मैले अर्को उपाय अपनाउन थाले, त्यो हो दिउँसै रक्सी खाने । मैले के सोचेँ भने जबसम्म म रक्सी खाएर बसेको हुँन्न तबसम्म साथीहरुले मलाई पार्टी कामबाट अबकास दिनुहुन्न ।पार्टी–काम कम गर्दै जाने क्रममा म केन्द्रीय कार्यालयमा पनि कम जान थालेँ । पार्टी कार्यालयमा कम जान थालेपछि मलाई घरमा आएर बोलाउन थालियो । पार्टीबाट कसैले मलाई बोलाउन आउँदा उसलाई एकछिन कोठैमा राखेर म बाहिर आई दुईचार गिलास रक्सी खान्थेँ । त्यसपछि मात्र त्यो व्यक्तिलाई भेट्थेँ । अनि म उलाई सोध्थेँ, ‘के काम छ ? ’ उसले ‘दाइ मिटिङ छ, जाऔं’ भन्दा म मुख खोलेर ‘आँ’ गरी रक्सीको गन्ध सुँघाएर सोध्थेँ, ‘अब पनि म जाने हो ? ’ मलाई पार्टीबाट बोलाउन आउने व्यक्तिले अप्ठेरो मान्दै भन्थ्यो, ‘दाइ अहिले पनि ... यो त भएन नी !’ जवाफमा म भन्थेँ, ‘ म मिटिङमा आउन्नँ । म ‘रिटायर्ड’ भइसकेँ । म पार्टी विरोधी होइन । पार्टीसँग मेरो कुनै मतभेद भएर म पार्टीमा आउन्नँ भनेको हाइन । पार्टीभित्र मतभेद हुनु भनेको अस्वभाविक पनि होइन । म चाहन्छु, नयाँ साथीहरुले जिम्मेवारी लिऊन् । नयाँ साथीहरु अगाडि बढून् । ’ साथीहरु विस्तारै म कहाँ कम आउन थाले । ठीक, त्यही बेला मलाई क्यान्सर भएको थाहा भयो । मलाई क्यान्सर भएपछि पार्टीभित्रका मेरा साथीहरु, पार्टीबाहिरका राजनीतिक व्यक्तिहरु, बुद्धिजीवीहरु र आम जनताहरुले मलाई ठूलो सम्मान, सहयोग तथा सहानुभूति प्रदान गरे । त्यसबाट मलाई ‘होइन, मैले अझै केही गर्नुपर्छ, मैले अहिल्यै काम गर्न छाड्नुहुन्न’ भन्ने भाव पैदा ग¥यो । त्यसकारण मैले ‘अहिले के गर्ने ? ’ भन्नेबारे केही खाका बनाइसकेको छु । त्यो खाका भन्नाले अहिले समाजमा जुन विकृति, विसङ्गति छ, त्यसको विकल्प के भन्ने हो अथवा त्यसबारेको राजनीतिक कार्यक्रम प्रस्तुत गर्ने हो ।
मलाई के लाग्छ भने सबभन्दा पहिलो कुरो, मैले महाधिवेशनमा प्रस्तुत गर्ने कार्यक्रम कुनै पनि हालतमा माक्र्सवादबाट विचलित भएको हुँदैन ।त्यो कार्यक्रम भ्याएछु भने पार्टीमा प्रस्तुत गर्छु अथवा पार्टी केन्द्रमा राख्छु । केन्द्रले त्यसलाई स्वीकार गर्छ भने म कार्यान्वयन गरौं भन्छु । स्वीकार गर्दैन भने महाधिवेशन तुरुन्त बोलाइदेऊ भन्छु । छ महिनाभित्रमा त्यो कार्यक्रम तलदेखि माथिसम्म छलफल गराएर महाधिवेशन बलाल्न म पार्टी केन्द्रमा अनुरोध गर्छु । सम्भव भएमा त्यस कार्यक्रमबारे सार्वजनिक रुपमा नै ࢉछलफल गर्न लगाऊँ भनेर म पार्टीलाई भन्छु । महाधिवेशनमा मेरो वैकल्पिक कार्यक्रम हा¥यो भने म चुप लागेर बस्छु । त्यसबेला त्यसरी बस्नु सिवाय मेरो अर्को विकल्प रहन्न । मलाई के लाग्छ भने सबभन्दा पहिलो कुरो, मैले महाधिवेशनमा प्रस्तुत गर्ने कार्यक्रम कुनै पनि हालतमा माक्र्सवादबाट विचलित भएको हुँदैन । दोस्रो कुरो, त्यो व्यवहारिक हुन्छ । तेस्रो, त्यसले अलिहको राजनीतिलाई समातेर त्यसको राजनीतिक समाधान खोज्छ । माक्र्सवादी समाधान होइन । यो समाधानले माक्र्सवादी समाधानको नजिक पु¥याउँछ । बहुदल आएर संविधान निमार्ण भएपछि पहिलो आमनिर्वाचन घोषणा भयो । एकताकेन्द्रको नेतृत्वमा करिबकरिब बहुमत नै बहिष्कार गर्ने पक्षमा थियो । केन्द्रीय कमिटीको बैठक बस्नुअघि म विरामी भएर वीर अस्पतालको जनरल वार्डमा भर्ना भएको थिएँ । डाक्टर सुन्दरमणि दीक्षितको वार्डमा । मलाई बेस्करी ज्वरो आएको थियो । १०५ डिग्री फरेनहाइट को ज्वरो । त्यस्तो अवस्थामा मैले केन्द्रीय कमिटीलाई लेख्नुपर्ने भयो– चुनावमा भाग लिनुपर्छ । बहुदलीय व्यवस्था जनताको एउटा विजय हो । त्यो विजयलाई उपयोग गर्नुपर्छ । त्यो विजयलाई फूलजडी भरेर ‘म्याग्नाकार्टा’ पायौं प्रजातन्त्र पायौं भनेर होइन । कमसेकम चुनावमा भाग लिने अधिकार पायौं । पार्टी खोल्ने अधिकार पायौं । त्यसैले बहुदलको चुनावलाई उपयोग गर्नुपर्छ । यी कुराहरुलाई समावेश गरेर पार्टीलाई चारपाँच पेजको चिठी लेखेँ ।
उनीहरुले भने,‘ खत्तम हुन्छ । माक्र्सवाद डुब्छ । क्रान्ति डुब्छ ।’ मैले भनें, ‘ ठीक छ, तिमीहरुको माक्र्सवाद बचाऊ, तिमीहरुको क्रान्ति बचाऊ।साथीहरुले त्यो चिठी पढे र त्यसबारेमा छलफल गरे । म अस्पतालबाट डिस्चार्ज भएर फर्केँ । केन्द्रीय समितिको बैठक बस्यो । बैठकमा भाग लिनेसम्मन मान्यो । तर, पार्टीको नामा होइन, स्वतन्त्रको रुपमा । बहुदलको त्यत्रो लहर आइराखेको थियो । त्यस्तो समयमा स्वतन्त्र भएर चुनाव लड्ने कुरो आयो । अचम्म ! मैले भने, ‘जनताले थुक्छ है ! पञ्च भन्छ ! त्यसकारण पार्टीको नाममा लड्नुपर्छ । पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराउनुपर्छ । ’ उनीहरुले भने,‘ खत्तम हुन्छ । माक्र्सवाद डुब्छ । क्रान्ति डुब्छ ।’ मैले भनें, ‘ ठीक छ, तिमीहरुको माक्र्सवाद बचाऊ, तिमीहरुको क्रान्ति बचाऊ। तिमीहरुको क्रान्तिकारी कम्युनिस्ट पार्टी पनि बचाऊ, अर्को पार्टी खोलेर चुनाव लड !’ के खोल्ने ? के खोल्ने ? उनीहरु अल्मलिए । ‘कुनै नाम राखेर खोल । अरुसँग मिलेर गर्ने हो भने उनीहरुसँग पनि सल्लाह गर । कृष्णदास, रोहित आदिसँग सल्लाह गर ।’ साथीहरुले साँच्नै कृष्णदास र रोहितहरुसँग कुराकानी गरे । संयुक्त जनमोर्चा नाम राखेर नयाँ पार्टी खोल्ने निर्णय भयो । तर, निर्णय त्यस्तो दिनमा भयो, जसको भोलिपल्ट निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने समय सकिँदै थियो । रातभरि बसेर पार्टीको कार्यक्रम, विधान, नीति सबै बनाउनुपर्ने भयो । अरु सबैले ‘ म त सक्दिनँ’ भन्दै पन्छिए । हाम्रो तर्फबाट निनु, कृष्णदास र रोहितको तर्फबाट एकजना बसेर रातभरिमा पार्टीको विधान, कार्यक्रम र नीति तयार पारिए । भोलिपल्ट दिउँसोभरि मस्यौदा सच्याएर ४ बजेतिर निर्वाचन आयोगमा गई ‘संयुक्त जनमोर्चा, नेपाल’ पार्टी दर्ता गरियो ।
त्यसपछि संयुक्त जनमोर्चाको अध्यक्ष बाबुराम भट्टराई भने । उनी अध्यक्ष बन्ने बित्तिकै मोर्चाभित्रका मानिसहरुलाई भटाभट निकाल्न थालिए । निनुलगायत सबैजसो मान्छे कार्वाहीमा परे ।नयाँ पार्टी दर्ता भयो । संयुक्त मोर्चाको रुपमा । त्यसमा कृष्णदास पनि थिए, रोहित पनि थिए । तर, हाम्रो एकताकेन्द्र पार्टीले त्यस मोर्चालाई आफ्नो एकलौटी हतियार बनाउन खोज्यो । उसले कृष्णदास र रोहितलाई अत्याउन थाल्यो । फसाद भयो । मैले कृष्णदाससित हात जोडेर भनेँ,‘कृष्णदासजी !हामी संयुक्त मोर्चासम्म आइपुगेका रहेनछौँ । तिमीले यो मोर्चा छोडिदऊ ।’ उसले भन्यो, ‘हो र ? साँच्चै तिमीलाई गाह्रो नै प¥यो र ? ’ मैले भनेँ, ‘ हो, गाह्रो प¥यो । ’ ‘लु छोडिदिन्छु,’ उसले मेरो कुरामा सहमति जनायो । उसले कुनै अप्ठ्यारो नमानी नै छोडिदियो । त्यसपछि बाँकी थियो रोहित । उसले पनि हाम्रो कुरा बुझिसकेको थियो । उसले पनि चाँडै जनमोर्चा छोडिदियो । त्यसपछि संयुक्त जनमोर्चाको अध्यक्ष बाबुराम भट्टराई भने । उनी अध्यक्ष बन्ने बित्तिकै मोर्चाभित्रका मानिसहरुलाई भटाभट निकाल्न थालिए । निनुलगायत सबैजसो मान्छे कार्वाहीमा परे । पहिलेका मान्छेहरुलाई भटाभट कार्वाही गरी बाबुरामले किरण र प्रचण्डका मानिसहरु भर्न थाले । उनीहरुले आफ्नो बहुमत बनाएर संयुक्त जनमोर्चालाई एकलौटी बनाउन थाले । त्यतिखेर संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधि सभामा ९ र राष्ट्रिय सभामा २ जना गरी जम्मा ११ जना जनप्रतिनिधिहरु संसद्मा थिए । संयुक्त जनमोर्चालाई एकलौटी बनाइसकेपछि बाबुराम–किरण–प्रचण्डहरुले ती ११ जना सांसदहरुलाई आफ्नो मातहतमा राखी जथाभावी चलाउन थाले । लिलामणि पोखरेललाई उनीहरुले संसदीय दलको नेताबाट हटाए । उनीहरुले कताबाट हो कताबाट संसदीय दलको नेता अमिक शेरचनलाई बनाए । त्यस्तो अवस्थमा हामीले समेत अमिक शेरचनलाई शंकाको घेरामा राख्यौँ । हामीले सोच्यौं, उ पनि हामीलाई छोडेर किरण–प्रचण्डहरुतर्फ नै गयो ।
पार्टीलाई किरण–प्रचण्डहरुले एकलौटी बनाउन थालेपछि पार्टी फेरि फुट्यो । पार्टी फुटेपछि फेरि पनि हामी एकताकेन्द्र नै भयौं । उनीहरु ‘मशाल’ भए ।तर पछि थाहा भयौं, अमिकको बारेमा हामीले जे सोच्यौं, त्यो गलत रहेछ । उसले त त्यो संकटको घडीमा संकटमोचनको निम्ति मात्र अन्तरिम रुपमा उनीहरुलको प्रस्ताव स्विकारको रहेछ । पछि त उसले छोडेर आइहाल्यो नी ! पार्टीलाई किरण–प्रचण्डहरुले एकलौटी बनाउन थालेपछि पार्टी फेरि फुट्यो । पार्टी फुटेपछि फेरि पनि हामी एकताकेन्द्र नै भयौं । उनीहरु ‘मशाल’ भए । नेकपा(चौम) फेटेर एकता दुइटा मशाल बनेका थिए । एउटा मोटो मशाल, अर्को पातलो मसाल । पछाडि मोटो मशाल श्रमिक संगठन र चौम मिलेर एकताकेन्द्र बनेको थियो । त्यो एकताकेन्द्रमा बाबुरामहरु पातलो मसालबाट फुटेर आएका थिए । तर, त्यो एकताकेन्द्र फेटेर पछि एकताकेन्द्र र मोटो मशाल बन्न पुग्यो । अहिलेको पार्टी एकताकेन्द्र पछिल्लोपटक बनेको नयाँ एकताकेन्द्र हो । निर्मल लामाको आत्मकथा सर्वहारा राजनीतिबाट
प्रतिकृया लेख्नुहोस्: