Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सिंहदरबार कवाडिखाना जस्तो भयो : प्रधानमन्त्री अाेली

\"kpकाठमाडौं ।   प्रधानमन्त्री केपी शर्मा अाेलीले पुराना र थोत्रा गाडीले सिंहदरबारलाई कुरुप बनाएको बताएका छन् । मुलुकको केन्द्रीय प्रशासनिक निकाय रहेको सिंहदरबारलाई सरसफाइ र हरियाली बनाउन ‘सिंहदरबारबाट सरसफाइ, हरियाली प्रवद्र्धन तथा बगँैचा व्यवस्थापन अभियान’ शुभारम्भ गरिएको छ । सरकारले सिंहदरबारभित्र रहेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय अगाडिको खाली जग्गालाई उद्यानको रुपमा विकास गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष प्रजातिका बिरुवा रोपेर सो अभियानको शुक्रबारदेखि शुभारम्भ गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्त चन्दनको बिरुवा रोपी अभियानको शुभारम्भ गर्दै सिंहदरबार भित्र खानेपानी र विद्युतको छुट्टै प्रबन्ध हुनुपर्ने बताए । उनले मुलुकको प्रशासनिक केन्द्रका रुपमा रहेको सिंहदरवारलाई सफा आकर्षक बनाउन जोड दिँदै थोत्रा गाडी काम लाग्ने हो भने मर्मत गरेर चलाउनुपर्ने र काम नलाग्ने भए कवाडीमा बेच्नुपर्ने बताउदै भने,“थोत्रा गाडीले सिंहदरबार कवाडिखाना जस्तो भएको छ, फाहोरमैला डम्पिङ साइट जस्तो बनाएको छ ।” बोटबिरुवा रोप्दा फल दिने र फूल फूल्ने रोप्नुपर्ने बताउदै प्रधानमन्त्री ओलीले बिजुली र टेलिफोनका तार, ढल र खानेपानीका पाइपलाई जमिनमुनिबाट लैजाने प्रबन्ध मिलाउने निर्देशन दिए । शुभारम्भ अभियानका क्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चाप, वातावरणमन्त्री विश्वेन्द्र पासवानले रुद्राक्ष र मुख्यसचिव डा. सोमलाल सुवेदीले श्रीखण्डको बिरुवा रोपेका थिए । उद्यानमा रक्तचन्दन, श्रीखण्ड, रुद्राक्ष, बोधीचित्त, चाप, लोठसल्ला, मालागिरी, धुपी, राजवृक्ष, तेजपातलगायतका ५२ बिरुवा रोपिएको छ । \"singhadarbar\" अभियानमा वन विभागले बिरुवा उपलब्ध गराउनुका साथै त्यसमा आवश्यक प्राविधिक सहयोग समेत गर्ने विभागका महानिर्देशक राजेन्द्रप्रसाद यादवले जानकारी दिए । बिरुवाको संरक्षण प्रधानमन्त्री कार्यालयले गर्ने जनाएको छ । आगामी चैत मसान्तसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत सबै मन्त्रालयले र मातहतका निकायले आफ्नो परिसरमा यसरी नै वृक्षरोपण गर्नेछन् । अभियान अन्तर्गत आगामी फागुन मसान्तभित्र पुराना फर्निचर र सवारीसाधनको लिलामी एवम् परिसरबाट हटाउने कार्य र पुराना कागजात धुल्याउने कार्य सम्पन्न गरिसक्ने कार्यालयले जनाएको छ । सरकारले तत्काल सिंहदरबारमा परिसरभित्र रोज गार्डेन, साइटिस गार्डेन, र हर्बल गार्डेनको निर्माण गर्ने योजना बनाएको छ । परिसरभित्र ट्राफिक व्यवस्थापनको कार्य गृह मन्त्रालयलाई र जेब्रा क्रसिङ, ट्राफिक नियमन सम्बन्धी सन्देशमूलक सूचना पार्टी समेतको व्यवस्थापनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउन निर्देशन दिइएको छ । प्रधानमन्त्री कार्यालयले सिंहदरबार परिसरभित्रका भत्केबिग्रिएका सामग्री÷निर्माण सामग्री तथा अनावश्यक भग्नावशेष फागुन मसान्तभित्र अनिवार्य रुपमा हटाउन सिंहदरबार सचिवालय पुनःनिर्माण समितिलाई निर्देशन दिएको छ । कार्यालयले सिंहदरबार परिसरभित्र हाल केन्द्रीय सर्भिस सेन्टरमा रहेको चमेनागृह बाहेक आफ्नै तरिकाले विभिन्न निकायमा सञ्चालन १६ चमेनागृहले फोहोर व्यवस्थापन, सुरक्षित खाद्य, अनियमित ऊर्जाको प्रयोग जस्ता चुनौती देखिएको भन्दै तिनको उचित व्यवस्थापन गर्ने जनाएको छ । त्यस्तै सिंहदरबारमा छाडा कुकुरको प्रवेशलाई रोक्न काठमाडाँै महानगरपालिकालाई निर्देशन दिँदै कार्यालयले सिंहदरबार प्रवेशलाई सहज र सुरक्षित बनाउन पश्चिम गेटको दुबै ढोका खोल्नुपर्ने र सुरक्षाको लागि सबै मन्त्रालयल एवम् सिंहदरबार परिसरमा सिसिटिभीको व्यवस्था गरिने जनाएको छ । सरकारले सिंहदरबारमा सरसफाइ र अन्य व्यवस्थापनका लागि सुझाव सङ्कलन गर्न प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुवँरको संयोजकत्वमा उपसचिव चिरन्जीवी पौडेल र सिंहदरबार सचिवालय पुनःनिर्माण समितिका रामप्रसाद बेलवासे सदस्य रहेको समिति गठन गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending