लहान । लागू औषध कारोबार मुद्दामा अदालतबाट कैद सजाय पाएर २८ वर्षदेखि फरार रहेका दुई जनालाई साेमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध गाँजा चरेश मुद्दामा सिरहा अदालतबाट दुई वर्ष एघार महिना चौध दिन कैद तथा १० हजार रुपैयाँ जरिवाना सजाय पाएर फरार रहेका सिरहाको दुर्गापुर गाविस–६ निवासी ४५ वर्षीय जोगिया दास र सोही मुद्दामा चार महिना कैद सजाय पाएर फरार रहेका सिरहाको असनपुर–३ निवासी ५३ वर्षीय रामदयाल महतोलाई प्रहरीले पक्राउ गरेको हो । अदालतबाट कैद तथा जरीवाना सजाय भई फरार रहेका अभियुक्तको खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले दुबै जनालाई आफ्नै घरमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । लागूऔषध गाँजाचरेश मुद्दामा सिरहा अदालतले दासलाई २०४४ मङ्सिर २२ गते दुई वर्ष एघार महिना चौध दिन कैद तथा १० हजार रुपैयाँ जरिवाना तोकेको थियो भने महतोलाई २०४५ चैत्र १ गते चार महिनाको कैद सजाय तोकेको थियो । पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत सिरहामा बुझाइने प्रहरी उपरीक्षक ज्ञवालीले बताए । (रासस)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: