काठमाडौँ। ग्यास व्यवसायी महासङ्घले सरकारको पूर्वनिर्णयअनुसार ग्यास उद्योगीले पूर्ववत् रुपमा वितरक र बिक्रेतालाई सिधा ग्यास उपलब्ध गराउन माग गरेको छ ।
आज राजधानीमा पत्रकार सम्मेलन गरी महासङ्घका अध्यक्ष विवेन्द्रभक्त प्रधानाङ्गले लामो समयदेखिको भारतीय नाकाबन्दीका कारण बजारमा ग्यासको अभाव देखिएकाले उपलब्ध ग्यास पनि कम्पनीले विभिन्न बहाना बनाउँदै कम्पनी परिसरबाट बिक्री गर्दा कालोबजारीलाई प्रोत्साहन मिलेको बताए ।
महासङ्घले उपलब्ध ग्यास वितरक र बिक्रेतालाई नदिइ कम्पनीबाटै ग्यास वितरण गरिँदा कालोबजारी बढेको भन्दै यसरी वितरक र बिक्रेतालाई ग्यास उपलब्ध भएमा सरकारले तोकेको उपभोक्ता मूल्यभन्दा अन्य मूल्य जोडेर नलिन महासङ्घले आग्रह गरेको छ ।
अहिले बजारमा आधा सिलिन्डर ग्यासको मूल्य रु ७०० पर्ने भए पनि व्यापारीले मनपरी रुपमा रु ८०० देखि रु ९०० लिँदै आएका छन् ।
उहाँले महासङ्घले दुई महिनाअघि नै उपत्यकाका सबै सरकारी प्रशासन कार्यालयलगायत सम्बन्धित निकायमा ग्यास वितरक तथा बिक्रेताको सहभागितामा ग्यासको आपूर्ति तथा व्यवस्थापनका विषयमा छलफल गरी ग्यास बिक्रेताले पूर्वप्रचलित वितरण प्रणालीअनुसार वितरक र बिक्रेतालाई ग्यास सेवा ‘डेलिभरी’ दिई वितरक र बिक्रेतामार्फत नै बिक्री गर्नुपर्ने निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको बताए ।
महासङ्घका महासचिव चन्द्रकृष्ण श्रेष्ठले वितरण प्रणाली ट्र्याकभन्दा बाहिर जाँदा वितरण प्रणाली बिथोलिएको र अर्कोतिर सामान्य लागेको जायज भाडा दिने इमान्दार बिक्रेतालाई भन्दा कालोबजारीलाई प्रोत्साहित हुने वातावरण बनेको बताए ।
उहाँले नेपालभरी दैनिक ५५ बुलेट र काठमाडौँ उपत्यकालाई दैनिक ३० बुलेट ग्यास आवश्यकपर्ने बताउँदै यो अवस्था तत्काल सहज नहुने स्पष्ट पारे ।
सरकारले गरेको पूर्वनिर्णयको कार्यान्वयन नभई प्रचलित प्रणाली विपरीत उद्योग परिसरसम्म थप भाडा तिरी लिन जाने र ग्राहकसँग असुल्ने नयाँ प्रथा ग्यास कारोबारमा भित्रिएको भन्दै महासङ्घले यसलाई तत्काल रोक्न आग्रह गरेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: