Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

देउवा र पौडेललाई सुशीलको शोकमा शक्तिको भोक

\"Deuba-Paudel\"काठमाडौं । आफ्ना पार्टी सभापतिको निधन भएको १२ दिन पनि नपुग्दै कांग्रेसमा शक्ति हत्याउन नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति रामचन्द्र पौडेलबीच तीव्र होड र महत्वकांक्षाले जरा गाडेको छ । २६ माघमा निधन भएका कोइरालाको शोक ९ फागुनपछि बल्ल सकिन्छ । पार्टीले पनि १३ दिनसम्म औपचारिक कार्यक्रम नगर्ने घोषणा गरेका थियो । तर, कोइराला बितेलगत्तै महाधिवेशनमा जोड घटाउका निम्ति कोठे बैठकमात्रै भएनन्, औपाचारिक बैठक नै गरिए । पौडेलले कोइरालाको क्रियाकर्म चलिरहेको महाराजगन्जको घरमा संस्थापनको बैठक दिनहुँ जस्तो गर्दै आएका छन् । सधैं गिरिजा र सुशीलसँग हरुवाको परिचय बनाएका नेता देउवा पनि के कम आफू निकटका नेतासँग निवास बुढानिलकण्ठ र सम्पर्क कार्यालय बानेश्वरमा दिनहुँ बैठक गरिरहेका छन् । सभापतिको निधनको शोक भन्दा कांग्रेसमा आफ्नो नेतृत्व स्थापित गर्ने होडबाजी उनीहरुलाई प्रमुख लागेको छ । अधिवेशनको जोडघटाउको विषयमा चर्चा नेतामात्र होइन सामान्य कार्यकर्तादेखि केन्द्रीय सदस्यसम्मले गर्दै आएका छन् । सुशील शवयात्रामा र श्रद्धान्जलीमा समेत कांग्रेसका नेताहरु आनन्दपूर्वक संस्थापनले यहाँ बाजी मार्यो, देउवा पक्षले त्यहाँ पल्टायो जस्ता विषयमा मजाक मानीमानी बहस गरेका थिए । तर, कांग्रेसको िवरासत थाम्न तयारी अवस्थामा रहेका दुई नेताहरुले शोकको घडीसम्म कुर्न धैर्यता देखाएनन् । बिहीबार दुवै नेताले पत्रकार भेटघाटको आयोजना गर्दै आफू सभापतिमा अघि बढेको प्रष्टै बताइदिए । तर, शोकको लाजले कार्यक्रमलाई अनौपचारिक भन्न दुवैले छुटाएनन् । पत्रकारमाझ उपस्थित हुँदा उनीहरुमा कोइरालाको शोकभन्दा शक्ति हत्याउने सोच बढी रहेको बुझ्न गाह्रो हुदैनथ्यो । आफू निकटका नेतालाई दायाबाया राखेर दुवैले अब नरोकिने बरु एकअर्कालाई एडजस्ट गर्ने योजना सगर्व सुनाए । नीतिगत भन्दा नेतागत तयारी र महाधिवेशन होइन, महाचुनावको शैलीमा उनीहरु प्रस्तुत भएका थिए । रामचन्द्र पौडेलले त महाचुनावकै संज्ञा दिए । नीतिसँगै नेता पनि छनोट हुने पार्टी मेलामा नेताले ज्यादा प्राममिकता पाएकोमा भने उनले दुखेसो व्यक्त गरे । तर, पौडेल अघि पत्रकार भेटघाट गरेका देउवाले नीतिभन्दा बढी नेतामा जोड दिएका थिए । सधैं कोइरालाहरुलाई काँध थापेको, सहयोग गरेको भए पनि कोइराला थर नभएकै कारण आफूलाई हेपिएको, पेलिएको गुनासो गरे । उपस्थित संचारकर्मीसमेत सभापति कोइरालाको शोक नसकिंदासम्म यी नेताद्धयवले गरेको तयारी र घोषणालाई शोकभन्दा शक्तिको इच्छाको रुपमा चर्चा गरिरहेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending