Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सबै माओबादी एकता गर्ने प्रचण्डको उद्धघोष

\"prachanda-1 काठमाडौं । एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सबै माओवादीहरु एक हुने बताएका छन् । माओबादी २१ औं जनयुद्ध दिबसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सबै सच्चा देशभक्तलाई एकता गर्ने प्रतिबद्धता जनाए । पहिला माओवादी धाराहरुलाई एकताबद्ध गरेर तथा सच्चा कम्युनिष्ट र बामपन्थी शक्तिलाई एकताबद्ध गरेर इतिहासको जिम्मेवारी पूरा गर्ने उनले बताए । देशको परिवर्तन माओवादीका योजना अनुरुप भएको दाबी गर्दै प्रचण्डले केही हप्ताभित्रै माओवादीहरु एक हुने बताए । ‘समाजबादी कार्यदिशालाई अघि बढाउन सबै माओवादी एकता गछौं,’ उनले भने, “पहिला माओबादी धाराहरुलाई एकताबद्ध गरेर तथा सच्चा कम्युनिष्ट र बामपन्थी शक्तिलाई एकताबद्ध गरेर ईतिहासको जिम्मेवारी पुरा गर्नुछ ।” जुट्दा र फुट्दा के हुन्छ त्यो सबै माओबादीले महसुस गरेको उल्लेख गर्दै उनले अब जुटेर अघि बढ्ने बताए । उनले २०५२ सालको फागुन १मा जनयुद्ध घोषणा गर्दा देखिनै आफु सबै देशभक्त लाई एकताबद्ध गरेको बताउर्दै शान्तिप्रक्रियापछि माओबादी फुट्नु दुभाग्य भएको बताए । १६ हजार सहिदको बलिदानले १० बर्षमै देशमा गणतन्त्र आएको दाबी गदै अब सबै माओबादी एकता गरेर क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने प्रतिवद्धता दोहोर्याए । उनले भने दश बर्षे जनयुद्धका मद्धाहरु सस्थागत गर्न सबै माओबादी मिल्नुको बिकल्प नभएको भन्दै भूकम्पपछिको पुननिर्माणमा जुटेर समृद्ध मुलुक बनाउनुपर्ने बताए । आर्थिक विकास हुँदैमा सुख हुँदैन एमाओवादी अध्यक्ष प्रचण्डले आर्थिक विकास हुँदैमा सबै जनाले सुख नपाउने बताए । एमाओवादी परित्याग गरी आर्थिक विकासका लागि भन्दै नयाँ शक्तिमा लागेका डा. बाबुराम भट्टराईतर्फ इंगित गर्दै उनले आर्थिक विकास हुँदैमा जनता धनी नहुने बताए । आर्थिक समृद्धि भनेको सामाजिक न्यायको सिद्धान्त हुनुपर्ने उनको भनाइ छ । सबै माओवादी जुटे दश वर्षमै समाजवाद प्रचण्डले सबै माओबादी जुट्ने र राष्ट्रिय एकता गर्ने हो भने अबको दश बर्पमा नेपाललाई समाजबादी देश बनाउने दाबी गरे । उनले सबै माओबादी, बामपन्थी, सच्चा कम्युनिष्टहरुको उद्देश्य अबको दशक समाजबादको दशक हुनुपर्ने बताए । प्रचण्डले नेपालको संबिधानले सबैको अधिकार सुनिष्चित गरेका बताउदै संबिधान महिलाहरुको सक्रिय सहभागितामा बनेको बताए । उनले अब नयाँ तवरले देशको क्रान्ति पुरा गर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending