Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

खडेरीका कारण अफ्रिकाका जटिल कुपोषणको समस्या, खाद्यान्नमा आकासिदो मूल्य बृद्धि

\"kuposan\"दक्षिणअफ्रिका । पूर्वी तथा दक्षिण अफ्रिकामा विशेषत खाना तथा पानीसमेतको अभाव हुँदा करिब १० लाख बालबालिका कुपोषणको समस्याबाट ग्रसित भएको युनिसेफले जनाएको छ । बुधबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार बितेका ५० वर्षमा कडा एल निनो तथा दुई वर्षयताको खडेरीका कारण उनीहरुमा जटिल कुपोषणको विकराल समस्या भएको हो । पूर्वी तथा दक्षिण अफ्रिकामा विशेषत बालबालिकालाई आवश्यक खाद्यान्न तथा पानीको अभाव हुँदा उनीहरूको श्वास्थ्यमा गम्भीर समस्या भएको र न्यूनतम पोषणको कमीले उनीहरुको उचाईअनुसार वजन कम पाइने गरेको साथै स्मरण शक्तिमा समेत समस्या भएको युनिसेफले बताएको छ । खाद्यान्न सङ्कटको असर बालबालिका आगामी धेरै वर्षसम्म रहने अफ्रिकी मुलुकहरुमा एल निनोसम्बन्धी वातावरणीय समस्या क्रमशः कम हुँदै गए पनि यसका कारण खाद्यान्न सङ्कट हुँदा बालबालिकालाई परेको असर आगामी धेरै वर्षसम्म यथावत रहने युनिसेफका क्षेत्रीय निर्देशक लैला घारगाज्लु पाक्कलाले बताए । अफ्रिकी मुलुकहरुका सरकारले समस्या समाधानका लागि यथासक्य योजनाहरु ल्याए पनि यो साह्रै जटिल समस्या भएको र यसमा अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य छ, निर्देशक पाक्कलाले भने । बालबालिकाको जीवन रक्षाका लागि आजका दिनमा चालिने कदम उनीहरुको भविष्यका लागि अतिआवश्यक भएको छ, उनले थपे  । युनिसेफले इथियोपियाका लागि ८ करोड ७० लाख अमेरिकी डलर, एङ्गोलाका लागि २ करोड ६० लाख र सोमालियाका लागि १ करोड ५० लाख अमेरिकी डलर बराबरको मानवीय सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ । जिम्बाबेलगायतका धेरैजसो दक्षिण अफ्रिकी मुलुकहरुमा खडेरीका कारण खाद्यान्न सङ्कट भएको घोषणा गरिसकिएको छ । इथियोपियामा खाद्यान्न अभाव झेल्न बाध्य जनसङ्ख्यामा यस वर्ष पनि वृद्धि भई १ करोडबाट १ करोड ८० लाख पुग्ने युनिसेफको आँकलन छ । अर्को अफ्रिकी मुलुक मालाबीमा पनि पछिल्ला नौ वर्ष यता खाद्यान्न सङ्कट देखिँदै आएको र जम्मा जनसङ्ख्याको १५ प्रतिशत ९२८ लाख० मानिसमा खाद्यान्न अभाव भएको छ । गएको दुई महिनामा मात्रै जटिल खालको कुपोषण समस्या दुई गुणाले वृद्धि भएको अध्ययनमा बताइएको छ । खाद्यान्न सङ्कटसम्बन्धी तथ्याङ्क एकदम कहालीलाग्दो अवस्थामा वृद्धि भएको युनिसेफका अफ्रिकी क्षेत्रीय सल्लाहकार मेगान गिलगानले बताए । यो तथ्याङ्क सन् २०१६ तथा सन् २०१७ मा अझ खराबस्थितिमा पुग्ने उनको दाबी छ । गएको महिना ९जनवरी०मा विश्व खाद्य कार्यक्रम (डब्लूएफपी० ले लामो खडेरीका कारण दक्षिण अफ्रिकामा १ करोड ४० लाख मानिसले खाद्यान्न सङ्कट झेल्नुपर्ने बताएको थियो । मकैको मूल्यमा औसतभन्दा ७३ प्रतिशत वृद्धि डब्लूएफपीका अनुसार खडेरीका कारण मलाबीमा मकैको मूल्यमा औसतभन्दा ७३ प्रतिशत वृद्धि भएको बताएको थियो भने अन्य खाद्यान्नका सामानमा पनि अकासिदो बृद्धि भएको छ । यो समस्या अन्य अफ्रिकी मुलुकमा पनि कहालिलाग्दो अवस्थामा रहेको अध्ययनमा बताइएको छ । इथियोपियामा ४ लाख ३५ हजार बालबालिका जटिल कुपोषणको समस्याबाट ग्रसित भएको र उनीहरुलाई उपचार आवश्यक छ । क्षेत्रीय सल्लाहकार गिल्गानले भने, हामी अहिले प्रभावित क्षेत्रमा विभिन्न तरिकाले समस्यालाई पर सार्ने काम गरिरहेका छौँ । प्रभावित क्षेत्रमा अल्पवृष्टि तथा वर्षात नै नभएपछि नतिजा भयावह बनेको हो । रोगको पनि भयाभह अफ्रिकी मुलुकमा खडेरीका कारण खाद्यान्न सङ्कटका अलावा विभिन्न खाले रोगको संक्रमण पनि देखिएको छ । झाडापखाला, हैजा र टाइफाइड लगायतका कारण यहाँको दैनिकी कठीन एवं समस्याग्रस्त देखिएको युनिसेफको प्रतिवेदनमा छ । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies