Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

अझै पाएनन् भुकम्प पीडितले न्यानोे कपडाको रकम

\"vukampa-pidit\"सिन्धुपाल्चोक । जाडो छल्न भन्दै सरकारले भूकम्प पीडितलाई दिने भनेको प्रतिपरिवार १० हजार रुपैयाँ गर्मी लाग्दासमेत पाएका छैनन् । सरकारले दिने भनेको रकम जिल्लामा अझै १० हजार परिवारले नपाएको पीडितले बताएका छन् ।  गर्मी, वर्षा, जाडो हँुदै फेरि गर्मीयाम सुरु भए पनि सरकारले घोषणा गरेको राहत अहिलेसम्म सबै पीडितले पाउन सकेका छैनन् । मेलम्ची नगरपालिका अन्तर्गत १०, ११, १४ र १५ वडाका भूकम्पपीडितले अहिलेसम्म न्यानो खरिदको १० हजार पाउन सकेका छैनन् । साविकको ज्यामिरे र फटकशीला गाविसका २ हजार ६ सय ८५ भूकम्पपीडितलाई १० हजार रुपैयाँ दिन नसकिएको मेलम्ची नगरपालिकाका कार्यकारी अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए । उनले भने –‘सरकारले पर्याप्त रकम निकाशा नगरेपछि सबै भूकम्प पीडितलाई रकम वितरण गर्न समस्या भएको दुलालले बताए ।’ अपुग रकम निकाशाका लागि पत्र पठाए पनि अहिलेसम्म रकम निकासा नभएको दुलालले जानकारी दिए । मेलम्ची नगरपालिकामा मात्रै होइन न्यानो खरिदका लागि सरकारले दिने भनेको १० हजार जिल्लाका प्रायः सबै गाविसमा अपुग पठाएको पाइएको छ । प्रहरी तथ्यांकमा भूकम्पमा परी सिन्धुपाल्चोकबाट ३ हजार ५ सय ७५ जनाको मृत्यु भएको थियो । तर, जिल्ला दैवीप्रकोप उद्धार समितिबाट अहिलेसम्म ३ हजार ५ सय १० जनाले किरिया खर्चबापत ४० हजार रुपैयाँ मात्रै बुझेका छन् । त्यस्तै २ हजार ८ सय ५० मृतक परिवारका आफन्तले मात्रै १ लाख रुपैयाँ पाएका छन् । अस्थायी टहरा निर्माणका लागि सरकारले घोषणा गरेको १५ हजार रुपैयाँ समेत अझै धेरै परिवारले पाएका छैनन् । भूकम्पलगत्ततै गाउँमा गएको प्राविधिक टोलीले तथ्यांक संकलन गर्दा जिल्लाभर ८९ हजार घरपरिवार भएको तथ्यांक सार्वजनिक भएको थियो । ८७ हजार मध्ये १५ हजार पनि ८२ हजार ७ सय १५ लाई १५ हजार रुपैयाँ वितरण गरिएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जानकारी दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending