Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सबै कर्मचारीले बीमा गर्ने योजना ल्याउन अर्थराज्यमन्त्रीको सुझाव

\"bima\"काठमाडौं । अर्थराज्यमन्त्री दामोदर भण्डारीले सबै सरकारी कर्मचारीहरुले बीमा गर्ने योजना ल्याउन सुझाव दिएका छन् । राष्ट्रिय बीमा संस्थानको ४९ औं वार्षिक उत्सव कार्यक्रमको उदघाटन गर्दै उनले सबै कर्मचारीहरुले बीमा ल्याउने योजना ल्याउन संस्थानलाई सुझाव दिए । ‘संस्थानको तर्फबाट महत्वपूर्ण योजनाहरु ल्याउनुस, लगानीको क्षेत्र बढाउनुस्,’ अर्थराज्यमन्त्री भण्डारीले भने, ‘लगानी गर्न नडराउनुस्, सरकार सहयोग गर्न तयार छ ।’ उनले संस्थानमा रहेर काम गर्न नसक्ने भए पद छाड्न समेत आग्रह गरे । ‘तपाईहरुले सक्नु हुन्न भने छोडिदिनुस् सक्षम मान्छे अरु आउँछ’, उनले भने । लामो इतिहास बोकेको बीमा संस्थानले प्रगति गर्न नसकेकोतर्फ संकेत गर्दै विभागीय मन्त्रीको हैसियतमा राज्यमन्त्री भण्डारीले संस्थाको तर्फबाट उचित योजना ल्याउन निर्देशन दिए । उनले विपन्न वर्गका समुदाय लक्षित योजना ल्याउन पनि संस्थानलाई सुझाव दिए । राज्यमन्त्री भण्डारीले संस्थानलाई परिवर्तन नगर्न सनक्नेले संस्थानको जिम्मेवादीबाट छाड्न पटक पटक आग्रह गरे । उनले ऊर्जाको प्रशस्त स्रोत भएर पनि मुलुकले ऊर्जा संकट ब्यहोर्नु परेको उल्लेख गर्दै यसबारेमा संस्थानले योजना ल्याउन सक्ने बताए । राज्यमन्त्री भण्डारीले सरकार सफल भए मात्रै सबै क्षेत्र सफल हुने भन्दै सरकारको सफलताको लागि सहयोग गर्न पनि सबैलाई आग्रह गरे । १५ कर्मचारीलाई दीर्घसेवा पदकले सम्मान संस्थानको ४९ औं वार्षिक उत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा संस्थानमा २० वर्ष सेवा अवधि पूरा गरेका १५ जना कर्मचारीलाई दीर्घसेवा पदकले सम्मान गरिएको छ । यस्तै, संस्थानलाई बढी ब्यवसाय उपलब्ध गराउने १० जनालाई पनि पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा १ सय ४७ वटा प्रत्यक्ष ब्यवसायबाट १६ लाख ५ हजार १९ रुपैयाँ बीमाशुल्क बुझाउन सक्षम भएको भन्दै कान्छा थापालाई पनि संस्थानले सम्मान गरेको छ । मनकुमारीलाई कार उपहार राष्ट्रिय बीमा संस्थानले अभिकर्ता मनकुमारी निरौला रेग्मी संस्थानमा बढी बीमा शुल्क उपलब्ध गराएको भन्दै कार उपहार दिएको छ । गत वर्ष संस्थानमा १ करोड ५० लाख भन्दा बढी बीमा शुल्क उपलब्ध गराएको भन्दै १८ लाख मूल्य बराबरको कार उपहार प्रदा गरिएको थियो । अर्थ राज्यमन्त्री भण्डारीले मनकुमारीलाई कारको साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल, राजश्व कार्यालयका सचिव राजन खनाल, बीमा समितिका अध्यक्ष प्रा.डा.फत्तबहादुर केसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending