Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कांग्रेस जिल्ला सभापतिमा संस्थापनको दबदबा, देउवा पक्ष निक्कै पछि (काे कहाँ सूचीसहित)

\"Deuba-Paudel\"काठमाडौं । ५१ जिल्लाबाट सभापति चुनिंदा कांग्रेसमा संस्थापन पक्षको वर्चस्व देखिएको छ । १२ औं महाधिवशेनमा ७५ मध्ये ३८ जिल्ला सभापतिमा जित हारेको देउवा पक्ष यसपटक भने पछाडि परेको छ । ५१ जिल्लाको अधिवेशन टुंगिएर नतिजा आउँदा संस्थापनले ३३ जिल्लामा जित्दा देउवा पक्षले १६ वटा जिल्लामा मात्र जितेको छ । दुई जिल्ला कुनै पनि समूहमा खुलेका छैनन । तल्लो तहबाटै आएका प्रतिनिधिले जिल्लासम्मकै नेतृत्व चयन गर्ने भएपछि कांग्रेसमा महाधिवेशनमा पनि संस्थापन पक्ष नै हावी हुने चर्चा चल्न थालेको छ । अघिल्लोपटकभन्दा पनि देउवा पक्ष जिल्लामा खस्किएपछि यस्तो आँकलन भएको हो । यद्यपी देउवा पक्षले आफूहरु कमजोर नभएको बताइरहेको छ । अब प्रदेश २ का    ८ सप्तरी, महाेत्तरी, धनुषा, सिरहा, सर्लाही, राैतहट, बारा र पर्सासहित, दाङ, भक्तपुर, सिन्धुपाल्चाेकसहितका जिल्लाकाे नतिजा अाउन  बाँकी छ । ‘जिल्लाको नेतृत्वले महाधिवेशनमा प्रभावित गर्ने होइन’ देउवा निकटका एक नेता भन्छन्, ‘महाधिवेशनमा प्रभावित पार्ने क्षेत्रीय अधिवेशनले हो । यसमा हाम्रो राम्रो छ ।’ २४० वटै निर्वाचन क्षेत्र प्रत्येकबाट १२ जनाका दरले महाधिवेशन प्रतिनिधि आउँछन् । उनीहरुसहित निवर्तमान, कार्यसमिति, भातृ शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिबाट गरी कूल ३१८१ प्रतिनिधिले कांग्रेसको महाचुनावमा भाग लिनेछन् । अहिलेसम्म अर्को पक्षबाट नेता शेरबहादुर देउवा सभापतिको उम्मेदवारमा खडा भएका छन् । तर, संस्थापनबाट को उम्मेदवार बन्ने भन्ने टुंगो लागेको छैन । संस्थापनमा कार्यवाहक सभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाले सभापतिमा दावेदारी गर्दै आएका छन् । सभापति सुशील कोइरालाको निधनको १३ औं दिन सकिएपछि १० फागुनपछि उम्मेवदारी घोषणा गर्ने तयारी संस्थापन पक्षको छ । यद्यपी देउवा र पौडेलले महाधिवेशन केन्द्रित प्रचारलाई भने तीव्रता दिएका छन् । संस्थापन पक्ष ३३ जिल्ला झापाः उद्धव थापा निर्विरोध सुनसरीः राजीव कोइराला निर्वाचित भोजपुरः नन्द्रमणी राई निर्वाचित काभ्रेः मधु आचार्य पाल्पाः वीरबहादुर राना निर्विरोध बैतडीः नरेन्द्रसिंह थापा निर्विरोध सुर्खेतः कमलराज रेग्मी निर्वाचित धादिङः रमेश धमला निर्वाचित खोटाङः नरेशकुमार श्रेष्ठ निर्वाचित                                                                                                                                  कास्कीः कृष्णबहादुर केसी मुस्ताङः याग्जी विष्ट गोरखाः हरि घले सिन्धुलीः उज्जव बराल उदयपुरः विदुर बस्नेत नुवाकोटः जगदिश्वरनरसिंह केसी काठमाडौंः सबुज बानिया कपिलवस्तुः सुरेन्द्र आचार्य मुगु खड्गबहादुर शाही चितवनः जीतनारायण श्रेष्ठ रोल्पाः अमरसिंह पुन पाँचथरः नरेन्द्र केरुङ कालिकोटः हर्षबहादुर बम रुकुमः प्रेमप्रकाश ओली ताप्लेजुङः लिला बोखिम तेह्रथुमः गोविन्द ढुंगाना पर्वतः खिमप्रसाद भूसाल बर्दियाः संजय गौतम तनहुँः बैकुण्ठ न्यौपाने इलामः हिमाल कर्माचार्य बाँकेः किरण कोइराला सल्यानः गणेश चन्द जुम्ला दिपबहादुर शाही लम्जुङः भेषबहादुर पौडेल देउवा पक्षमा १६ जिल्ला मोरङः डिकबहादुर लिम्बु डढेलदुराः कर्ण मल्ल मनाङ टेकबहादुर गुरुङ मकवानपुरः इन्द्रबहादुर बानियाँ स्याङजाः कमल पंगेनी रुपन्देहीः अब्दुल रज्जाक ओखलढुंगाः प्रदिप सुनुवार डोटीः प्रदिप देउवा बाजुराः कविराज पण्डित धनकुटाः अग्नीप्रसाद पौडेल जाजरकोटः दिपकजंग शाह हुम्लाः जयपति रोकाय ललितपुरः मदन अमात्य अछामः भरतकुमार स्वाँर बाग्लुगः दिपेन्द्र थापा कैलालीः नरनारायण शाह नखुलेका अर्घाखाँचीः विष्णु मुस्कान निर्विरोध नवलपरासी विष्णु लामिछाने
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending