Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

पक्राउ परेका म्यानपावरलाई मुद्दा चलाउने तयारी (को–को पक्राउ परे, को को छाडिए ?)

\"jail\"काठमाडौं । गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा पठाएको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेका राजधानीका ११ वटा म्यानपावर सञ्चालक मध्ये चार जनालाई छाडिएको छ । गैरकानूनी तवरले विदेश पठाइ अलपत्र पारी संगठित रुपमा ठगी गरेको आरोपमा प्रहरीले बुधबार १८ वटा म्यानपावरमा छापा पारी एक दर्जन बढीलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये चार जनालाई भने प्रहरीले वैदेशिक रोजगार विभागको जिम्मा लगाएको छ । पक्राउ परेका लाइफ लाइन ओभरसिजका यामबहादुर बुढाथोकी, साना इन्टर नेशनलका मोहमद मुस्ताक, अल सेक्यूर म्यानपावरका दीपकुमार श्रेष्ठ, शिखर इन्टर नेशनलका अनुपराज प्रधानलाई प्रहरीले वैदेशिक रोजगार विभागको जिम्मा लगाएको हो । बैदेशिक रोजगारमा पठाउदा निःशुल्क भिसा र टिकटमा अधिकतम १० हजार भन्दा बढि रकम लिन नपाउने सरकारको निर्णय लागू नगरी मनपरी ठगी गरेको, कामदारहरुलाई तोकिएको संझौताअनुसारको काममा नपठाइएको, श्रम शोषण गरी मानव बेचविखन समेत गरेको, भिजिट भिसामा कामदार पठाई विदेशमा अलपत्र पार्ने र नक्कली कागजातहरुसमेत बनाई विदेश पठाउने गरेको पीडितको जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरेका ब्यवसायीहरुलाई प्रहरीले थप अनुसन्धान लागि भन्दै विहीबार महानगरीय परिसर काठमाडौ र ललितपुर पठाइएको छ । महानगरीय परिसर काठमाडौंमा पठाइएकामा भेरी कर्णली ईन्टरनेश्नलकी कल्पना रावत, द रिभर ओभरसिजका रघुनाथ पुरी, काबेली ह्यूमन रिसोर्सका नवराज चौलागाईँ, मोबिरा ओभरसिजका अनिल राई, गोरखा नेपाल प्लेसमेन्टका दिनेश श्रेष्ठ, नेपाल रिक्रुटिङ सर्भिसेजका शोभा कार्की रहेका छन् । यस्तै, इनोभेटिम ह्युमन रिसोर्सका युवराज राई र कञ्चन राई गुरुङलाई ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ । विहीबार नै अदालत लगिएका उनीहरुलाई थप १० दिन म्याद थप गरिएको छ । यता, प्रहरीले म्यानपावर कार्यालयमा छापा मारेको विरोधमा वैदेशिक रोजगार ब्यवसायी संघको विहीबार बसेको आकस्मिक भेलाले फागुन २२ गतेदेखि अनिश्चितकालिन सेवा ठप्प पार्ने निर्णय गरेको छ । यो पनि पढ्नुस म्यानपावर ब्यवसायी फेरि आन्दोलनमा,भिसा प्राप्त गरेकाबाहेक सबैको काम रोक्ने निर्णय
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending