Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

अपरेशन थिएटरमा महिला बलात्कृत ! श्रीमानले सुने आपत्तिजनक चित्कार ! (भिडियोसहित)

\"HOSPITAL एजेन्सी । भारतको एक नर्सिङ होमको अपेशन थिएटर भित्र एक भारतीय महिला बलात्कृत भएकी छिन् । भारतको उत्तरप्रदेश राज्यको हमीरपुरको एक अस्पतालमा यस्तो घटना भएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् । औंलामा सामान्य चोट भएपछि अस्पताल पुगेकी ती महिलालाई जब बेहोस बनाउने औषधि खुवाई अपरेशन थिएटरभित्र डाक्टरले लगे त्यसपछि यस्तो घटना भएको समाचारमा उल्लेख छ । मंगलबार विहान ११ बजे उनीहरु नर्सिङ होममा भर्ना भएका थिए । साँझ करीब ५ बजे डाक्टरले अपरेशन गर्नु पर्ने भन्दै अपरेशन थिएटरमा लगेको पिडितका पतिले बताए । त्यसको केही समयपछि पिडितको श्रीमानले अपरेशन थिएटरभित्र आपत्तिजनक आवाज सुने । झ्यालबाट हेरेपछि उनले आफ्नो श्रीमति बलात्कृत भइरहेको देखे । त्यसपछि उनी ढोका फोडेर भित्र पस्दा बलत्कारी डाक्टर फरार भइसकेको थियो । उनले श्रीमतिलाई बेहोस र अर्धनग्न अवस्थामा पाए । पिडित पक्षले बिहानै अपरेशनका लागि भने पछि जानीबुझी साँझ अपरेशन थिएटरमा लगेको दाबी गरेका छन् । उनीहरुका अनुसार अस्पतालको भिडभाड कम हुने समय उक्त बलत्कारी डाक्टरले कुरेको बताएका छन् । घटनापछि पिडित महिला किनै असमान्य अवस्था पुगेकी र उनले मात्र ‘मेरो कपडा किन खोलेको ? भन्ने मात्र सोधिरहने समाचारमा बताइएको छ । घटनाको आरोपलाई भने नर्सिङ होमले अस्विकार गरिरहेको छ । पिडितका पतिले झुटो आरोप लगाएको अस्पतालले भनिरहेको छ । पिडितले गलत बयान दिएको र कुरै नबुझी अस्पताल तोडफोड गरेको बताएको छ । पिडित पक्ष पुलिसलाई उजुरी दिन गए, तर पुलिसले सो विषयमा उजुरी लिन नमानेपछि पिडित पक्षले मंगलबार नर्सिङ होम तोडफोड गरेका थिए । पुलिसले उल्टै अस्पतालमा हंगामा गरेको भन्दै पिडित पक्षलाई गिरफ्तार गरेको समाचारमा उल्लेख छ । एसपी राजेन्द्र प्रताप पाण्डेयले भने,‘ यो विषयमा गम्भीर छानविन हुनेछ । दोषीमाथि कडा कारबाही गरिनेछ । सत्यतथ्य बाहिर नआएसम्म अस्पताललाई शान्त बनाउनका लागि हुलदंगामा सहभागी हुनेलाई हिरासतमा लिइएको हो । केही समयपछि नै छाडिने छ ।’ भिडियो हेर्ने यहाँ क्लिक गर्नुहोस् 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending