Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

यसरी व्यवस्थित गर्दै छन् प्रचण्ड- आफु र पार्टीलाई

\"prachanda-intकाठमाडौं । सोमबार एमाओवादी मुख्यालय पेरिसडाँडामा एमाओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकार भेटघाटका लागी मिडियाकर्मीहरुलाई निम्त्याएका थिए । पत्रकारहरु जम्मा भइसक्दा समेत प्रचण्ड भने पदाधिकारीहरुसँगको छलफलमा छन् भन्ने सुचना आयो । पत्रकारहरुविच खासखुस चल्न थाल्यो –कतै प्रचण्डले कुनै ठुलै घोषणा गर्न लागेका त होइनन् ? पछि प्रचण्डको सचिवालय मार्फत थाहा भयो कि प्रचण्डले पत्रकारहरुसँग बोल्नुअघि उपलब्ध पदाधिकारीसँग ‘बोल्ने विषय’का बारेमा छलफल गरेका थिए । केही समयअघि एमाओवादीको सहायक संगठन वाइसीएल नेपालको राष्ट्रिय भेलामा पुगेका प्रचण्डले उसैगरी नेतृत्व छनौटको प्रक्रियालाई चूनावमा लैजाने की सहमतिमार्फत गर्ने भन्ने विषयमा एक्लै निर्णय गरेका थिएनन् । उनले दिउसो लगत्तै स्थायि समिति बोलाएर निर्णय गराए । प्रचण्डको सचिवालयका सदस्य प्रकाश दाहालका अनुसार कुनै पनि निर्णय प्रचण्ड आजकल एक्लै गर्दैनन् । पदाधिकारी वा स्थायि समितिमा माइनट गराएर मात्रै गर्ने गरेका छन् । भ्याएसम्म पेरिसडाँडा आउँछन् प्रचण्ड आजकाल भ्याएसम्म दिनको एकपटक पेरिसडाँडाको मुख्यालयमा आउँछन् । नेता कार्यकर्तासँग पार्टी कार्यालयमै छलफल गर्छन् र कार्यकर्तालाई समय दिन्छन् । पछिल्लो केन्द्रिय समितिको बैठकपश्चात लगातार प्रचण्ड पेरिसडाँडा आउन थालेका हुन् । सचिवालय व्यावस्थित प्रचण्डले आफ्नो निजी सचिवालयमा पूरानो टिममा परिवर्तन मात्रै गरेनन् थप मजबुत र व्यवस्थित समेत बनाएका छन् । उनको निजी सचिवालयले सकेसम्म कामहरुको व्यवस्थापनमा कुनै आलोचना हुन नपाओस् भनेर ध्यान दिने गरेको देखिन्छ । सचिवालयले प्रचण्डको वेभसाइड दैनिक अपडेट गर्ने, मोबाइल एप्स निर्माण तथा संचालन गर्ने, फेसुबक तथा ट्विटरजस्ता सामाजिक संजाललाई संचालन तथा अपडेट गर्ने काम गरिरहेको छ । ति समाजिक संजाल तथा वेभहरुमा प्रचण्डको कार्यक्रम तालिका समेत सार्वजनिक गर्ने गरिएको छ भने प्रचण्ड आफै पनि नियमित रुपमा ति संजाल तथा साइडहरु भिजिट गर्ने गरेको सचिवालय सदस्य प्रकाश दाहालले बताए । निर्णय गर्दा संस्थागत गर्न प्रचण्ड पछिल्लो समय बढी नै तल्लिन् छन् । ‘हिजोहिजो गलत भए प्रचण्डलाई अपजस र सहि भए अरुलाई जस जाने जस्तो भएको थियो’–सचिवालयका एक सदस्इले बताए । अब जसअपजस दुवै संस्थागत भएको छ । प्रचण्डको व्यवस्थापनबाट पार्टी तथा प्रचण्ड आफै समेत व्यवस्थित हुँदै गएको अनुभूति माओवादी नेता तथा कार्यकर्ताले गर्न थालेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending