Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बढ्दो विद्युत् चुहावटबाट प्रतिमहिना अढाइ करोड घाटा

\"electricity-hightensionजनकपुरधाम । बन्द हडताल र मधेस आन्दोलनको मौका छोपी विद्युत् पोलबाट हुकिङ गरी विद्युत् चोरीको घटना बढ्न गएकाले धनुषामा विद्युत् चुहावटबाट विद्युत् प्राधिकरणलाई प्रतिमहिना दुई करोड ५० लाख घाटा लाग्दै आएको छ । प्रतिमहिना ७५ लाख युनिट विद्युत् खपत हुने यस जिल्लामा हुकिङबाट विद्युत् चोरी गर्नेको सङ्ख्या बढ्दै गएपछि प्रतिमहिना ३५ लाख युनिट विद्युत् चुहावट हुने गरेको नेपाल विद्युत् प्राधिकरण वितरण शाखा जनकपुरले जनाएको छ । मधेस आन्दोलनका कारण असहज परिस्थिति सिर्जना भएकाले कर्मचारीहरू गाउँ गाउँ जान नसक्ने अवस्थाका कारण सोको फाइदा उठाउँदै ग्रामीण क्षेत्रका बासिन्दाले विद्युत् पोलबाट हुकिङ गरी बिजुली बाल्ने गरेकाले प्रतिमहिना ५३ प्रतिशत विद्युत् चुहावटबाट प्राधिकरणलाई महिनाको दुई करोड ५० लाख घाटा हुने गरेको वितरण शाखा प्रमुख इन्जिनियर जीतेन्द्रकुमार झाले बताए । बढ्दो विद्युत् चुहावटलाई रोक्न प्राधिकरणले स्थानीय प्रशासन सुरक्षाकर्मी सम्मिलित चुहावट नियन्त्रण टोली गठन गरी चुहावट गर्नेलाई कारबाही गरिने रणनीति अख्तियार गरेको बताइएको छ । सत्तरी हजार ग्राहक रहेको प्राधिकरणले हालसम्म ३६ करोड ९१ लाख ३१ हजार विद्युत् महसुल उठाउन नसकेको हो । जसअन्तर्गत जनकपुर उपमहानगरपालिकाबाट सडक बत्तीबापत नौ करोड ४२ लाख ५९ हजार १५६, घरेलुतर्फ १५ करोड ८७ लाख ३६ हजार १४८, नागरिकतर्फ रु एक करोड ५६ लाख नौ हजार ५५२ उठाउन बाँकी रहेको छ । यसैगरी गैरव्यापारीतर्फ रु २४ लाख ६४ हजार ४१२, उद्योगतर्फ रु चार करोड १९ लाख ४४ हजार ८६८, सिँचाइतर्फ रु २३ लाख २३ हजार २९९, खानेपानी कार्यालयबाट रु २६ लाख २९ हजार ८७१, मठमन्दिरबाट रु ६० लाख ५१ हजार ४९, सामुदायिकतर्फबाट रु एक करोड ७८ लाख ४३ हजार ७९७ तथा विद्युत् लाइन काटिएका ग्राहकबाट रु दुई करोड ७३ लाख ९४ हजार ५२० बाँकी रहेको बताइएको छ । तराई मधेसमा आन्दोलनका क्रममा भएको बन्द अगाडि विद्युत् महसुल नबुझाएका ९९१ ग्राहकमध्ये ४३५ जना ग्राहकको विद्युत् लाइन काटी रु दुई करोड ५० लाख रकम उठाइएको लेखा अधिकृत बाबुलाल विश्वकर्माले बताए । प्राधिकरणले रकम बाँकी रहेका ग्राहकलाई पत्राचार गरी रकम असुल्ने काम गरिरहेको छ । प्राधिकरणले घर घरमा विद्युत् सेवा पु¥याउने नीति लिए पनि पूर्वी धनुषाको इनर्वा, पतनुका, लक्कर, सिंग्याही मडान तथा दुबरकोटमा हालसम्म विद्युत् सेवा पुग्न सकेको छैन । कतिपय ठाउँमा आंशिक रूपमा पोल गाड्ने कार्य भएको छ भने दुबरकोट गाविसमा चालु आवको अन्त्यसम्म विद्युत् बाल्ने लक्ष्य प्राधिकरणले लिएको छ । सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत उक्त काम भए पनि पर्याप्त बजेट नआउँदा समयमा काम हुन नसकेको बताइएको छ । अर्कोतिर तोकिएको समयमा मिटर रिडिङ गर्ने कर्मचारीहरू सेवाग्राहीको घर नजाने भएकाले सेवाग्राही बढी रकम तिर्न बाध्य भएको गुनासो आउन थालेपछि प्राधिकरणले तोकिएको समयमा मिटर रिडरले सेवाग्राहीको घरमा पुगेको छैन र सेवाग्राहीले फाइन तिनुपर्ने भएमा सो फाइन मिटर रिडिङ गर्ने कर्मचारीसँग हर्जाना भराउने नीतिसमेत अख्तियार गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies