फाल्गुन २७ गते, २०७१ मगलवार 10th March, 2015 Tue१८:२३:०५ मा प्रकाशित
काठमाडाैं, चोभारस्थित मोडर्न इन्डियन स्कुलका शिक्षक तथा कर्मचारीहरुले स्कुलभित्र भएको विभेद तथा अन्यायका विरुद्ध १२ बुँदे मागहरु प्रस्तुत गर्दै तिनको सम्बोधन नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
स्कुलमा कार्यरत १ सय ७१ कर्मचारी तथा शिक्षकहरुको हस्ताक्षरसहित आन्दोलनको तयारीमा जुटेका शिक्षक–कर्मचारीले स्कुल प्रशासनले ३० वर्ष काम गर्दा पनि उपादान, पेन्सन, स्थायी तथा उनीहरुको दीर्घकालीन जीविकाका सम्बन्धमा नसोचेको आरोप लगाए ।
आन्दोलनका संयोजक अमृतबाबु भट्टले वर्षौसम्म काम गर्दा पनि स्कुल प्रशासनले कुनै पनि पेशागत हकहित सुरक्षा गर्न नचाहेकाले कर्मचारीले कुनै पनि सेवा सुविधा पूर्णरुपमा नपाएको र प्रिन्सिपलले मनपरी तरिकाले प्रशासन सञ्चालन गरेको बताए ।
‘अहिले यहाँ कार्यरत कसैले पनि सुत्केरी बिदा पाउँदैनन्, चाडपर्व खर्च पनि पाउँदैनन्, कर्मचारीले अहिलेसम्म करारमा काम गर्नुपर्छ कसैलाई पनि स्थायी गरिँदैन, नेपालको नियमकानुन मान्दैनौ भन्छन्’ एक कर्मचारीले बताए– ‘नेपालमा रहेर नेपालकै कानुन नमान्ने कस्तो शासन हो स्कुलभित्र ?’ त्यसैगरी एकीकृत शिक्षक संगठनले उक्त आन्दोलनको पक्षमा एक्येबद्धता जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: