Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नर्सरी व्यवसायबाट वार्षिक १० लाख आम्दानी

काठमाण्डौं । मेहनत र लगनशील भई जुनसुकै व्यवसाय अँगाल्दा पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन्  धनकुटाका भीमनाथ अधिकारी । विगत तीन दशकदेखि नर्सरी व्यवसाय सञ्चालन गरेका भीमनाथ फलफूल जातका विरुवा उत्पादन गरेर वर्षमा १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।\"narsari-dhankuta-600\" भीमनाथको हाल धनकुटा नगरपालिका वडा नं.–३ स्थित पात्ले फाँट क्षेत्रमा धर्मगंगा फलफूल नर्सरी केन्द्र छ । करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको नर्सरी केन्द मा रुद्राक्ष, आँप, कागती, अंगुर, लिचि, एभोकार्डो जस्ता फलफूलका तथा फूलका विरुवाहरु प्रशस्तै देख्न सकिन्छ । उनी दुई वर्ष अघि इटहरीबाट पात्लेखोलामा बसाइँ सरि आएका हुन । एसएलसी पास गरेपछि भीमराज पढ्नका लागि बनारस गए । बनारसमा आइ ए पढेपछि केही समय भारतीय सेनामा जागिरे भए । आफ्नै गाउँ ठाउँमा केही गर्छु भन्ने दृढ विश्वासका साथ स्वदेश फर्केको भीमनाथले बताए । युवा अवस्थामा सुरु गरेको नर्सरी व्यवसायलाई भीमनाथले अहिले ७४ वर्षको उमेर हुँदासम्म निरन्तरता दिएका छन् । सो पेसालाई उनका आफन्तले समेत निरन्तरता दिएका छन् । भीमनाथले भने “मैले उदाहरण देखाए, प्रेरणा दिए अहिले गरि खाएका छन् ।“ नर्सरी केन्दमा सोही आसपासका चार जना स्थानीय बासिन्दाले रोजगारी समेत पाएका छन् । जिल्लाकै नमुना नर्सरी केन्दको रुपमा परिचित भीमनाथको नर्सरी केन्द बाट विभिन्न फलफूल जातका वार्षिक ७० हजार बिरुवा उत्पादन हुँदै आएका छन् । उत्पादित बिरुवा धनकुटा लगायत तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, काठमाडौ, कास्की र सुर्खेतसहितका जिल्लामा खपत हुने गरेको छ । “स्थानीय बजारमा भन्दा बाहिरी जिल्लामा माग बढ्दो छ ।“ भीमनाथले भने “अहिले माग धान्नै गाह्रो छ ।“ नर्सरीमा रहेको विरुवाहरु प्रतिगोटा ३५ देखि ४ सय ५० रुपैयाँसम्म बिक्री भइरहेको छ । नर्सरीमा गुलाफ, रेड पिपल, सयपत्री, गोदावरी, लालुपाते जस्ता फूलका बिरुवा र रुद्राक्ष, लिची, सुन्तला, आँप, जुनार जस्ता फलफूलका विरुवा छन् । \"narsari+vimnath-600\" नर्सरीमा रहेका फलफूलका विरुवाले रोपेको ५ वर्ष भित्रमा फल दिने समस्या रहेको छैन ।“ भीमनाथले भने “खर्च कटाएर पनि वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने गर्दछु ।“ नेपालमा फलफूल खेती मौसम अनुसार हुने गरेपनि फूलको खेती वर्षभरि नै हुने भएकोले फूलका विरुवाहरुको माग दिन प्रतिदिन बढ्दै गइरहेको उनको भनाइ छ । पछिल्लो समय होटल, अस्पताल, सरकारी भवनमा मात्र नभइ कतिपय निजी घरका बार्दली र आँगनमा समेत सजावटका लागि फूलका बिरुवा राख्ने चलन बढ्दो छ । सम्बन्धित निकायले फलफूल व्यवस्थापन सम्बन्धि तालिम तथा सीप विकासमा सहयोग गरे आफू जस्ता नर्सरी व्यवसायीलाई फाइदा पुग्ने उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies