Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

हुने भयो फागुन १ मै तीन माओवादीबीच एकता

\"prachanda-kiran-750\" काठमाडौं । माओवादी युद्ध हुँदै शान्ति प्रक्रियामा आइपुग्दा टुक्रा टुक्रा भएका माओवादीहरुबीच एकता प्रक्रिया अघि बढेको छ । माओवादी जनयुद्ध दिवसको अवसर पारेर आगामी फागुन १ गते नै तीन माओवादीबीच एकता हुने भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एकीकृत नेकपा माओवादी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच पार्टी एकता हुने भएको हो । तीन माओवादीबीच जनयुद्ध दिवसका दिन पार्टी एकताको घोषणा गर्ने तयारी भइरहेको एकीकृत माओवादीका स्थायी कमिटी सदस्य लोकेन्द्र विष्टले बताए । ‘फागुन १ मा हामीले सकेसम्म एकता गरेर घोषणा गर्ने भनिएको हो,’ विष्टले भने, ‘सोही दिन एकता हुन सकेन भने पनि एकताको लागि राम्रो सन्देश बाहिर दिन्छौं ।’ सबै एकताको पक्षमा एकीकृत माओवादी र वैद्य माओवादीबीच यसअघि पनि पटक पटक एकताको लागि छलफल हुँदै आएको थियो । माओवादी विभाजले माओवादी शक्तिहरु कमजोर भएको भन्दै सबै माओवादीहरु एकताको पक्षमा देखिएका छन् । सबै माओवादीका युवा कार्यकर्ताहरुले एकताको लागि पार्टीलाई दबाव दिएपछि एकताको लागि नेताहरुले छलफल थालेका हुन् । एकताका लागि वैचारिक स्पष्टता र कार्यदिशा मिल्नुपर्ने भन्दै छलफल चलिरहेको माओवादी नेताहरुले बताएका छन् । अबको कार्यदिशा जनवादी क्रान्ति कि समाजवाद भन्नेमा माओवादीहरुबीच सहमति जुट्न सकेको छैन । अहिलेको संविधानलाई ऐतिहासिक संविधान मान्ने कि नमान्ने भन्नेमा पनि नेताहरुबीच बहस चलिरहेको छ । जसरी पनि एकता गर्न कस्सिए प्रचण्ड अहिलेको संविधानबाट केही उपलब्धीहरु भएकाले उपलब्धीहरुको संस्थागत गर्दै क्रान्तिको बाटो तय गर्ने भन्नेमा एमाओवादी अध्यक्ष प्रचण्ड रहेको स्रोतको भनाइ छ । सबै विषयलाई मिलाइने भन्दै प्रचण्ड लागिपरेको वैद्य माओवादीका एक सचिवालय सदस्यले बताए । जनवादी कार्यदिशा केही पूरा भएको र केही बाँकी रहेकाले त्यसलाई पूरा गरी वैद्यले समाजवाद उन्मुख कार्यदिशा मान्ने हो भने एकता हुने नेता विष्टले बताए । माओवादीहरुको टुटफुटले के हबिगत बनाएको छ भन्ने सबैले बुझेको विष्टले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending