Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

फेरि जान सकिन्छ कोरिया , कोरियामा लुक्न आवश्यक छैन’

\"korea\"काठमाडौं  । रोजगार अनुमति प्रणाली ९इपीएस० अन्तर्गत दक्षिण कोरिया गई तोकिएकै अवधिभित्र फर्किएका कामदार पुनः सहजै कोरिया जान पाउने भए पनि समयावधि सकिएपछि त्यहाँ लुक्ने प्रवृत्ति भने घट्न सकेको छैन । इपीएस कोरिया शाखाले समयमै फर्किएका कामदारलाई प्रत्येक तीन महिनामा कम्प्युटरमा आधारित कोरियन भाषा विशेष परीक्षाका लागि आवेदन माग्ने गरेको छ । जसमार्फत भाषा परीक्षामा उर्तीण हुने प्राय सबै परीक्षार्थी पुनः कोरिया जान पाउने गर्छन् । त्यस्तै कामदारले पहिले काम गरेको कम्पनीले लैजान चाहेर सम्झौतापत्र पठाए परीक्षानै नदिएर पनि कामदार कोरिया जान पाउने व्यवस्था छ । परीक्षा दिएर दुई हजार भन्दा बढी र पुरानो कम्पनीले पठाएको सम्झौतापत्रको आधारमा नौ सय कामदार पुन रोजगारीका लागि कोरिया गइसकेको इपिएस कोरिया शाखा निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए । नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय र गणतन्त्र कोरिया सरकारबीच इपिएस प्रणालीमा समझदारी पत्रमा हस्ताक्षर भएपछि सन् २००८ देखि हालसम्म कोरिया जानेको सङ्ख्या ३४ हजार ४०० जना रहेको छ । अवधि सकिएर फर्किएका कामदार सहजै पुन कोरिया जान पाउने भए पनि अज्ञानताका कारण केही कामदार गैरकानुनी रुपमा कोरिया बस्ने गरेको इपिएस कोरिया शाखा निर्देशक बास्तोलाले बताए । सहजै पुनः कोरिया जाने बाटो छदाछदै अवधि सकिएपछि पनि लुक्ने प्रवृत्तिले एकतर्फ देशकै बेइजत हुने गरेको छ भने अर्को तर्फ कामदार स्वयम्लाई हानी गरिरहेको छ । त्यहाँ अवैध रुपमा लुक्ने कामदारले बिमा रकम नपाउने, श्रम शोषणमा पर्ने, जुनसुकै बेला प्रहरीले पक्राउ गर्ने, भविष्यमा कोरियामा प्रवेश नपाउने गरी फिर्ता पठाइने जस्ता समस्या झेल्नुपर्छ । अवैध कामदार बढ्दै गए भविष्यमा कोरियामा नेपाली कामदारको सहज पहुँचसमेत रोकिनसक्ने अवस्था छ । इपिएस मार्फत गएका कामदार अवधि सकिएपछि पनि करिब ६०० जना कोरियामा अवैध रुपमा बसिरहेका छन् । १४ देशबाट इपिएस मार्फत कामदार लिइरहेको कोरियाले गएका कामदारमध्ये पाँच प्रतिशत भन्दा बढी कामदार अवैध रुपमा बसे त्यसलाई नकारात्मक रुपमा लिँदै सम्बन्धित देशलाई सचेत गराउने गरेको छ । नेपालको सन्दर्भमा पनि पाँच प्रतिशत भन्दा बढी अवैध कामदार पुगेको बताइन्छ । तर इपिएस शाखा प्रमुख बास्तोलाले कोरियाले औँपचारिक रुपमा त्यसरी नेपाललाई सचेत नगराएको जानकारी दिए  । उनले भूकम्पपछि अवधि सकिएपछि पनि स्वदेश नफर्कने कामदारको सङ्ख्या केही बढेको स्वीकार गर्दै अज्ञानताका कारण त्यसरी लुक्ने गरेको देखिएको बताए । विशेषत परिवारका सदस्यले स्वदेश नफर्कन दिने सुझाव, भाषा परीक्षामा उर्तीण हुनसक्छु भन्ने कामदारमा आत्मविश्वसको कमी जस्ता कारणले कामदार त्यहाँ लुक्ने गरेको उनको भनाइ छ । नेपालीका लागि आकर्षक गन्तव्यको रुपमा रहेको कोरियाले अवैध नेपाली कामदारको सङ्ख्या बढ्दै गए भविष्यमा कामदार नै लिन छोड्नसक्ने भएकाले त्यहाँ गएका इमान्दारीपूर्वक समयमै फर्कन आवश्यक रहेकोमा उनले जोड दिए । बढी अवधि बस्ने कामदारलाई निरत्साहित गर्न शाखाले त्यसरी बस्ने कामदारको नामावली सार्वजनिक गर्नेदेखि उनीहरुको परिवारलाई सचेत गराउनेसम्मको कार्य गरिसकेको छ । कोरियाबाट फर्किएका नेपालीको सङ्स्था अङ्कुर नेपालका अध्यक्ष गम्भीर गुरुङ पुनः कोरिया जना पाउने उमेर ३० वर्षबाट बढाएर ४४ वर्ष पु¥याउन सकिए त्यहाँ लुक्ने प्रवृत्ति आधा घट्ने बताउछन् । । एक पटक आफू कोरिया गइसकेपछि अरु पनि जान पाउने बाटो नरोकियोस भन्नका लागि पनि कामदार समयमै स्वदेश फर्कन आवश्यक रहेको उनको भनाइ छ । कोरियामा कार्यरत र फर्किएकाको सहभागितामा हाईड्रोपावरमा लगानीका लागि वातावरण बनाउनेदेखि कोरियाबाट फर्किएकालाई स्वदेशमै स्वरोजगार बनाउन आवश्यक सहुलियत ऋण दिनेसम्मको व्यवस्थाका लागि तयारी गरिरहेको शाखा प्रमुख बास्तालाले जानकारी दिए । इपिएस। अन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात प्रवेशाज्ञा अवधिभित्रै स्वेच्छिक रुपले नेपाल फर्केका कामदार, उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएको,कोरियामा गई गैरकानुनी रुपमा बसोवास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएकाले मात्रै आवेदन दिन पाउने व्यवस्था रहेको छ । उत्पादनमूलक, कृषि, पशुपालन, निर्माण, मत्स्यपालन, सेवामूलक क्षेत्रमा उर्तीण भएका कामदार जान पाउनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending