Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

कांग्रेस संस्थापनमा गुटको बिगबिगी, पौडेललाई ठण्डाराम पार्ने प्रयत्न

\"presidentकाठमाडौं  । विधानतः र व्यवहारिक रुपमा प्रमुख नेताको अवसानपछि दोस्रो नेता स्वतः प्रमुख नेता हुनेमा कुनै द्विविधा छैन । तर, कांग्रेसमा सभापति सुशील कोइरालाको निधनपछि स्वतः प्रमुख नेतामा दरिनुपर्ने रामचन्द्र पौडेललाई लिएर यतिखेर चर्को मतभेद छ । मर्यादा क्रममा नेता शेरबहादुर देउवा दोस्रो तहमा हुन् तर, उनी गत महाधविशेनमा सभापतिमा पराजित भएपछि दोस्रो तहमा राखिएका थिए । यस्तो अवस्थामा विधानतः उपसभापति रामचन्द्र पौडेल स्वतः कार्यवाहक सभापति भए । तर, महाधिवेशन आउँन जम्मा १५ दिन मात्र बाँकी हुँदा कांग्रेस संस्थापनमा पौडेललाई नेता मान्न होइन नमान्न संस्थापनका गुटको बिगबिगी चलेको छ । यस अघिदेखि कोइराला परिवारलाई सहयोग गर्दै आएका पौडेल स्वतः सभापतिका दाबेदार हुनुपर्ने हो तर, कांग्रेसमा यस्तो भइरहेको छैन । तमाम सांगठनिक कमजोरी, सीप, क्षमता र योग्यताको अभावमा पनि कम बोलेरै निरन्तरताको राजनीतिले अरुमा असन्तुष्टीका बावजुद पनि संस्थापनलाई छिन्नभिन्न हुन दिएका थिएनन् । तर, जब उनै कोइरालाले २६ माघमा विश्राम लिए तब संस्थापनको नेता बन्न कांग्रेसमा तँछाडमछाँड देखिएको छ । १. कार्यवाहक सभापति रामचन्द्र पौडेल कार्यवाहक सभापति पौडेलले कहिल्यै गुटको राजनीतिमा विश्वास गरेनन् । पार्टीमा संस्थागत जस्तो अघि बढेको     गुटको विकासलाई निरन्तरता र जोड दिएनन् । तर, उनी यसपटक संस्थापनमा रहेर त्याग, तपस्या र योगदान गरेको आधारमा स्वतः संस्थापनको नेता बन्न पाउनुपर्ने र     १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न पाउनुपर्ने पक्षमा छन् । कोइराला नबित्दैदेखि उनले सभापतिमा आकांक्षा राखेर सांगठनिक तयारीलाई तीव्रता दिएका थिए । उनी देश दौडाहामा मात्र निस्किएनन् । महाधिवेशनका लागि भन्दै देशभित्र र   बाहिरसमेत चुनावी शैलीमा चन्दा उठाउदै आए । सुशील बितेपछि त त झन् नेता बन्न उनले दौडधूपलाई तीव्रता दिएका छन् । संस्थापनका नेता मनाउन उनको कोसिस जारी छ । २. प्रकाशमान सिंह राजनीतिक सीप, क्षमता, कौशलता र योग्यता भन्दा सिंहसँग अर्को फाइदाको र सकारात्मक पाटो केही छ भने त्यो हो बाबु गणेशमान सिंहको विरासत । बाबुको विरासतलाई बिर्सने हो भने सिंहसँग अरु केही छैन भन्छन् उनलाई नजिकबाट चिन्नेहरु । काठमाडौंका रैथाने यी सिंहको काठमाडौंको संगठनमा पकड देखिन्छ । तर, देशव्यापी पकड भने छैन । तर, पनि उनी १२ औं महाविधेशनमा संस्थापनबाट निर्वाचित महामन्त्री बनेको भन्दै यसपटक सभापतिमा दाबेदारी गरिरहेका छन् । कोइरालाको निधनपछि उनलाई दाबेदारी गर्न झन् सजिलो भएको छ । उनी यतिखेर देशभरका महाधिवेशन प्रतिनिधिलाई फकाउने गरी गतिविधिमा लागेका छन् । ३. महामन्त्री कृष्णप्रसाद सिटौला सिटौला गिरिजा हुँदा उनका सबैभन्दा बढी विश्वासपात्र थिए । शान्ति प्रक्रियामा गिरिजासँग घनिष्ठ हुने मौका सिटौलाले पाए । उनको निधनपछि उसैगरी सिटौलाले सुशीलसँग सम्बन्ध जोडे । तर, सुशीलका प्रधानमन्त्रीसहितका उत्तरार्धका वर्षमा उनको सुशीलसँगको सम्बन्ध सौहाद्र्र रहेन । त्यसैले सभापति हुँदै सिटौलाले सभापतिकै उम्मेदवार बन्न देशव्यापी तयारी गरे । दौडाहमा निस्के । सुशील बितेपछि त झन् महाधिवशेन प्रतिनिधिसँग जोडिन उनी फोन र भेटघाटमार्फत सक्रिय हुँदै आएका छन् । केही दिन संस्थापनको छलफलमा सिटौलाले मुखै फोरेर कार्यवाहक सभापति पौडेललाई ‘तपाईंले तीन सय भोट कटाउनुहुन्न, त्यसैले प्रतिनिधिको मूल्यांकन गरेपछि मात्र उम्मेदावरी घोषणा गरेर जानुपर्छ’ भनेका थिए । सिंहको तुलनामा संगठनका पकड भने यिनको छ । संगठनमा खेल्न सक्छन् । ४. सुजाता कोइराला सुजातासँग पनि राजनीतिक कौशलताभन्दा बाबु गिरिजाप्रसादको विरासतभन्दा केही छैन भन्छन् जान्नेबुझ्नेहरु । तर, उनी पनि यसपटक सभापतिका आंकांक्षी मध्येकी एक हुन् । सुशीलदा नउठे मैं हुँ संस्थापनको उम्मेदवार भन्ने सुजातालाई कोइराला बितेपछि सजिलो भएको छ, दाबी गर्न । तर, उनको यो दाबीलाई उपसभापतिसम्म हात पार्ने रुपमा पनि कांग्रेसमा व्याख्या गरिन्छ । उनी पौडेललाई हुँदै हुँदैन भने र लागेकी छैनन् । तर, आफूलाई पदाधिकारीमा सुरक्षित गर्नुपर्ने उनको तर्क छ । सशांक र शेखरसँग पनि उनको उतिराम्रो सम्बन्ध छैन । आफूलाई दुवैले मान्नुपर्छ भन्ने सोच राख्छिन् । ५. डा. रामशरण महत डा. महत पनि सभापतिका लागि आफूमा कूशलता भएको दाबी गर्दै आएका छन् । सुशील बितेपछि उनलाई दाबी गर्न थप बल पुगेको छ । तर, उनलाई सभापति दिन संस्थापनका नेता तयार हुने अवस्था छैन । यस अघि पदाधिकारी नभएका उनी आफैलाईंचाँहि म बरिष्ठ हुँ भन्ने लाग्ने गर्छ । ६. युवाहरु अर्को फ्याक्टर गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे पनि कांग्रेसका महत्वपूर्ण फ्याक्टर हुन् । युवाहरुको प्रतिनिधित्व गर्ने नारासहित यी महाधिवेशनमा होमिए पनि निर्णायक पनि हुन सक्छन् । थापा, पौडेल र घिमिरले कांग्रेसलाई जोगाउन सिद्धान्तनिष्ठ भएर समयसान्दर्भिक बनाउन उनीहरुले दबाब दिइसकेका छन् । यी मध्ये थापाले कांग्रेस जोगाउन र भागबण्डा अन्त्य गर्न आफू महामन्त्रीमा उठ्ने जिकिर गर्दै आएका छन् । यो यूवा समूह पनि पौडेललाई नेता मानिहाल्न तयार छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies