर्य, मंगोलमूलका आदिवासी जनजाति, मधेसी–थारु, मुस्लिम, दलित, अल्पसंंख्यक, महिला र युवाहरुलाई न्यायोचित संघीय संरचना र राज्यको अंगहरुमा पुर्याउने एवम् भारत र चीनको सम्बन्धलाई दुई उदयीमान अर्थतन्त्रबीचको गतिशील पुलको अवधारणा अन्तरगत काम गर्ने नयाँ शक्तिको लक्ष्य रहेको बताइएको छ ।
लोकतन्त्र, राष्टि̭य एकता, प्रगतिशील राष्ट̭वाद, सुशासन, समावेशीता, समन्याय, समाजवाद र सम्बृद्धि आफ्नो राजनीतिक प्राथमिकता हुने र यिनै प्राथमिकताहरुलाई सैद्धान्तिकरण गर्दै नयाँ धारको वैकल्पिक राजनीति निर्माण गर्नु नयाँ शक्तिको राजनीतिक कार्यदिशा रहेको भट्टराईले प्रष्ट्याएका छन् । अन्तरिम केन्द्रीय परिषद घोषणा गरेको नयाँ शक्ति नेपाल पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा रहने बताइएको छ ।
यस्ताे छ नयाँ शक्तिकाे अन्तरिम केन्द्रीय परिषद्
१. डा. बाबुराम भट्टराई (संयोजक) गोरखा
परिषद् सदस्यहरु
२ अशोक शर्मा झापा
३ ऋषवदेव भट्टराई चितवन
४ कमला हेम्चुरी पाल्पा
५ करिश्मा मानन्धर काठमाडौं
६ केशव दाहाल सुनसरी
७ डा. केशवमान शाक्य काठमाडौं
८ गणेशराज राई भोजपुर
९ डा. चैतन्य सुब्बा ताप्लेजुङ
१० डा. जीतेन्द्र महासेठ सिराहा
११ टिका गौचन म्याग्दी
१२ डम्बर खतिवडा सुनसरी
१३ तिलक थापा मगर मोरङ
१४ दलमर्दन कामी सुनसरी
१५ दुर्गा सोव डोटी
१६ देवेन्द्र पौडेल बाग्लुङ
१७ नत्थुप्रसाद चौधरी सप्तरी
१८ नारायण पाण्डे गोरखा
१९ पासाङ्ग शेर्पा ताप्लेजुङ
२० डा. प्रवीण मिश्र महोत्तरी
२१ मदन राई खोटाङ
२२ मनप्रसाद सुनुवार रामेछाप
२३ मुमाराम खनाल कपिलबस्तु
२४ डा. मुक्ति रिजाल अर्घाखाँची
२५ मोहनी महर्जन काठमाडौं
२६ डा. राजेन्द्र के.सी. धादिङ
२७ डा. रामकेवल साह धनुषा
२८ रामचन्द्र झा धनुषा
२९ रामेश्वर खनाल पाल्पा
३० लिली थापा काठमाडौं
३१ वज्रकिशोर यादव धनुषा
३२ विसन राई खोटाङ
३३ सरोज खनाल चितवन
३४ डा. सुरेन्द्र चौधरी दाङ
३५ हरेराम कोईराला गोरखा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: