Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

गाईपालनबाट मासिक रु एक लाख आम्दानी

\"Capture\"धनकुटा । धनकुटा परेवादिनका किसान भरत गुरुङको दिनचर्या आजभोलि फेरिएको छ । सधैं चियापसलमा र साथीभाईसँग दिनबिताउने गुरुङको दिनचर्या आजभोलि गाईको स्याहारसुसार मै बित्ने गरेको छ । उन्नतजातको गाई पाल्न सुरु गरेपछि अहिले गुरुङको जिवनस्तरमा समेत परिवर्तन आएको छ । व्यावसायिक रुपमा गाई पाल्न सुरु गरेका गुरुङको फार्ममा उन्नतजातका करिब दुई दर्जन गाई रहेका छन । उनले करिब तीन वर्ष अघिदेखि कामधेनु दुग्ध उत्पादक कृषि सहकारी संस्था लिमिटेडबाट ऋण लिएर व्यावसायिक गाईपालन सुरु गरेका थिए । हाल उनको गाई फार्ममा करिब ५० लाख लगानी गरिसकेका छन् । यस व्यवसायबाट मासिक एक लाख रुपैयाँ आम्दानी भइरहेको गुरुङले बताए । उनको फार्मबाट दैनिक एक सय दश लिटर दुधउत्पादन हुन्छ । उत्पादित दुध उनले स्थानीय ताङ्खुवा गाविसको जोरपाटी बजारमा रहेको कामधेनु संस्थाको चिस्यान केन्द्रमा बिक्री गर्दै आएका छन् ।\"farm\" गुरुङले आफनै लगानीमा दुग्ध ढुवानी गर्ने एउटा ट्याङकर र घास ल्याउन एउटा टयाक्टर खरिद गरेका छन । घरमै चिलिङ भ्याट मेसिन राखेका छन । गुरुङले  उन्नतजातका बाच्छाबाच्छी बिक्रीबाट पनि राम्रो आम्दानी गरिरहेका छन् । उनको व्यवसायमा श्रीमतीले सघाउदैँ आएकी छन भने मासिक दशहजारका दरले पारिश्रमिक दिएर दुईजना कामगर्ने मजदुर पनि राखेका छन् । उनको व्यवसाय देखेर परेवादिनका स्थानीय समेत गाईपालनमा आकर्षित भएका छन् । पशुपालनमा प्रशस्तै आम्दानी हुन थालेको र स्थानीयस्तरमै दुध संकलन केन्द्र खुलेकाले पनि यसतर्फ कृषकको चासो बढेको गुरुङले बताए । एनपिआर  हरियो घाँस र अम्लीसो तथा डाले घास प्रचुर मात्रा मा पाईने यस क्षेत्रमा उनि सहित लोकेन्द्र काफ्ले, मेघेन्द्र गुरुङ, इन्द्र बहादुर खडका लगाएतका स्थानीय कृषकले व्यावसायिक रुपमा गाई पालन गरी राम्रो आम्दानी लिन सफलभएका छन । गरुङले आधुनिक नयाँ गोठ  निर्माण सुरु गरेका छन उक्त्तगोठको  ३२ वटा गाई अटाउने क्षमता भएको गुरुङले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies