Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कांँग्रेस महाधिवेशन नसर्ने, जिल्ला अधिवेशन फागुन १ गते सम्मका लागि स्थगित

\"Nepali-Congress-Office-NC\"काठमाडौं । नेपाली कांँग्रेसले पार्टी सभापति सुशील कोइरालाको निधनले कांँग्रेस पार्टीका नेतृत्व र कार्यकर्ता पङ्क्ति मर्माहत र स्तब्ध भएको जनाएको छ । पार्टीका कावा सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सभापति कोइरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित, निष्ठा, सादा र सरल जीवनशैली तथा सुदृढ चारित्रिक र नैतिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थानमा रहेको बताएको छ । पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि बसेको नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले जारी जिल्लाहरुको अधिवेशनलाई फागुन १ गते सम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । केही जिल्लामा सोमबार नै अधिवेशन सम्पन्न भइसके पनि कतिपय जिल्लामा जारी छ । देशका एक मूर्धन्य, संविधान निर्माणका निर्णायक तथा जनताका लोकप्रिय नेता पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री कोइरालाप्रति कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भावपूर्ण श्रद्धाञ्जलि अर्पण तथा स्व कोइरालाका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । बैठकले कोइराला पार्टीका लागि मात्र होइन, मुलुकका निम्ति बोली र व्यवहारमा एकरुपता भएको उदाहरणीय नेता भएको उल्लेख गर्दै कोइरालालाई देश र जनताले अत्यन्त जटिल बन्दै गएको सङ्क्रमणकालीन राजनीतिको बेला संविधानसभाबाट नेपालको संविधान जारी गर्ने अभियानको मुख्य नेताका रुपमा चिरपर्यन्त सम्झिने उल्लेख गरेको छ । संविधान निर्माणपछि पनि संविधानको कार्यान्वयन र यसको निरन्तर परिमार्जनद्वारा संविधानको व्यापक स्वीकारोक्ति बढाउन नेता कोइरालाले संविधान संशोधन प्रक्रियाको समेत नेतृत्व गर्दै आन्दोलनरत सबै पक्षलाई एकता, सहमति र सहकार्यको बाटामा संलग्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पार्टीले जनाएको छ । पार्टीले मधेसमा आन्दोलनरत पक्षलाई निरन्तर संवाद र वार्तामा संलग्न राखेर हिमाल, पहाड, मधेस र तराईका जनताका भावना र पारस्परिक एकतालाई सुदृढ बनाउन र सम्मानजनक निकास खोज्न जीवनको अन्तिम घडीसम्म कोइरालाले निर्वाह गरेको बताएको छ । पार्टीले आफ्ना सभापति स्व कोइरालाको अन्तिम संस्कार बुधबार साँझ आर्यघाटमा राष्ट्रिय सम्मानसहित गरिने निर्णय गरेको छ । स्व कोइरालाप्रति अन्तिम श्रद्धाञ्जलि प्रकट गर्ने प्रयोजनका निम्ति यही माघ २७ गते अपराह्न २ बजेदेखि अन्त्येष्टिका लागि शवयात्रा आरम्भ गर्ने निर्णय गरिएको छ । पार्टी मुख्य सचिव ऋषिकेश तिवारीका अनुसार पार्टी केन्द्रीय कार्यालय सहित देशभरिका पार्टी कार्यालयमा १३ दिनसम्म शोकपुस्तिका राखिने र तेह्राँै दिनका दिन ७५ वटै जिल्लामा अन्तिम संस्कारपछिको भष्म प्रवाह गर्ने निर्णय गरिएको छ । स्व कोइरालाप्रति श्रद्धाञ्जलि र सम्मान प्रकट गर्न आजदेखि आगामी फागुन ९ गतेसम्म पार्टी केन्द्रीय कार्यालय र देशभरिका पार्टी कार्यालयमा पार्टीको झन्डा झुकाइने र कुनै पनि अन्य औपचारिक कार्यक्रम आयोजना नगरिने निर्णय गरिएको छ । बैैठकमा डा. रामशरण महतले ‘महाधिवेशन नसर्ने बताउदै आवश्यक र्पयो भने १–२ दिन तलमाथि हुनसक्ने बताए ।उनले बिधानले नै सभापतिको निधन भएमा उपसभापति स्वतस् कार्यबाहक सभापति हुने व्यवस्था गरेकाले यसका लागि थप निर्णय गर्नुनपर्ने पनि बताए । त्यसैगरी पार्टीले आजैदेखि आगामी फागुन ३ गतेसम्म पार्टीको केन्द्रीय कार्यालयसहित सम्पूर्ण कार्यालय र भ्रातृ संस्थाका कार्यालय बन्द गर्ने तथा फागुन ९ गते सबै जिल्लामा श्रद्धाञ्जलिसभा आयोजना गर्ने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending