Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सुनसरीमा विज्ञान र अन्तरिक्ष कार्यशाला

\"Science\"काठमाडौं । सुनसरी जिल्लाको दक्षिणी क्षेत्र अमाहीबेलाहा–७ शान्ति वनको एभरेष्ट साइन्स सेन्टरमा तीनदिने विज्ञान र अन्तरिक्ष कार्यशालाको सुभारम्भ भएको छ । नेपालका विद्यार्थीलाई अन्तरिक्षमा भएका पिण्डका विषयमा गहन अध्ययनसम्बन्धी दक्षता विस्तार गर्ने उद्देश्यले विज्ञान र अन्तरीक्ष कार्यशालाको बुधबारदेखि सुरु गरिएको हो । एभरेष्ट साइन्स सेन्टरले आयोजना गर्दै आएको यो कार्यशाला नेपालमा पाँचौँपटक भइरहेको सेन्टरका वैज्ञानिक डा दिलीप अधिकारीले बताए । कार्यशालामा राजधानीका ५५ र राजधानी बाहिरका १५ गरी ७० जना विद्यार्थीलाई तीन दिनसम्म अन्तरिक्षसम्बन्धी विभिन्न विषयमा गहन अध्ययन गराइने कार्यक्रम छ । कार्यशालामा सहभागी विद्यार्थीलाई प्रतिव्यक्ति रु आठ हजार ३०० प्रवेश शुल्क लिएर कार्यशालामा सहभागी गराइएको र सहभागी चलाख विद्यार्थीलाई अमेरिकाको वैज्ञानिक अध्ययन केन्द्र (नासा)मा सहभागी गराएर अन्तरिक्षसम्बन्धी अरु थप गहन तालिम प्रदान गरिने उद्देश्य राखिएको छ । कार्यशालामा सहभागी विद्यार्थीलाई भारतको कोलकाताको एस्टोनोमी सेन्टरका सदस्य सचिव कौउस्तब चौधरीसहितको तीन सदस्यीय टोलीले टेलिस्कोपका सहायताले सौर्यमण्डल तथा आकाशमा देखिने तारामण्डललगायत विषयमा अध्यापन गराइने र ताराहरुको वास्तविक गुण र अवस्थाका विषयमा जानकारी दिइनेछ । कार्यशालामा विद्यार्थीलाई आवासीय सेवासहित सहभागिता गराइएको र उनीहरुलाई नासाका विषयमा समेत विस्तृत जानकारी गराइने तथा यस वर्ष सेन्टरको सिफारिसमा नेपालबाट एक जना विद्यार्थीले निःशुल्क तथा अरु ५० जनाले आवतजावत खर्च तिरेर नासाको तालिममा सहभागी हुन सक्ने बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending