Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

उदयपुरमा यसै वर्ष सात करोडको तेजपात उत्पादन

\"bay-leaf5\"उदयपुर । उदयपुर जिल्लाको मध्य पहाडी तथा पूर्वी पहाडी क्षेत्र र पश्चिमी पहाडी क्षेत्रमा व्यावसायिक रूपमा खेती गरिँदै आएको तेजपात उत्पादनमा वृद्धि भई यस वर्ष झन्डै सात करोडको तेजपात उत्पादन भएको छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार जिल्लाको पश्चिमी पहाडी क्षेत्रको सिरिसे, हर्देनी, मयङ्खु, तावाश्री क्षेत्रमा यस वर्ष तेजपात उत्पादनमा वृद्धि भएको हो । यस्तै जिल्लाको मध्य पहाडी गाविसको डुम्रे, मुर्कची, साउने, खाँबु र भुटार क्षेत्रमा पनि यस वर्ष राम्रो मात्रामा तेजपात उत्पादन भएको छ । जिल्लाको पूर्वी क्षेत्रको कटुञ्जे बबला, सिद्धिपुर र चौदण्डी क्षेत्रमा पनि राम्रो तेजपात उत्पादन भएका कारण जिल्लामा कुल रु सात करोड बराबरको तेजपात उत्पादन भएको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ । उदयपुर जिल्लामा २५० हेक्टर क्षेत्रफल जग्गामा उत्पादन हुँदै आएको तेजपात पछिल्लो चरणमा अझ वृद्धि भएर यसको खेतीको विस्तार भएको जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले बताए । जिल्लाको सबैभन्दा बढी तेजपातखेती हुने रौता गाविसको मुकुची क्षेत्र रहेको छ । यस क्षेत्रमा विश्वकै सबैभन्दा उत्कृष्ट जातको सिनामोल अमला नामको तेजपात उत्पादन हुने तेजपात व्यवसायी भरत थापा बताउँछन् । मुर्र्कुची क्षेत्रमा मात्र झन्डै दुई करोड ५० लाख बराबरको तेजपात उत्पादन हुने गरेको थापाले बताए । जिल्ला वन कार्यालयका अनुसार जिल्लामा सिनामोल अमला र सिनामोल टोलमाला नामका दुई जातका तेजपात उत्पादन हुँदै आएका छन् । सिनामोल अमला विश्वको नै उत्कृष्ट तेजपात रहेको वनका कर्मचारीहरू बताउँछन् । अहिले जिल्लाको स्थानीय बजारमा तेजपातको बजार मूल्य प्रतिकेजी रु ४० देखि रु ६० सम्म रहेको तेजपात उत्पादक कृषक बताउँछन् । बहुउपयोगी तेजपात मुख्य त यसको पात र बोक्राबाट औषधि, मसला तथा खाद्य पदार्थलाई सुगन्धित बनाउका लागि प्रयोग हुने गरेको छ । तेजपात उत्पादनमा वृद्धि भए पनि यस वर्ष असोजदेखि तराईका नाका बन्द हुँदा सोचेजस्तो तेजपात बिक्री हुन नसकेको रौता–७ मुर्कचीका एक कृषक होमराज मगरले बताए । अहिले तराईका नाकाहरू खुल्ने क्रम सहज भएपछि यसको बिक्रीमा सहज हुन थालेको तेजपात उत्पादक कृषक बताउँछन् । उदयपुरको पश्चिमी पहाडी क्षेत्रमा उत्पादन भएका तेजपात जिल्लाको कटारी बजार हुँदै वीरगन्ज तथा विराटनगर भएर भारत निर्यात हुने गरेको छ । जिल्ला वन कार्यालय उदयपुरले आठवटा विभिन्न नर्सरीबाट झन्डै तीन लाख ५० हजार तेजपातका बिरुवा वितरण गरेपछि यसको खेतीमा अझ विस्तार भएको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ । यस्तै उत्पादित तेजपातको भण्डारणमा समस्या र ठेकेदार तथा दलालका कारण सही मूल्य पाउन नसक्दा आफूहरू पीडित बन्न परेको मुर्कची–७ का तेजपात उत्पादक कृषक विजय बलाम्पाकी मगर बताउँछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies