Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

उदयपुरमा यसै वर्ष सात करोडको तेजपात उत्पादन

\"bay-leaf5\"उदयपुर । उदयपुर जिल्लाको मध्य पहाडी तथा पूर्वी पहाडी क्षेत्र र पश्चिमी पहाडी क्षेत्रमा व्यावसायिक रूपमा खेती गरिँदै आएको तेजपात उत्पादनमा वृद्धि भई यस वर्ष झन्डै सात करोडको तेजपात उत्पादन भएको छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार जिल्लाको पश्चिमी पहाडी क्षेत्रको सिरिसे, हर्देनी, मयङ्खु, तावाश्री क्षेत्रमा यस वर्ष तेजपात उत्पादनमा वृद्धि भएको हो । यस्तै जिल्लाको मध्य पहाडी गाविसको डुम्रे, मुर्कची, साउने, खाँबु र भुटार क्षेत्रमा पनि यस वर्ष राम्रो मात्रामा तेजपात उत्पादन भएको छ । जिल्लाको पूर्वी क्षेत्रको कटुञ्जे बबला, सिद्धिपुर र चौदण्डी क्षेत्रमा पनि राम्रो तेजपात उत्पादन भएका कारण जिल्लामा कुल रु सात करोड बराबरको तेजपात उत्पादन भएको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ । उदयपुर जिल्लामा २५० हेक्टर क्षेत्रफल जग्गामा उत्पादन हुँदै आएको तेजपात पछिल्लो चरणमा अझ वृद्धि भएर यसको खेतीको विस्तार भएको जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले बताए । जिल्लाको सबैभन्दा बढी तेजपातखेती हुने रौता गाविसको मुकुची क्षेत्र रहेको छ । यस क्षेत्रमा विश्वकै सबैभन्दा उत्कृष्ट जातको सिनामोल अमला नामको तेजपात उत्पादन हुने तेजपात व्यवसायी भरत थापा बताउँछन् । मुर्र्कुची क्षेत्रमा मात्र झन्डै दुई करोड ५० लाख बराबरको तेजपात उत्पादन हुने गरेको थापाले बताए । जिल्ला वन कार्यालयका अनुसार जिल्लामा सिनामोल अमला र सिनामोल टोलमाला नामका दुई जातका तेजपात उत्पादन हुँदै आएका छन् । सिनामोल अमला विश्वको नै उत्कृष्ट तेजपात रहेको वनका कर्मचारीहरू बताउँछन् । अहिले जिल्लाको स्थानीय बजारमा तेजपातको बजार मूल्य प्रतिकेजी रु ४० देखि रु ६० सम्म रहेको तेजपात उत्पादक कृषक बताउँछन् । बहुउपयोगी तेजपात मुख्य त यसको पात र बोक्राबाट औषधि, मसला तथा खाद्य पदार्थलाई सुगन्धित बनाउका लागि प्रयोग हुने गरेको छ । तेजपात उत्पादनमा वृद्धि भए पनि यस वर्ष असोजदेखि तराईका नाका बन्द हुँदा सोचेजस्तो तेजपात बिक्री हुन नसकेको रौता–७ मुर्कचीका एक कृषक होमराज मगरले बताए । अहिले तराईका नाकाहरू खुल्ने क्रम सहज भएपछि यसको बिक्रीमा सहज हुन थालेको तेजपात उत्पादक कृषक बताउँछन् । उदयपुरको पश्चिमी पहाडी क्षेत्रमा उत्पादन भएका तेजपात जिल्लाको कटारी बजार हुँदै वीरगन्ज तथा विराटनगर भएर भारत निर्यात हुने गरेको छ । जिल्ला वन कार्यालय उदयपुरले आठवटा विभिन्न नर्सरीबाट झन्डै तीन लाख ५० हजार तेजपातका बिरुवा वितरण गरेपछि यसको खेतीमा अझ विस्तार भएको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ । यस्तै उत्पादित तेजपातको भण्डारणमा समस्या र ठेकेदार तथा दलालका कारण सही मूल्य पाउन नसक्दा आफूहरू पीडित बन्न परेको मुर्कची–७ का तेजपात उत्पादक कृषक विजय बलाम्पाकी मगर बताउँछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE