Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

कोइरालाको अवसान र कांग्रेसको राजनीति

\"Nepali-Congress-Office-NC\"काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनसँगै नेपाली कांग्रेसको राजनीति संशयको घेरामा उभिएको छ । लामो समयदेखिको कोइराला विरासतमा रुमल्लिएको नेपाली कांग्रेसको नेतृत्व अब कोइराला क्याम्पबाट अलग भएको छ । कांग्रेसको १३ महाधिवेशनको सन्निकटमा आइपुग्दा पार्टी सभापति कोइरालाको निधन भयो । उमेरले ७८ वर्ष पार गरेका कोइराला आफ्नो राजनीतिको लामो समयसम्म पार्टीको नेतृत्व तहमा पनि थिएनन् भने लाभका पदहरु पनि कहिल्यै प्राप्त गरेनन् । जब गिरिजाप्रसाद कोइरालाको निधन भयो, तब मात्रै सुशीलले पार्टीको नेतृत्व सम्हाल्ने मौका पाए । पार्टीको कार्यकारी सभापति हुँदै जीवनको उत्तराद्र्धमा १२ औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भए । लामो समयसम्मको प्रजातान्त्रिक आन्दोलनमा समाहित भएका कोइरालाले जीवनको उत्तराद्र्धमा पार्टी नेतृत्व सम्हाल्ने मौका पाएसँगै मुलुकै कार्यभार सम्हाल्ने अवसर पनि प्राप्त गरे । संविधान जारी हुनु महान उपलब्धी   कांग्रेसमा सादगी नेताको पहिचान बनाएका कोइराला प्रधानमन्त्री पदमा आसिन भइरहँदा दशकौंदेखिको संविधानसभाबाट नयाँ संविधान लेख्ने नेपालीको चाहनालाई पूरा गर्न अग्रणी भूमिका खेले । फलस्वरुप उनैको प्रयासमा असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको छ । संविधान जारी भए पनि संविधानका अन्तरबस्तुहरुमा असहमति जनाउँदै मुलुकको एक भाग मधेस अहिले पनि आन्दोलित छ । तर पनि संविधान जारी गर्ने ऐतिहासिक कार्यको जस भने कोइरालाले नै प्राप्त गरेका छन् । फेरि पनि नेतृत्वको आकांक्षा आसन्न १३ औं महाधिवेशनमा पनि पार्टी नेतृत्वकै आकांक्षी देखिएका कोइरालाले आफूलाई फेरि एक पटक नेतृत्व प्रदन गर्न पार्टीका नेता कार्यकर्तासँग अपिल गरिरहेका थिए । क्यान्सर जस्तो रोगलाई जितेर आएका कोइरालाको पछिल्लो समय स्वास्थ्य निकै कमजोर बन्दै गएको थियो । त्यसैले पार्टी नेतृत्वको आकांक्षीहरुले कोइरालाको स्वास्थ्यमाथि पनि बेलाबेलामा प्रश्न उठाउने गरेका थिए । त्यही भएर होला, कोइरालाले केही समयअघि मात्रै आफू स्वस्थ रहेको र पार्टी चलाउन सक्ने हैसियत रहेको अभिब्यक्ति नै दिएका थिए । खासगरी कांग्रेस संस्थापन पक्षमै लामो समयदेखि रहँदै र सहयोग गर्दै आएका कार्यवाहक सभापति रामचन्द्र पौडेलले अब आफूले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएका छन् । उनले पार्टीका नेताहरुलाई आफूले त्याग गर्दै आएको स्मरण गराउँदै अब आफूलाई नेतृत्व दिनुपर्ने तर्क पेश गर्दै आएका छन् । त्यतिमात्र होइन, उनले अब पुरानै शैली र वृद्ध नेताहरुबाट पार्टी चल्न नसक्नेसमेत भन्दै हिँडे । मृत्युमा संशय महाधिवेशन आउन एक महिनामात्रै बाँकी रहेको अवस्थामा आफूलाई स्वस्थ र अझै एक कार्यकाल पार्टी चलाउन सक्छु भन्ने शाहस बोकेका कोइरालाको सोमवार विहान निधन भयो । क्यान्सरलाई जितेका कोइरालाको स्वास्थ्य पनि पछिल्लो समय गम्भीर थिएनन् । सामान्य रुघाखोकी र निमोनियाले सताइएका कोइरालाले घरमै रहेका बेला देहत्याग गरे । फेरि पनि पार्टी नेतृत्व हत्याउन लागि परेका कोइरालाको अस्पतालसमेत लैजान नपाइ पुरानै ब्यथाले मृत्यु भएको कुरा आशंकाको घेरामा छ । सामान्य पेट दुख्दा विदेश उपचार गर्न जाने नेताहरु गम्भीर विरामी पर्दा समेत नजिकको अस्पतालसमेत नलगिएको र विरामी भएको कुनै खबर नै बाहिर नआएको कुराले अहिले सनसनी मच्चिएको छ । आसन्न महाधिवेशनको कारण पनि कोइरालाको निधनलाई लिएर एक किसिमको आशंका र चर्चा गरिनु मनासिव हुन सक्छ । कोइरालाको निधनलाई संशयको घेरामा राखेर पार्टीको आगामी नेतृत्वका लागि राजनीति गर्न संस्थापन पक्षका नेताहरुलाई एक अस्त्र बन्न पनि सक्छ । अबको राजनीति नेपाली कांगेसका सभापति कोइरालाको निधनपछि अबको नेतृत्व कोइराला क्याम्पबाट भने बाहिर जाने निश्चित भएको छ । तर पार्टी नेतृत्वको आकांक्षी भने निर्विरोध कोही छैनन् । स्वर्गीय कोइरालाले नै नेतृत्व लिने भने पनि संस्थापन पक्षकै नेता पौडेलले आफू अब कसैको प्रलोभनमा नपर्ने बताएका थिए । पौडेलको यो अभिब्यक्तिले पनि के बुझिन्छ भने उनी जसरी पनि नेतृत्वका लागि प्रतिष्पर्धी बन्नेछन् । आफू अध्यक्ष बन्नका लागि बाधक बनेका कोइरालाकै निधनपछि भने पौडेललाई नेतृत्वको दावी गर्ने बाटो अझै खुलेको अवस्था छ । पौडेलले संस्थापनको कित्ताबाट अध्यक्षको दाबी गरिरहँदा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा अबको नेतृत्व आफ्नो हातमा आउनेमा ढुक्क छन् । कोइराला छँदै आफूले नेतृत्व हत्याउन साम, दाम, दण्ड, भेदको नीति अपनाएका देउवा फेरि पनि नेतृत्व हत्याउन सबै अस्त्र प्रयोग गर्नेमा विमति हुन सक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending