Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

काँग्रेसमा पदाधिकारी सङ्ख्या बढाउने विषयमा मतमतान्तर

\"Nepali-congress-750\" काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशनको समय नजिकिँदै गर्दा केन्द्रीय नेताहरुबीचमा पदाधिकारीको सङ्ख्या बढाउने विषयमा मतमतान्तर बढ्दै गएको छ ।

काँग्रेसको संस्थापन पक्षका केही नेता पदाधिकारी सङ्ख्या बढाउनुपर्छ भन्ने पक्षमा देखिएका छन् भने संस्थापन पक्षकै केही र देउवा पक्षका सबै नेता पदाधिकारीको सङ्ख्या बढाउन आवश्यक नभएको दाबी गर्दछन् ।

देउवा पक्षीय नेता मानिने काँग्रेस विधान मस्यौदा समितिका सदस्य बालकृष्ण खाँड काँग्रेसको विधानमा उल्लेख भएअनुसारकै पदमा पनि अहिले पदपूर्ति हुन नसकिरहेका बेला अरु पदाधिकारी थप्नु आवश्यक नरहेको तर्क गरे।

उनले पदाधिकारी थप्ने विषयमा मस्यौदा समितिमा कुरा उठेको भए पनि भएकै पदाधिकारीलाई कार्यविभाजन गरी पार्टी साङ्गठनिक ढाँचामा वृद्धि गर्नुपर्ने बताए।

उनले भने “तत्कालका लागि काँग्रेसका पदाधिकारीले काम पाएनौँ भनिरहेका बेलामा गन्तीका लागि पद थप्नुभन्दा पनि मुलुकको आवश्यकताअनुुसार निर्णय गर्नुपर्छ ।”

काँग्रेसका अर्का केन्द्रीय सदस्य गगन थापा भने विधान परिवर्तन नै गर्न नहुने भन्ने कुरा राजनीतिक तर्क नहुने धारणा राख्छन् ।

“सङ्घीय संरचनालाई अवलम्बन गर्न विधान संशोधन त आवश्यक छ, तर नेतालाई मिलाउनका लागि मात्रै पदाधिकारी बढाउनु भने उचित होइन ” उनले भने ।

उनले संविधान परिवर्तन आपत्ति नहुने तर नेपाली काँग्रेसको विधान संशोधन गर्दा चाहिँ पार्टी बर्बाद हुन्छ भन्ने सोच्चु उचित नभएको बताए ।

नेपाल तरुण दलकी महिला विभाग प्रमुख सरस्वती तिवारीको भनाइ पनि उस्तै छ । केन्द्रीय कार्यसमितिको पदाधिकारी बढाएर मात्रै पार्टी सुदृढ नहुने भएकाले पदाधिकारी होइन सङ्गठन बढाउनेतर्फ लाग्नुपर्ने तिवारीको धारणा छ ।

उनले पदाधिकारी सङ्ख्या बढाउँदा गाउँ वडा तहदेखि नै सुरुवात गर्नुपर्ने कुरामा जोड दिइन। उनले केन्द्र पदाधिकारी बढाउनु केही हदसम्म आवश्यकता भए पनि पार्टीको साङ्गठनिक विस्तारभन्दा ठूलो नभएको उल्लेख गरिन् ।

नेपाल महिला सङ्घकी अध्यक्ष डिला सङ्ग्रौला भने पदाधिकारी सङ्ख्या बढाउँदा महिलाको सङ्ख्या पनि बढाउनुपर्नेमा जोड दिइन् ।

स्थानीयस्तरका अधिवेशन सकिएपछि विधान संशोधनको कुरा आउनुलाई तरुण दलका अध्यक्ष उदयशमसेर राणाले खेलको नियम विपरीत भएको तर्क गर्छन् ।

उनले महासमिति बैठक, केन्द्रीय समिति बैठकमा छलफल गरी गर्नुपर्ने उनको धारणा छ । उनले भने, “अहिले जिल्ला, क्षेत्रको अधिवेशन सकिसकेको अवस्थामा अहिले आएर पदाधिकारी सङख्या बढाउनु उपयुक्त हँुदैन तर १४ औँ महाधिवेशनमा भने व्यापक छलफल गरी बढाउन सकिन्छ, अहिलेलाई पदाधिकारी सङ्ख्या बढाउन आवश्यक छैन ।”

काँग्रेसको संस्थापन पक्षका नेतालाई व्यवस्थापन गर्न भन्दै पदाधिकारीको सङ्ख्या बढाउने प्रस्तावलाई देउवा पक्षले पूरै अस्वीकार गरेको छ ।

पदाधिकारीको सङ्ख्या बढाउने वा नबढाउने भन्ने विषयमा केन्द्रीय समितिमा विवाद भएमा यसलाई स्थगित गर्नुपर्ने धेरै नेताको भनाइ रहेकाले अहिलेलाई पदाधिकारी बढाउने सम्भावना कम देखिन्छ । रासस

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending