Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

१५ लाख बढीको कारोबार गर्दै सकियो पुष्प मेला

पाचौं पश्चिमाञ्चल क्षत्रीय पुष्प प्रदर्शनी एबं पुष्प व्यापार मेला १५ लाख भन्दा बढिको कारोबार गर्दै सकिएको छ । “पोखराको प्रकृति र सुन्दरतामा शान, पुष्प व्यवसाय प्रबद्र्धनमा वाताबरणीय पहिचान” भन्ने मूख्य नाराका साथ फागुन २२ गतेबाट सुरु भएको मेला २६ गते समापन भएको हो । फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्की शाखाको आयोजनामा सम्पन्न उक्त मेलामा २ वटा जानकारीमुलक स्टल सहित २८ वटा स्टल रहेका थिए । सभागृह हल पोखरामा सम्पन्न सो मेलालाई नेपाल सरकार कृषि बिकास मन्त्रालय प्रायोजन गरेको थियो । मेलामा अर्नमेन्टल प्लान्ट, कार्डिनल, सिजनल लगायतका बिभिन्न फूलहरु राखिएको थियो । भाग लिएका नर्सरीहरु मध्ये उत्कृष्ट मौसमी फूल तर्फ पुष्पाञ्जली नर्सरी, उत्कृष्ट आलंकारिक बिरुवा तर्फ गोर्खा तमु नर्सरी, उत्कृष्ट फुल्ने बिरुवा तर्फ श्रीराम नर्सरी, उत्कृष्ट ल्याण्डस्केपमा गार्डेन नर्सरी र उत्कृष्ट स्टलमा पुष्पाञ्जली नर्सरीले पुरस्कार हात पारेका थिए । उत्कृष्ट बनेका नर्सरीहरुलाई कास्कीका सभासद रबिन्द्र अधिकारीले नगद, शील्ड तथा प्रमाणपत्र बितरण गरेका थिए । मेलाको समापन गर्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थापाले पोखरामा पुष्प प्रबद्र्धनका लागि संघ फ्यानसँग हातेमालो गर्न सदैब तयार रहेको बताए । पोखरा पुष्प ब्यबशायको उत्पादन तथा बिक्री बितरणका लागि नेपालको दोस्रो ठूलो बजार भएको बताउँदै फ्यान कास्कीका अध्यक्ष दया द्धा ले कृषि बिकास मन्त्रालय तथा फ्यान केन्द्रले अझ ठूला ठूला योजना कास्कीमा ल्याउनुपर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: