Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

‘हामीसँगै उभिऔँ– हामीसँगै आउनुस्’

\"sena\"काठमाडौँ। नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसका अवसरमा राजधानीमा प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

‘हामीसँगै उभिऔँ– हामीसँगै आउनुस्’ भन्ने नारा दिइएको उक्त प्रतियोगिता यही फागुन २२ गते बिहान सञ्चालन हुनेछ । मुलुकको खेलकुद विकासमा थप योगदान पु¥याउन तथा खेलाडीलाई हौसला प्रदान गर्न विशेष नगद पुरस्कारको समेत व्यवस्था गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुनेछ, जसमा पुरुष खुलातर्फ म्याराथन, महिला र पुरुष खुला हाफ म्याराथन, १० किमीको मिलिटरी अट्याची विदेशी र स्वदेशी, पाँच किमीको छात्रछात्रा तथा पाँच किमीकै सरकारका उच्च पदाधिकारी सम्मिलित वाकाथन समावेश हुने छन् ।

प्रतियोगिताको ४२।१९५ म्याराथनमा पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः रु एक लाख, ५० हजार, रु २५ हजार १५ हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्ने छन् ।

त्यस्तै हाफ म्याराथन अर्थात् २१ किमी महिला तथा पुुरुष खुला प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु २५ हजार, रु १५ हजार र रु १० हजार पाउने छन् ।

म्याराथन सैनिक मुख्यालयबाट सुरु भई भक्तपुर दरबार परिसर परिक्रमा गरी जङ्गी अड्डामै आएर टुङ्गिने छ । सोही स्थानबाट सुरु भएको हाफ म्याराथन तीनकुने महाराजगन्ज हँुदै सैनिक मुख्यालयमै समापन हुनेछ ।

सरकारका उच्च अधिकारी र समाजका ख्यातिप्राप्त व्यक्ति समावेश हुने वाकाथन जङ्गीअड्डाबाट सुरु भई पाटन दरबार परिसरको परिक्रमा गरेर फर्कने छ । ती सबै विधामा करिब सात हजारको हाराहारीमा धावकको सहभागिता रहने अनुमान गरिएको छ ।

दौडलाई मनोरञ्जक बनाउँदै धावकलाई प्रोत्साहन गर्न सेना दिवसको अवसर पारेर प्रतियोगिता गर्न लागिएको सेनाका प्रवक्ता ताराबहादुर कार्कीले बताए । प्रतियोगिताका क्रममा सेनाले सन् १९८० भन्दा पहिले ओलम्पिक र एसियाली खेलकुदमा पदक विजेता र त्यसमा सहभागी खेलाडीलाई सम्मान गर्ने कार्यक्रम बनाएको छ ।रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies