फाल्गुन १५ गते, २०७२ शनिवार 27th February, 2016 Sat१३:२८:०३ मा प्रकाशित
जाजरकोट । जाजरकोट खण्डमा मध्य पहाडी लोकमार्ग निर्माणको काम अलपत्र परेको छ । निर्माणको जिम्मा लिएका ठेकेदारको चरम लापरबाहिले समयमा काम नगर्दा सडक निर्माण कार्य अलपत्र परेको हो ।
जाजरकोटको कुदु देखि दैलेख जिल्लाको सुयडासम्मको १९ किलोमिटर सडक निर्माणको काम अलपत्र भएको छ । दुई वर्ष भित्र यातायात सन्चालन गर्ने गरी काम अगाडी बढाएको पश्चिम लोकमार्ग आयोजना ठेकेदारका कारण पाँच वर्ष देखि अलपत्र परेको हो ।
जिल्लाको कुदु देखि दैलेखको सुयाडासम्मको ८२ किलोमिटर सडकको ट्रयाक खोल्ने काम विभिन्न ठाउमा अलपत्र छ भने र स्तर उन्नतिको काम भने अगाडी बढ्न सकेको छैन । २० किलोमिटर वढी सडक निर्माणको जिम्मा लिएका तिनवटा निर्माण कम्पनीले सम्झौता अनुसारको काम ५ वर्ष देखि नगरेका कारण सडक निर्माणको कार्य अलपत्र परेको आयोजना कार्यालय तुल्सीपुर दाङ्गले जनाएको छ ।
आयोजनाको जगतिपुरको कुदु देखि दसेरा र झाप्रा गाविसको सीमानामा पर्ने थलह वजार सम्मको सडक निर्माणको काम अहिले रोकिएको छ । कार्कीगाउँ देखि झाप्रा गाविसको विचमा सडकको ट्रयाक नै खुलेको छैन । सडक निर्माणको काम रोकिएपछि सर्वसाधारण मात्र होइन, सरकारी लक्ष्य समेत अप्ठेरोमा परेको छ । निर्माण कम्पनी मध्ये स्पेक्स खानी धुलीखेल जेभी, कन्काइ कविर थापा जेभी तथा अनक रोड एन्ड व्रिज कविर जेभीले जिम्मा लिएको काम रोकिएको आयोजनाले जनाएको छ ।
अर्काको फर्म लिएर काम सुरु गर्ने पछि विचमै कामै छोडेर भाग्ने चलनका कारण आयोजनाको काम समस्या परेको छ । स्पेक्स खानी धुलीखेल जेभीको फर्म खलंगा २ का प्रकाशजंग शाहले प्रयोग गरेर काम सुरु गरेको तथा अन्य दुइ वटा फर्म कविर थापा र गोरे तामाङ्गले प्रयोग गरेर काम गरका थिए । शाहले झाप्रा विद्यालय देखि थलह वजार सम्म ५ किलोमिटर, थापाले कुदु देखि चौखे ढुंगासम्म साढे ८ किलो मिटर र तामाङ्गले दसेराको वडावन देखि जेवा सम्मको साढे ५ किमी सडक निर्माणको जिम्मा लिएका थिए ।
उनीहरु मध्ये शाहले ५ वर्ष देखि काम नगरेको र अन्य दुइ जनाले ३ वर्ष देखि कामै नछोएको आयोजनाले जनाएको छ ।
एक पटक सम्झौता गरेपछि त्यसको म्याद १५ महिनाको हुने गरे पनि लामो समय काम छोड्ने माथि कुनै कारवाहि नभएको दशेराका पदमबहादुर शाहीले आरोप लगाए । पटकपटक ताकेता र फर्म कालो सुचीमा राख्ने चेतावनी दिएपछि केहि समयपछि काम सुरु गर्ने गरि वाचा गर्ने गरेका छन् ।
ठेकेकदारलाई कालो सुचीमा राख्ने ताकेता गर्ने तथा चेतावनी दिने वाहेक केहि गर्न नसकिने आयोजनाको भनाइ छ । जाजरकोटको भु –भाग भित्र ८२ किलोमिटर सडक निर्माणका लागि विभिन्न १५ वटा निर्माण कम्पनहरुले काम गरिरहेको र ती मध्ये तीन वटाले ४ वर्ष देखि काम छोडेका कारण पुरै योजना अलपत्र पर्ने अवस्थामा पुगेको आयोजनाले जनाएको छ । जिल्लामा एक दर्जन गाविसहरुमा सडक पहुँच पुर्याउन ५६ करोड वजेट विनियोजन भएपछि काम पुरा हुन सकेको छैन ।
सडक निर्माणमा सरोकारवाला निकायले गम्भीर चासो लिनु पर्ने स्थानीयहरुको माग रहेको छ । सरकारले गल्ती गर्नेहरुलाई कारवाही गर्न नसकेका कारण ठेकेदारहरुले वेइमानी गरेको आयोजनाको आरोप छ । अर्काको फर्म प्रयोग गर्ने र काम चित्तवुज्दो नलागे विचैमा छोडिदिने कारणले जिल्लामा पुर्वाधार निर्माणको योजनाहरु अलपत्र हुदा पनि सरकारी निकाय मौन वसेको जानकारहरु बताउछन् । जनताको नाममा आएको वजेट र कार्यक्रम गलत नियत भएकाहरुको कारण वर्षेनी दुरुपयोग हुने र योजना अलपत्र पर्ने गरेको नागरिक अगुवा राजेन्द्र बिक्रम शाहले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: