Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

भारत भ्रमणबारे सदनलाई जानकारी गराउँदै ओली

\"kpoli\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणबारे व्यवस्थापिका संसदलाई मंगलबार जानकारी गराउँदैछन् । यहि फागुन ७ गते भारतको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे सदनलाई जानकारी गराउन लागेको ब्यवस्थापिका संसद सचिवालयले जनाएको छ । व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री ओलीले आफूले गर्न लागेको भारत भ्रमणबारे औपचारिक रुपमा जानकारी गराउन छन् । ओलीले यसअघि भारत भ्रमणको एजेण्डाबारेमा सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, परराष्ट्रविद तथा तथा विभिन्न कूटनीतिज्ञहरुसँग छलफल गरेका थिए । आफू प्रधानमन्त्रीमा निर्वाचित भएसँगै भारतले गरेको नाकाबन्दीका कारण यसअघि ओलीले पहिलो भारत भ्रमण चीन हुने बताएका थिए । तर गम्भीर संकट टार्ने वैकल्पिक उपाय नभेटेपछि ओलीले अन्ततः भारतकै शरण पर्नुको विकल्प नरहेको निश्कर्षमा भारत भ्रमण तय गरेका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण भारतसँगको सम्बन्ध सुधारमै केन्द्रित हुने स्पष्ट पारेका छन् । फागुन ७ गते सत्तारुढ दल, प्रतिपक्षी, ब्यापारी, पत्रकार तथा आफ्ना केही नेता कार्यकर्ता गरी झण्डै ५० जनाको जम्बो टोली लिएर ओली भारत जाने भएका छन् । शोक प्रस्ताव पारित व्यवस्थापिका संसद्को मंगलबारको बैठकमा नेकपा (एमाले) का पूर्वसांसद सोहनप्रसाद चौधरीको असामयिक निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ । नेता चौधरी २०४८ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित  भएका थिए । उनको ६९ वर्षको उमेरमा गत माघ २६ गते मृत्यु भएको थियो । उनी मिर्गौला रोगबाट पीडित थिए । शोक प्रस्ताव पारितसँगै संसद्को बैठक १५ मिनेटका लागि स्थगन भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies