Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

तपाई सधै सफल हुन चाहानुहुन्छ ? पढ्नुहोस् सफलताका १० सुत्रहरु

\"Safalata\"काठमाडाैं । तपाई आफूलाई सधै सफलता मिलोस् भन्ने चाहानुहुन्छ ? त्यसकालागि तपाईले केहि बिशेष उपाय अपनाउनु जरुरी छ । तपाइले सफलता प्राप्त गर्नकालागि निम्न १० वटा सुत्रहरुलाई आफ्नो व्यबहारमा लागु गर्नुभयो भने अवश्य तपाइले सफलता हात पार्नुहुने छ ।

१.खतरा सँग नडराउनुहोस: यदी तापाई आफ्नो काममा सफलता चाहानुहुन्छ भने अलीकती खतरा मोल्नु आवश्यक हुन्छ। कुनै काम गर्न मन लागेको छ भने त्यो गरिहाल्नुहोस र त्यसमा दत्त चित्त भएर लाग्नुहोस जसले तपाई लाई राम्रो परिणाम दिने सम्भावना धेरै हुन्छ। तर खतरा मोल्ने भन्दैमा यती सम्म नपुग्नुहोसकि जहाँ बाट तपाई बाहिर आउन सम्भवै छैन वा धेरै मुस्किल छ।

२.सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस: “उद्येश्य के लिनु उडी छुनु चन्द्र एक” भने झैं सधै उचाईमा पुग्ने आकांक्षा राख्नुहोस र सकेसम्म आफुलाई उचाईमा पुर्याउने कोसिस गर्नुहोस साथै आफ्नो चाहना अनुरुपको र त्यही स्तरको काम गर्दै जानुहोस।

३ .खुसी रहने कोसिस गर्नुहोस: आफुले चाहेको चिज नपाएमा पनी आफुलाई दुखी वा केही गर्न नसक्ने मानिसको रुपमा कहिल्यै नउभ्याउनुहोस। आफुले गरेको मेहनत र पाएको फलमा सधै सन्तुष्ट हुन सिक्नुहोस तर आफ्नो काम नियमित गर्न नछोड्नुहोस।

४.लक्ष निर्धारण गर्नुहोस: म के गर्दै छु र के गर्न चाहान्छु भन्ने कुरामा तपाई सधै स्पष्ट हुनुहोस। आफुले गर्न लागेको काम कसरी गर्नु पर्छ, कति समय लाग्छ आदि कुराको स्पष्ट जानकारी र विवरण तयार पारेर मात्र काम शुरु गर्नुहोस।

५.आफ्नो लक्षमा दृढ रहनुहोस: आफुले के गर्न चाहेको हो त्यो कुरामा आफु बलियो रुपमा प्रस्तुत भएमा मात्र कुनै पनि काम सम्पन्न हुन्छ। त्यसैले जे गर्न चाहानुभएको छ त्यो कुरामा अडिग रहनु होस र जे जस्तो दुख आईपरे पनी त्यसलाई सम्पन्न गर्न सक्छु भन्ने मानसिकता बनाउनुहोस। ६.स्वास्थ्यप्रति ध्यान दिनुहोस: जब हाम्रो शरिर स्वस्थ छ त्यो बेला मात्र हामी काम गर्न सक्छौं त्यसैले सबै भन्दा पहिले आफ्नो शरिर र स्वास्थ्य प्रति विषेश ध्यान दिनुहोस जसको लागी नियमित व्यायाम गर्नुहोस।

७.केही कुरा पनि सिक्न पछि नपर्नुहोस: आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज र नमान्नुहोस। जति आफुमा त्यो काम प्रति ज्ञान बढेर जान्छ त्यति नै काम गर्न र लक्ष्य पाउन सहज हुन्छ। त्यसैले आफुलाई जहिले पनि ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नु होस।

८.एकताबद्द हुन सिक्नुहोस: कुनै कामहरु यस्ता पनि हुन्छन जो एक्लै गर्दा भन्दा साथी वा परिवार सँग मिलेर सफलता पूर्वक सम्पन्न गर्न सकिन्छ। त्यसैले जहिले पनि एकतामा विश्वास गर्नुहोस। एकताको बल सधै बलियो हुन्छ।

९.आराम गर्नु होस: सधै काममा मात्र ध्यान नदिनुहोस कहिले काहिँ आराम वा मनोरञ्जनात्मक चिजहरुमा पनि आफ्नो उपस्थिती जनाउनुहोस जसले गदा तपाईको माष्तिष्कमा बोझ नपरोस र तपाई सधै आफुलाई फुर्तिलो महसुस गर्नसक्नुहोस।

१०. असम्भव केही पनी छैन: संसारमा असम्भव भन्ने केही छैन र मैले गर्न लागेको काम असम्भव अवश्य छैन भन्ने विचार मनमा राख्नु होस। तपाई आफ्नो काममा मन लगाएर र आफ्नो पुरा शक्ति लगाएर गर्नु भएमा जस्तो सुकै काम पनी पुरा गर्न सक्नुहुन्छ। अरुलाई असम्भव लागेका कुराहरु तपाईले पनी तपाईले गर्न सक्नुहुन्छ।

श्रोत – डाक्टर भगवान कोइरालाको फेसबुकबाट ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: