Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

उपचार नपाइ सुशीलले प्राण त्याग्नुको कारण यस्तो छ

\"sushil-srandhali\"काठमाडौं । पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला उपचार नपाई घरमै मृत्युवरण गर्नुपरेको समाचारले देश तातेको छ । गरिबी, अभाव र पहुँच नभएर उनले उपचार नपाएको दुनियाँ मान्न तयार छैन । किनकी उनी पूर्व प्रधानमन्त्री हुन्, सबैभन्दा पुरानो र सबैभन्दा ठूलो पार्टीका सभापति हुन्, प्रमुख प्रतिपक्षी दलका नेता हुन् । यी सबै हुुनुका बाबजुद पनि तीन चारदिनदेखि थलिंदासमेत उनलाई उपचारको लागि अस्पताल लगिएन । उनको उपचारको संलग्न डाक्टर करवीरनाथ योगी टिचिङ अस्पतालमा  १३ कल फोन गर्दा पनि फोन नउठ्दा अस्प्ताल लान नसकेको कुतर्क गरिरहेका छन् ।  १३ कलको सट्टा तीन कलमा फोन नउठेपछि दुई कोइराला निवास महाराजगन्जबाट दुई किलोमिटर पनि नरहेको अस्पतालमा गाडीमा दुई मिनेटमा पुगि उनले किन  एम्बुलेन्स ल्याउन उचित ठानेनन् ? किन  १३ कल गरेर बसे ? टिचिङ अस्पतालले फोन नउठाएको भए नजिकैको  गंगालाल, न्यूरो अस्प्तालमा पनि सुविधासम्पन्न एम्बुलेन्स थिए त्यहाँबाट किन मगाउन उचित ठानेनन् । अस्प्पतालमा फोन नउठेपछि ठूला नेताका  डाक्टर सबै अस्पतालका निर्देशक र सिनियरहरुसँग राम्रो हिमचिम उनको, सिधैं निर्देशक र सिनियर डाक्टरसँग सहयोग मागेनन् ? उनी चौतर्फी प्रश्नले घेरिएका छन् ।
कम बोल्नुपथ्र्यो र  भित्र कुटनीति गर्नुपर्ने भूमिकामा उनी थिए । अन्ततः गत मंगलबार बिहान १२ः५० बजे नबोलीकनै उनी अस्ताउन पुगे  
डाक्टरको लाचारी त छँदै  छ । कोइरालाको सचिवालय पनि उत्तिकै जिम्मेवार छ । किनकी उनी तीनचार दिनदेखि बिरामी भएका उनलाई किन उपचार गर्न अस्पताल लगिएन ? महाधिवेशनका कार्यक्रम चलिंरहँदा बिरामी भएको प्रचार बाहिर जाँदा आफ्नो पक्ष हार्छ भनेर पूर्व प्रधानमन्त्रीको स्वास्थ्इमा खेलवाड गर्ने कस्तो सचिवालय हो यो ? कोइरालाको स्वास्थ्यभन्दा कोइराला खानदानको  राजनीतिक विरासतलाई थमाउन यसो गरिएको हो भने के यो मानवीय हुन सक्छ ?  होइन भने जवाफ किन दिइदैंन । आफ्ना नेताको स्वास्थ्यभन्दा राजनीतिक विरासतलाई ठूलो ठान्ने पराकाष्ठा आखिर के का लागि ? बाथरूममा लडे तर, किन अस्पताल लगिएन् ? टाउकाेमा चाेट लागेकाे हल्ला भयाे तर, किन के भएकाे हाे बाहिर ल्याइएन ? जब उनी आफू प्रधानमन्त्रीको उम्मेदवार नबनी राष्ट्रपति बन्न चाहेको भए कसैले रोक्न सक्ने थिएन । तर, उनलाई रोकियो, राष्ट्रपति बने कोइराला खानदानको विरासत देउवातिर जान्छ, त्यसैले प्रधानमन्त्रीमा उम्मेदवारी दिनुपर्छ, भावी सभापतिमा उठ्नुपर्छ । तर, उनी महाधिवेशनसम्म पनि थामिन सकेनन् । गुपचुपमै अन्तिम श्वास लिए । उनको बिमारलाई गुपचुप राख्दा उनी थलिंदै  गएका छन् र मृत्यु भइहाल्ला भनेर सचिवालय र परिवारका निकटले सोचेनन् होला तर, यस्तो नसोचेर उनीहरुले गल्ती गरे । सुशील आफैंमा सोझा, शालीन, त्यागी नेता थिए । यो कसैबाट पनि छिप्दैन । उनको सरलताले यो कुरालाई पुष्टि गर्दछ । तर, उनी अरुबाट चलाइए, घेरिए, जसका कारण उनी बोल्न सकेनन् । बिपी कोइराला, गिरिजाप्रसाद कोइरालाको भित्रिया भएर काम गरेका सुशील कम बोल्ने भूमिकामा थिए । सायद उनले  कम बोल्नुपथ्र्यो र  भित्र कुटनीति गर्नुपर्ने भूमिकामा उनी थिए । अन्ततः गत मंगलबार बिहान १२ः५० बजे नबोलीकनै उनी अस्ताउन पुगे । कोइरालाको निधनपछि महाराजगन्ज, सानेपा, रंगशाला र आर्यघाट पुग्नेहरु अधिकांशले सोध्ने एउटै प्रश्न हो, सुशीलदालाई किन अस्पताल लगिएन ? तर, जवाफ दिने कसले ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending