Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

नेपाल टेलिकमको प्रभातफेरी कार्यक्रम

काठमाडौं । नेपाल टेलिकमले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा कम्पनीका सेवाहरुको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन गर्ने उद्देश्यले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार काठमाडौं उपत्यकामा आयोजित प्रभातफेरी कार्यक्रम बसन्तपुरबाट शुरु भई न्यूरोड, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै कम्पनीको केन्द्रीय कार्यालय प्रांगणमा पुगेर समापन भएको थियो ।\"P प्रभातफेरीका अवसरमा नेपाल टेलिकम राष्ट्रको सञ्चार, ग्राहक सेवामा समर्पित, राष्ट्र निर्माण हाम्रो लक्ष्य, नेपाल टेलिकम जनताको टेलिकम, नेपाल टेलिकम राष्ट्रको टेलिकम, सेवामा विविधता महसुलमा पारदर्शिता, टेलिकमको सेवा राष्ट्र निर्माणमा टेवा, दूरसञ्चार संरचनाको संरक्षणमा सहयोग गरौं, नेपाल टेलिकमका सेवाहरु प्रयोग गरौं जस्ता कम्पनीका सेवाहरुसँग सम्बन्धित विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शन गरिएको थियो । कार्याक्रममा प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले सम्पूर्ण टेलिकमकर्मीहरुमा भएको उत्साहलाई ग्राहक सेवामा समेत प्रयोग गर्न सकियोस भन्ने अपेक्षा रहेको बताए । कम्पनीका रिचार्ज कार्ड र  कार्ड SIM/RUIM तथा MPoS  लगायतका विभिन्न सेवाका थोक बिक्रेताहरुलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । आज काठमाडौं क्षेत्रीय निर्देशनालय अन्तर्गत रहेका सबै थोक बिक्रेताहरुलाई सम्मान गरिएको हो । पहिले क्षेत्रगत रुपमा बढी कारोवार गर्ने तीन जना बिक्रेतालाई सम्मान गर्ने गरिएकोमा यो बर्ष सम्पूर्ण थोक विक्रेतालाई सम्मान गर्ने व्यवस्था गरिएको हो । कम्पनीका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र नकर्मीले कम्पनीको ग्राहक आधार तथा राजस्वसमेत वृद्धि भइरहेको र यसका लागि ग्राहक एवं कम्पनीको बीचमा पुलको रुपमा रहेका बिक्रेताहरुको महत्वपूर्ण भूमिका रहेको बताए । कार्ड बिक्रेता संघका अध्यक्ष भक्तराज भट्टराईले कम्पनीले थोक बिक्रेतालाई पनि सम्मान गर्ने परम्पराको शुरुवात गरेकोमा धन्यवाद दिदै यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने विश्वास ब्यक्त गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending