Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

विज्ञहरु भन्छन्–प्रधानमन्त्रीको भारत भ्रमणलाई सद्भावमा सिमित गर्नुपर्छ

\"sambadकाठमाडौ । विभिन्न क्षेत्रका विज्ञहरुले प्रधानमन्त्रीले केपी शर्मा ओलीले शुक्रबारबाट गर्न लागेको भारत भ्रमणलाई सद्भाव भ्रमणमा सिमित राख्नुपर्ने बताएका छन् ।
उनीहरुले प्रधानमन्त्री ओली विना तयारी र विनाऐण्डा भ्रमण जान लागेकाले जुनसुकै सम्झौता हुन सक्ने भन्दै दिर्घकालिन रुपमा असर पार्ने कुनै सम्झौता नगर्न सुझाव दिएका हुन् । बिहीबार संवाद डबलीमा संयुक्त जनवादी युवा मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपाल भारतबीचको सम्बन्ध नेपालीले नबिगारेकाले सम्बन्ध सुधारको विषय उठाउँन आवस्यक नभएको बताए ।
श्रेष्ठले भारतले गरेको नाकाबन्दीले पारेको असरबारे जानकारी गराउनुपर्ने बताए । ‘राम्रो तयारी नभएकाले यो भ्रमणलाई सद्भाव भ्रमणको रुपमा सिमित गर्नुपर्छ, दिर्घकालिन असर पार्ने सम्झौता गर्नु हुँदैन, नेहरुको प्रभुत्ववादअनुसार अगाडि मोदी अगाडि बढेका छन्, प्रधानमन्त्रीज्यूले सतर्क हुनुपर्छ ।’ सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्रीको भ्रमण कुनै ऐण्डामा तयारी नगरी हुन लागेकाले जस्तोसुकै सम्झौता हुनसक्ने भन्दै दिर्घकालिन असर पार्ने कुनैपनि सम्झौता गर्न नहुँने बताए । ‘ऐण्डाविनाको भ्रमण डरलाग्दो हुन्छ, ऐण्डासहितको भ्रमण भएमा सम्बन्धित विषयमा केन्द्रीत हुन्छ तर यो भ्रमणमा जतिबेला जुनसुकै सम्झौता पनि हुनसक्छ, सबै सतर्क हुनुपर्छ’ श्रेष्ठले भने । उनले विगतमा भएका सम्झौताले पारेको नकारात्मक असरबारे भने कुरा राख्नुपर्ने बताए ।
भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमणका क्रममा गरेका सम्झौता किन कार्यन्वयन हुन सकेन, भारतले जङ्गे पीलरसँगै जोडेर गर्न लागेको सडक विस्तार, नेपाललाई बेवास्ता गर्दै लिपुलेकबारे गरिएको सम्झौता, भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकमाथि गर्दै आएको ज्यादतीबारे भ्रमणको क्रममा स्वाभिमानकासाथ कुरा उठाउनु पर्ने श्रेष्ठले बताए ।
राजनीतिक अभियान्ता साध्यबहादुर भण्डारीले हालसम्मका प्रधानमन्त्रीले भारत भ्रमणमा गएर सम्मानकासाथ आफ्नो कुरा राख्न नसकेका बताउँदै नेपाललाई भारतले सधै आफ्नो दास देख्न गरेको दाबी गरे । भण्डारीले भने नेपालको संविधानमाथि औला उठाउँदै, अबदेखि नाकाबन्दी गर्दैन भन्ने भन्नेकुरामा भारतलाई सहमति गराउँनुपर्छ’ ।
उनले भारतीले नेपालमा ५५ प्रतिशत फोहर गर्ने गरेको र त्यो फोहर नेपालीले उठाउने गरेको बताए । कार्यक्रममा नेपाल बौद्धिक मञ्चका अध्यक्ष डा. केवी रोकायाले प्रधानमन्त्री केपी ओलीले अरुका सुझाव नमान्ने भएकाले कुनै सुझाव दिन आवस्यक नभएको बताए । ‘नेपाली शासक भारतीय शासकका दालल हुन्, ओली पनि नेपाल र नेपालीको हित भन्दापनि मालिकलाई अहिलेसम्मको रिपोर्ट पेस गर्न जान लागेका हुन्’ रोकायाले भने । उनले अहिलेको राजनीतिक नेताहरुले नेपाल र नेपालीलाई आत्मनिर्भर नबनाउने भन्दै विकल्पबारे सोच्न युवाहरुलाई आग्रह गरे ।
‘नेपाली नेताहरु एकपछि अर्को भारतनिर्भर हुँदै गएका छन्, ओली जी पनि भारतनिर्भर भएकाले कुनै आशा गर्न सकिँदैन’ उनले भने । रोकायाले प्रधानमन्त्री ओली अहिलेसम्मका कामको रिपोर्ट पेश गर्न बाँकी कामको अनुमतिको लागि भारत भ्रमण जान लागेको आरोप लगाए । बामबुद्धिजीबी अमृत पुरीले प्रधानमन्त्रीको भ्रमणबाट केही नयाँ आश गर्ने ठाउँ नभएको बताए । ‘ओलीले भारत गएर नेपाली जनताको पक्षमा नयाँ सम्झौता गर्लान भन्ने त पटक्कै विश्वास छैन, ओलीले भारत जादा पनि गाउँखाने कथा र टुक्का भनेरै जानु हुन् र फर्कदा पनि’ पुरीले भने ।
भारत भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले गुजरातको अवलोकन गरेर नयाँ गाउँखाने कथा तयार गर्नुभन्दा विज्ञहरुलाई अवलोकन गराउँदा देशलाई फाइदा पुग्ने पुरीले बताए । पूर्वीय दर्शनका अभियान्ता तथा धर्मसभाका अध्यक्ष विष्णुराज पाण्डेले वर्तमान नेपाली नेताले देशको हितभन्दा आफ्नो स्वार्थको लागि काम गर्ने भएकाले प्रधानमन्त्रीको भारत भ्रमणबाट आशा गर्न नसकिने बताए । कार्यक्रममा एमाओवादीका केन्द्रीय सदस्य किशन शर्मा, संयुुक्त जातिय मोर्चा, नेपालका अध्यक्ष विजय थापा, गोरख बिसी केबी भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणलाई सद्भाव भ्रमणमा सिमित गर्नुपर्ने बताए । आयोजक संगठन जनवादी युवा मोर्चाका अध्यक्ष हरिबहादुर बोहराले प्रधानमन्त्रीले नेपालको हितविरुद्धमा सम्झौता गरेर फर्के एयरपोटमा कालो झण्डा देखाएर बहिस्कार गर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending