Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

राष्ट्रको नेतृत्व अब माओवादीले गर्छ : अध्यक्ष 'प्रचण्ड'

\"CMPrachanda\"काठमाडौं, । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\' ले राष्ट्रको नेतृत्व अब माओवादीले गर्ने बताएका छन् । उनले राजनीतिमा लिएको पहलकदमीले जनतामा आशा जगाई दिएको र त्यसलाई संगठनमा रुपान्तरण गर्नुपर्ने बताउदै भने ‘अहिले सरकारमा पहल आएको छ । राष्ट्रको नेतृत्व गर्ने अब माओवादीले नै हो । जनताले पनि एमाओवादीलाई नै राजनीतिक शक्तिका रुपमा लिएको छ ।’ पार्टी केन्द्रीय कार्यालयमा आइतवार जातीय–क्षेत्रीय मोर्चा समन्वय समितिद्वारा आयोजित प्रदेश स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादको कार्यदिशा मूलमर्म भनेको वर्ग संघर्ष नै भएको बताउदै वर्ग संघर्ष समाजवादको यात्रामा बिर्सन नहुने कुरा भएको जिकिर गरे । अध्यक्ष प्रचण्डले ‘समाजवादी व्यवस्था भनेको सामाजिक न्याय सहितको आर्थिक समृद्धि भएको बताउदै वैचारिक र सांगठनीक एकताले पार्टी मजबुत हुने र त्यो कार्यभार पुरा गर्ने बिश्वास ब्यक्त गरे । उनले सबै माओवादी एक भए जनता पनि माओवादीप्रति एक हुने बताए । संविधान बनेपछि पार्टी नेतृत्वले लिएको पहलकदमीबाट देशभर एमाओवादीमा नयाँ रक्त सञ्चार पैदा भएको र अझै माओवादीप्रति जनतामा लहर ल्याउन बाँकी रहेको उहाँको भनाई थियो । उनले राजनीति भन्दा बाहिर कसैको पनि जीवन नभएको बताउँदै भने ‘देशभरमा पार्टीमा अहिले एकले अर्कालाई माया गर्न थालेको देखिएको छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण बिग्रेको सम्बन्ध सुधार्न मात्र भएको बताउदै भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण बिग्रेको सम्बन्ध सुधार्न मात्र हो कुनै सन्धी र सम्झौता गर्न होइन ।’ \'प्रचण्ड\' ले वर्तमान सरकारमा पनि मन्त्रीहरुले जनताका पक्षमा काम अघि बढाईरहेको स्पष्ट पारे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending