Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

गोविन्द केसीविरुद्ध नै खडा भए अर्का डाक्टर

काठमाडौं । स्वास्थ्य क्षेत्रमा भएको बेथितिको विरोध गर्दै पटक पटक अनसनमा बस्दै सरकारलाई सजग गराउँदै आएका डा. गोविन्द केसीविरुद्ध नै अर्का डाक्टर खडा भएका छन् । \"Drडा.केसीले पटक पटक अनसन बस्दा पनि स्वास्थ्यप्रतिको बेथिति नसुध्रिएको भन्दै फेरि अनसन बस्ने चेतावनी दिइरहेकै बेला डा. केसीविरुद्ध अर्का डाक्टर उमाकान्त भट्टराई खडा भएका छन् । डा. केसी मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध उत्रिएको भन्दै एमालेले उनीविरुद्ध अर्का डाक्टर खडा गरेको आशंका गरिएको छ । डा.केसीले मनमोहन प्रतिष्ठानको विरोध गर्ने गरेको भन्दै एमालेले अर्का डाक्टर भट्टराईलाई खडा गरेको स्रोतको भनाइ छ । राजनीतिक नियुक्तिले राजनीतिक क्षेत्र धारासायी भएको केसीले आरोप लगाइरहेको बेला अर्का डाक्टर उमाकान्तले भने डा. केसीले चिकित्सा क्षेत्र बिगारेको आरोप लगाउँदै आमरण अनसन बस्ने जनाएका छन् । तत्कालिन सरकारको छात्रवृत्तिम एमएस गर्न बंगलादेश गएर डाक्टर केसी हाडजोर्नी विशेषज्ञ बनेको भट्टराईको आरोप छ । छात्रवृत्तिमा पढेका व्यक्तिले काठमाडौं वाहिर गई सेवा गर्नैपर्ने अनिवार्य नियमलाई समेत डा. केसीले लत्याएको उनको आरोप छ । केसीले कि पैसा फिर्ता गर्नुपर्ने कि दुर्गममा जानैपर्ने भएकाले उनलाई दण्डित गर्नुपर्ने डा. भट्टराईले माग गरेका छन् । अस्पताल लगायत अत्यावश्यक सेवा प्रदान गर्ने संस्थामा आमरण अनसन गर्न नपाईने सर्वोच्च अदालतको फैसलासमेत डा. केसीले लत्याएको समेत भट्टराईको आरोप छ । केसीले अनसनको भाका दुई सातालाई सारे डा. गोविन्द केसीले अनसनबस्ने भनेकै दिन भट्टराई केसीविरुद्ध उत्रिएपछि डा.केसीले अनसनको भाका सारेका छन् । \"Dr.-Govinda-KC\"केसीको विरोधकाबीच मनमोहन अधिकारी स्वाथ्य विज्ञान प्रतिष्ठानसवन्धी विधेयक संसदमा दर्ता गरिएपछि उनी झनै रुष्ट छन् । उक्त विधेयक फिर्ताका लागि दुई हप्ते अल्टिमेटम दिँदै केसीले अनसन दुई साताका लागि स्थगित गरेका हुन् । दुई सातासम्म विधेयक फिर्ता नभए माघ २५ गते साँझ ५ बजेदेखि आठौं पटक अनसन बस्ने चेतावनी डा. केसीले दिएका छन् । डाक्टर केसीलाई अनसन नबस्न सोमवार नै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आग्रह गरेका थिए । चिकित्सा शिक्षा क्षेत्रको समस्या समाधान गर्न कार्यकारी अधिकार सहितको आयोग बनिसकेकाले छ महिनामा आयोगले प्रतिवेदन बुझाएपछि चिकित्सा क्षेत्रमा अहिले देखिएको समस्या समाधान गर्न सकिने भन्दै अनसन नबस्ने मन्त्री पोखरेलले आग्रह गरका थिए । डा.केसी पटक पटक अनसन बस्नुपर्ने स्थितिको आफूले अन्त्य चाहेको मन्त्री पोखरेलको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies