Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मैना सुनुवार हत्याकाण्डको मुद्दा फेरि ब्युँतियो

 \"mainaबनेपा । द्वन्द्वकालमा किशोरी हत्याको आरोप लागेका नेपाली सेनाका चारजनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले अदालतमा हाजिर नभएको भन्दै दुई वर्षअघि ‘मुलतबी’मा राखिएको मुद्दा ब्युँतिएको छ । पीडित पक्षले दोषीमाथि कारबाही नभएको उल्लेख गर्दै पुनः निवेदन दिएकाले यो मुद्दा मुलतबीमा राखिएको हो जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले बताए। उनले मुद्दाको टुङ्गो नलागुन्जेल प्रक्रिया अघि बढ्ने समेत जानकारी दिनुभयो । सशस्त्र द्वन्द्वका क्रममा नेपाली सेनाले चरम यातना दिई हत्या गरिएकी काभ्रेपलाञ्चोकको खरेलथोक गाविसकी १५ वर्षीया मैना सुनारको मुद्दा अदालतले २०७० साल असोज पहिलो साता मुद्दाका प्रतिवादी हाजिर नभएको कारण देखाउँदै तत्कालीन जिल्ला न्यायाधीश ईश्वरराज आचार्यको इजलासले २ वर्षका लागि मुलतबीमा राखेको थियो । तर न्यायाधीश अनवी मैनाली भट्टराईको इजलासले गत पुस २८ गते मुलतबीको म्याद सकिएको चार महिनापछि मुद्दा ब्युँताएका हुन्। आरोपी सैनिक अधिकारी पटकपटक उपस्थित हुन पत्राचार तथा ‘वारेन्ट’जारी गरे पनि अदालतमा हाजिर नभएपछि उनीहरुको अंश २ वर्षका लागि रोक्का राख्न आदेश दिएर मुद्दा मुलतबीमा राखिएको जिल्ला सरकारी वकिल गोविन्द उपाध्यायले जानकारी दिए। उनले भने, “प्रतिवेदनमा आरोपी फरारको सूचीमै छन्, अब अदालतले एकपक्षीय रुपमै मुद्दा अघि बढाउँछ ।” उनका अनुसार दुई वर्षसम्म दोषी आफैं अदातलमा उपस्थित भएमा वा प्रहरीले पक्राउ गरी अदालतमा हाजिर गराएमा मुद्दा पुनः सुरु हुन्छ । खरेलथोक गाविस–६ भगवती मावि कक्षा ९ मा अध्ययनरत मैनालाई २०६० साल फागुन ५ गते सेनाले घरबाटै पक्राउ गरी पाँचखालस्थित तत्कालीन वीरेन्द्र सैनिक शान्ति तालिम केन्द्रमा चर्को यातना दिई हत्या गरेको थियो । उनकी आमा देवी सुनुवारले २०६४ साल माघ १७ गते कर्तव्य ज्यान मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १८ अन्तर्गत जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काभ्रेपलाञ्चोकमा चारजना सैनिक अधिकारीविरुद्ध अभियोगपत्र दर्ता गराउनुभएको थियो । देवीले केन्द्रमा कार्यरत महासेनानी बबी खत्री तथा सहसेनानी सुनिलप्रसाद अधिकारी, अमित पुन र निरञ्जन बस्नेतविरुद्ध अभियोगपत्रसँगै १३३ वटा सबुतप्रमाण संलग्न गर्नुभएको थियो । मैना स्कुल जाँदै गर्दा १५ जनाको समूहमा रहेका सुरक्षाकर्मीले ‘विद्रोही माओवादी’ भएको कारण देखाउँदै अपहरणको शैलीमा केन्द्रमा ल्याई स्तनमा करेन्ट लगाएर चरम यातना दिई हत्या गरेको र गोप्यरुपमा तालिम केन्द्रकै घेराभित्र जङ्गलमा गाडेको नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार सङ्घसंस्थाको दबाबपछि नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रममा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयोग र राष्ट्रिय मानवअधिकार आयोगको प्राविधिक सहयोगमा मैनाको शव २०६३ चैत ९ गते उत्खनन गर्दा कङ्काल फेला परेको थियो । मैनाको शव उत्खननपछि भारतमा डिएनए परीक्षण भएको थियो । ‘सोधपुछको वैकल्पिक उपाय हुँदाहुँदै’ किशोरी मैनालाई चरम यातना दिएर हत्या गरेको तत्कालीन उपरथी किरणशम्शेर जबराको नेतृत्वको सैनिक अदालतकै ‘कोर्ट अफ इन्क्वायरी बोर्ड’ले समेत निष्कर्ष निकालेको थियो । नेपाली सेनाले हत्या अभियोग लागेकालाई सेवाबाट बर्खास्त गर्दै अदालतको पत्राचारपछि प्रहरीलाई बुझाउनुपर्ने प्रावधान छ । हत्याको नियत नदेखिए पनि अनुसन्धान र मृत्युपछिको ‘प्रकृति र प्रक्रिया’ गलत भएको ठहर गर्दै सैनिक अदालतले महासेनानी खत्री, सहसेनानीद्वय अधिकारी र पुनलाई दोषी ठहर गरी २०६२ भदौ २३ गते ६ महिना कैद सजाय दिएको उल्लेख ग¥यो । सैनिक अदालतले महासेनानी खत्रीलाई दुई वर्ष तथा सहसेनानी अधिकारी र पुनलाई एक÷एक वर्ष बढुवा रोक्का गरेको जनाएको थियो । अदालतले काठमाडौँ–३३ ज्ञानेश्वर घर भएका महासेनानी खत्रीको ललितपुर लेले गाविस–९ स्थित दुई रोपनी १४ आनामध्ये उनको भागमा पर्न आउने नौ आना जग्गा ०६७ साल फागुन १६ गते रोक्का, सहसेनानी अधिकारीको काठमाडाँै–३ बाँसघारीको दुई पैसा एक दाम जग्गा २०६७ चैत १५ गते रोक्का, रुपन्देही जिल्ला आनन्दवन गाविस–३ घर भएका सहसेनानी अमित पुनको परिवार त्यहाँबाट वर्षौं पहिल्य बसाइँसराइ भएको भन्दै प्रहरीबाट सर्जमिन मुचुल्का भएको थियो । दोलखा जिल्ला मकैबारी गाविस–९ घर भई सेनानी बस्नेतको परिवार पनि २० वर्ष पहिल्यै बसाइँसराइ भएको भनी २०७० वैशाख १६ गते सर्जमिन गरिएको छ । महासेनानी खत्रीले भने २०६६ जेठ १३ गते अवकाश पाइसकेका छन् भने सहसेनानीद्वय अधिकारीलाई २०६३ कात्तिक २० र पुनको सोही वर्ष वैशाख १५ गते सेवाबाट राजीनामा गरी अमेरिका गएका थिए । (रासस)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending