Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

प्रधानमन्त्री ओलीले गुजरातमा झनै बढी सम्मान पाए (फोटोफिचर)

  \"kpगुजरात । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजकीय भ्रमणको पाँचौं दिन आज गुजरात प्रान्तको भुजस्थित भीमासागर क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण र नयाँ बस्ती विकास क्षेत्रको अवलोकन गरेका छन् । दुई वर्षअघि र सन् २००१ मा सो क्षेत्रमा गएका भूकम्पबाट भएको क्षति र पुनःनिर्माणको जानकारी लिन प्रधानमन्त्री आज गुजरात पुगेका हुन । प्रधानमन्त्रीका साथ भ्रमण दलका अन्य सदस्य पनि सहभागी थिए । प्रधानमन्त्री ओलीसमक्ष सो प्रदेशका गभर्नर ओपी कोह्लीलगायतले पुनःनिर्माण कार्यक्रमबारे अवगत गराएका थिए । \"oli-gujrat-2\"सो क्षेत्रमा विपद् व्यवस्थापन समिति र पुनःनिर्माण प्राधिकरणले गरेका कार्यबाट विगतको भन्दा राम्रो विकास निर्माण भएको पाइएको छ । स्थानीय अधिकारीका अनुसार नयाँ जग्गा वितरण गरी बस्ती निर्माण, उद्योग कलकारखानाको निर्माण, वैदेशिक सहयोग परिचालन, शिक्षालय, स्वास्थ्य केन्द्र, भूकम्पमापन केन्द्र, पुस्तकालय आदिको निर्माण गरिएको छ । नेपालमा पनि गत वैशाख १२ मा भूकम्प गएपछि पुनःनिर्माणको क्रम चलिरहेका बेला सरकारका विभिन्न मन्त्री, सांसद्, मुख्य सचिव, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसहितको टोली सो क्षेत्रमा पुगेको हो । प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले भुजको पुनःनिर्माण तुलनात्मकरुपमा चाँडो भएको पाइएबाट नेपालले पनि पाठ सिक्न सक्ने बताए । सन् २००१ मा भुजको कुच जिल्लामा ७।९ म्याग्निच्युडको भूकम्पबाट १८ हजार छ सय मानिसको मृत्यु भएको थियो । यसअघि, प्रधानमन्त्री ओलीलाई भुज विमानस्थलदेखि स्थानीय रिजेन्ता रिसोर्टसम्म पंक्तिबद्ध राजनीतिक कार्यकर्ता, जनता र विद्यार्थीद्वारा विभिन्न झाँकी, नृत्य, खादा र पुष्पाहारबाट भव्य स्वागत गरिएको थियो । गुजरात प्रस्थान गर्नुअघि ओलीलाई भारतीय आयुष राज्यमन्त्री श्रीपद् यश्व नायकले नयाँ दिल्लीको सैनिक विमानस्थलमा विदाई गर्नुभएको थियो । प्रधानमन्त्री ओली आजै साँझ भारतको मुम्बई सहर पुग्ने कार्यक्रम रहेको छ । \"Rss_Images_1456219352506_PS-Newdelhi-welcomein \"Rss_Images_1456220653036_PS-Newdelhi-welcomein \"Rss_Images_1456220958218_PS-Newdelhi-welcomein \"oli-gujrat-5\" \"oli-gujrat-3\" \"oli-gujrat-4\" photo: Gopal khanal
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies