Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

यस्तो छ मधेसको वास्तविकता

\"birgunj-miteriकाठमाडौं । पाँच महिनाभन्दा बढी समयदेखिको मधेसको आन्दोलनका केही दिनयता मत्थर भएजस्तो देखिन्छ । संविधान जारी हुनुभन्दाअघिदेखि नै सीमांकनको विषयमा असन्तुष्टी जनाउँदै मधेसवादी दलहरु आन्दोलनमा उत्रिए । चार दल सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लामो समयदेखिको आन्दोलनको नेतृत्व गर्दै आयो । नयाँ संविधान जारी भएसँगै भारतले संविधानप्रति असन्तुष्टी जनाउँदै इन्धन आयातमा कटौती गरेपछि मुलुकमा गम्भीर संकट उत्पन्न भयो । भारतको केही दिनको यस्तो रवैयापछि नाकाबन्दीले काठमाडौंलाई गलाउन सकिन्न भन्ने मधेसवादी दलहरुले बुझे । सोही मानसिकताले मधेसवादी दलहरुले नाकामा धर्ना बसेर नाका अवरोध गर्ने रणनीति बनाए । नाकाबन्दीका कारण मुलुकमा गम्भीर संकट उत्पन्न भयो । नाका अवरोधका कारण नभई भारतीय ‘इन्ट्रेष्ट’ नै नाकाबन्दी भएको निश्कर्ष सरकारले निकाल्यो । भारतीय रवैयाकै कारण मुलुकले गम्भीर संकट भोग्नुपरेको भन्दै गैरमधेसी समुदायले भारतप्रति चर्को आक्रोश ब्यक्त गर्यो । नाकाबन्दीको आक्रोशकै कारण भारतको विकल्प खोज्न समेत सरकारलाई सबैले सुझाए । तर परिस्थिति त्यस्तो बनेन । जसरी नाकाबन्दीलाई राजधानीलाई नै संकट निम्त्याएपछि मात्रै आफ्नो मुद्दाको सुनुवाइ हुने मधेसी दलहरुले ठाने त्यसरी नै सरकारले पनि आन्दोलनबाटै मोर्चालाई गलाउने रणनीति अख्तियार गर्दै कालोबजारी र तस्करहरुबाट मुलुकको इन्धन संकट समाधान गर्नेतर्फ लाग्यो । परिणाम स्वरुप मुलुकको संकट माफिया र तस्करहरुको खुला ब्यापारबाटै टर्दै गयो र मधेसको आन्दोलन थाक्दै गयो । संविधान जारी भएयता मधेस आन्दोलनमा ५० जना भन्दा बढीको ज्यान गयो, सैयौं घाइते भए । नाकाबन्दीबाट पनि सरकारलाई गलाउन नसकेपछि अन्ततः मधेसवादी दलहरुले नाका अवरोध गर्ने कार्यक्रमलाई स्थगित गरेका छन् । नाकाको अवरोध हटाएपछि मुलुकमा केही सहजता त भएको छ तर समस्याको समाधान भने भइसकेको छैन । मधेस छिर्न सक्दैनन् गैरमधेसवादी दलहरु मधेसमा आन्दोलन शुरु भएको पाँच महिना बढी भइसक्दा पनि गैरमधेसवादी दलहरु मधेस छिर्न सकेका छैनन् । संविधानको असन्तुष्टी संशोधन गरी समाधान गर्ने भन्दै संशोधन त गरियो तर संशोधनबाट पनि मधेसी दलहरुले चित्त बुझाएनन् । मधेसी दलहरुले आफ्नो पकड रहेका मधेसका जिल्लाहरुमा मधेसी दलबाहेक अन्य कुनै पनि दलहरुलाई राजनीति गर्न र कार्यक्रम गर्नसमेत नदिने उद्घोष गरे । मोर्चाको उद्घोषपछि सरकारको नेतृत्व गरेको एमालेको युवा दस्ता युवा संघ नेपालले रंगेलीमा जर्बजस्ती कार्यक्रम गर्न खोज्दा तीन जनाको ज्यान नै जाने घटना घट्यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मधेस आन्दोलनलाई समर्थन गर्दै मधेसमा अभियान चलाउने प्रयाससमेत सफल हुन सकेन । मधेस आन्दोलनपछि मधेसको अवस्था बुझ्न गएका केही मानव अधिकारवादी नेताहरुले असहजता महशुस गरे । ‘नेपाल’ शब्दप्रति नै रुष्ट हिमाल–पहाड–तराईको सद्भाव कायमै राख्ने भनेको संवाद र सहकार्य नै हो भन्नेमा सबै राजनीतिक दलहरु सहमत छन् । फलस्वरुप संवाद अघि बढाइए पनि तार्किक निश्कर्षमा पुग्न नसकेपछि विश्वभरी नै सञ्जाल रहेको जेसीआईको नेपाल जेसीजले मधेसमा ‘संवाद र सहकार्य’ नाम दिएर अभियान थाल्यो । जेसीज गैरराजनीतिक संस्था भएकाले ‘समृद्ध नेपाल निर्माणका लागि संवाद र सहकार्य’ अभियान लिएर मधेस गएकोमा जेसिजको कार्यक्रममा समेत अवरोध खडा गरियो । ब्यानरमा समृद्ध नेपाल होइन, समृद्ध मधेस लेखिनु पर्छ भन्ने जस्ता बखेडा ठाउँ ठाउँमा बखेडाहरु झिकिए । [caption id=\"attachment_59594\" align=\"alignnone\" width=\"750\"]\"सिरहाकाे सिरहाकाे लहानमा कार्यक्रम अवराेध गर्न खाेज्दै माेर्चाका कार्यकर्ता[/caption] समृद्ध नेपाल लेखिएको ब्यानर हटाउनुपर्ने विषयमा विवाद हुँदा सिरहाको लहानमा झण्डै झडपकै स्थिति उत्पन्न भएको थियो । तमलोपाका केन्द्रीय सदस्य सुरेश मण्डालले नै समृद्ध ‘नेपाल’ शब्दप्रति आपत्ति जनाए । ‘मधेसको आन्दोलनको राज्यले सुनेको छैन,’ मण्डलले आक्रोशित मुद्रामा भने, ‘पहाडी खुश र मधेस दुःख भएर मुलुक समृद्ध हुनै सक्दैन ।’ विवादका कारण जेसीजले ब्यानर नै हटाएर कार्यक्रम शुरु गर्यो । तर ब्यानर हटाएर कार्यक्रम शुरु गरिए पनि नेपालीमा सम्बोधन गरेको भन्दै अर्को बखेडा झिकियो । जेसीजको मधेसका विभिन्न सहरहरुमा सञ्जालमा मधेसी समुदाय पनि भएकाले उनीहरुले स्थानीय मैथली भाषामै कार्यक्रम गर्न बाध्य भए । ढाका टोपीमा सजिएका गैरमधेसी मुलका जेसीज महासचिव विष्णु बरालले मैथली भाषामै कार्यक्रम सञ्चालन गरिदिएपछि मधेसी नेता कार्यकर्तामा अर्कै उल्लास देखियो । मधेसी र गैरमधेसी दलमै फाटो मधेसमा ब्याप्त आक्रोश यतिमा मात्र सीमित छैन । केन्द्रीय तहमा राजधानीमै बसेर मधेसवादीसहित सबै दलका नेताहरु एकै ठाउँमा बसेर बहस छलफल गरे जिल्ला तहमा भने त्यस्तो वातवरण देखिदैन । मधेसवादी दल उपस्थित रहेको ठाउँमा राष्ट्रिय राजनीतिमा रहेका दलका प्रतिनिधि अनुपस्थित देखिए भने अन्य दल रहेको ठाउँमा मधेसवादी दलका नेता अनुपस्थित हुने गरेका छन् । मोर्चाले नाकाआन्दोलन स्थगित भएपछि आन्दोलन सबै मत्थर भएको सरकारको बुझाइ छ । लामो समयदेखिको नाकाको अवरोध समेत आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औपचारिक रुपमै स्थगित गरेको भन्दै सत्तारुढ घटकहरु र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समेत हौसिएका छन् । नाकामा गरिएको अवरोध हटेपछि भारतबाट निर्वाध रुपमा सवै सामानहरु निर्वाध रुपमा आउने भएकाले प्रमुख राजनीतिक दलहरुले खुशी ब्यक्त गरेका छन् । नाकामा भएको अवरोधका कारण र भारतले गरेको नाकाबन्दीले मात्रै मुलुक संकटमा परेको सरकारको बुझाइ थियो । \"lahan\"मधेसी दलहरु आन्दोलन झनै चर्काउने तयारीमा मधेस आन्दोलन मत्थर भएको प्रमुख राजनीतिक दलका नेताहरुले भने पनि मधेसवादी दलहरु झनै आन्दोलन चर्काउने तयारीमा छन् । चार दल रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा अझै तीन दल थपिएका छन् । उनीहरुले आन्दोलनलाई उत्कर्षमा पु¥याउन भन्दै मधेसका सबै दलहरुबीच मोर्चाबन्दीको पहल गरिरहेका छन् । समस्याहरुलाई आंशिक रुपमा टार्ने मात्रै प्रयत्न गरिएपछि मुलुकका समस्याहरु ज्यूँकात्यूँ छन् । त्यसैले मधेसी समुदायको आक्रोश ब्याप्त छ । नाकाको अवरोध हटेपछि सबै समस्या समाधान भएजसरी प्रस्तुत भए पनि गैरमधेसी दलहरुले मधेसमा पाइला टेकेका छैनन् र मधेसमा कार्यक्रम गर्ने औकात समेत राखेका छैनन् । कतिपय मधेसका ठाउँहरुमा गैर मधेसी समुदाय चेपुवामा छन् भने कतिपय गैरमधेसी समुदाय पनि राज्यले मधेसलाई विभेद गरेको निश्कर्षमा छन् । सीमा सुरक्षा बल गठन नगर्दासम्म सीमाको रक्षा गर्ने मधेसी समुदायलाई राज्यले अहिले विखण्डनकारी देखेको मधेसी समुदायको आक्रोश छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending