Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

यत्ती भन्दिनुस् –मेरो राज्यमा अपराधी किन खुल्ला बाँच्छन् ?

गृहमन्त्री ज्यु , नमस्कार पछिल्लो समय राज्यमा बढेका श्रृङखलाबद्ध अपराधका घटनाले लेख्न बाध्य पारेर यो पत्र लेखेको हुँ । बाराकी ६ वर्षीया बालिका पूजा शाहको बलात्कार भएको १६ दिन पछि यहि फागुन २४ गते निधन भएको कुरा बिदितै होला । उनको बलात्कारको घटना जस्तो पासविक, क्रुर र निर्मम घटनाले कसलाई पो नछोला र एसिड आक्रमणबाट घाइते संगिता थापा मगर सधै सोधिरहन्छिन –गृहमन्त्री ज्यू, मलाइ एसिड खन्याउने पक्राउ परे भनेर । तपाई मौन हुनुहुन्छ । त्यो कुरा पनि हजुरलाई अवगत होला कि नहोला ? हेटौंडामा चार कक्षामा पढ्ने छात्रालाई आफ्नै शिक्षकले बलात्कार गरेको घटना भर्खरै सार्बजनिक भएको छ । माघ महिनामा मात्रै ४१ वटा बलात्कार र १५ वटा हत्याका घटना भएको तथ्यांक सार्वजनिक गरेर हजुर कता हुनुहुन्छ ? महिला हिंसाका घटनाले कि विछिप्त भएर दुख्नु भएको छ कतै छाँद हालेर रुदै हुनुहुन्छ ? अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इन्सेकले सार्बजनिक गरेको प्रतिवेदन अनुसार यो बर्ष मात्रै देशभर गरेर चारसय ६४ बलात्कारका घटना भएका छन् । यी घटना र तथ्यांक त केवल बाहिर सार्वजनिक भएका होलान् । करिब हाम्रो जस्तो समाजमा यत्ति नै घटना लुकाइएका पनि छन् भन्ने म बुझ्दछु । गृहमन्त्री ज्यू, आश्चार्य, तपाई उदासीन हुनुहुन्छ । मौन हुनुहुन्छ, के ले मौन बनायो ?  मौन बस्ने स्वभाव हो जस्तो लाग्दैन । कि राजनीतिको उपल्लो तलो यस्तै हुने हो ? त्यै पनि एउटा नागरिकको तर्फबाट केही प्रश्न गर्नु जरुरी ठानेर यो पत्र लेखेको हुँ । गृहमन्त्री ज्यू, एसिड आक्रमणमा परेर अस्पतालको सय्यामा लडिरहेका किशोरीहरुको चिच्याहट्ले तपाईंको निद्रा बिथोल्छ कि बिथोल्दैन ? बिथोल्छ भने किन उठ्न सक्नुहुन्न जुरुक्क र आदेश गर्न सक्नु हुन्न मातहतका निकायलाइ, १० दिन अघि नै एसिड हाल्ने अपराधी नजिक पुगिसकें भन्ने तपाईं अहिले कहाँसम्म पुग्नु भयो ? की फेरी फर्किनु भयो ? अपराधीको नजिकै पुगेको तपाईको प्रहरी कता छ आजकाल ? की उसकी पनि छोरी आपतमा छिन् । नत्र नजिकै पुगेपछि ती अपराधी समातिनु पर्नी हुन् नी होइन ? एसिड आक्रमणमा परेकी संगिता र सिमाहरु तपाईंका छोरी वा नातिनी थिए भने पनि अनुसन्धान प्रक्रिया यसैगरी अगाडि बढ्थ्यो हो ? सम्झनुस्, बारामा बलात्कृत ६ बर्षिया पूजा शाह तपाईंकी साख्य नातिनी हुन् । त्यो अवस्थामा तपाईं अहिले झै नदेख्ने, नसुन्ने केही नगर्ने भएर मस्तसँग सुत्न सक्नुहुन्थ्यो की यस्ता पासविक घटनाका अपराधीलाई कानुन नै परिवर्तन गरेर भए पनि कारवाही गर्नुपर्छ भन्नुहुन्थ्यो ? माथिको तथ्यांकले तपाईलाई पोल्छ की आनन्द दिन्छ ? भन्नुस् त, आनन्द दिदैंन भने त्यस्तालाई कारवाही गर्न केले रोकेको छ ? हत्यारा, बलात्कारी , एसिड आक्रमणकारी मध्ये कोही कतै तपाईंका कार्यकर्ता त परेनन् ? यदि कार्यकर्ता भएकै कारण संरक्षण दिनुभएको हो भने तिनीहरुले त एउटी पूजाको बलात्कार गरे । तर  त बलात्कारीलाई सजायँ नदिएर देशका हज्जारौं पूजाहरुको बलात्कार गर्नु भयो । हज्जारौं सिमा र संगिताहरुमाथी एसिड खन्याउनु भयो र खन्याउन उक्साउनु भयो । नत्र भने कानुन परिवर्तन नै गरेर भए पनि त्यस्ता अपराधीलाई कडा सजायँको व्यवस्था गर्न केले रोक्यो ? गृहमन्त्री ज्यू, अपराध नियन्त्रणको जिम्मा पाएको नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा पनि पछिल्लो समय अपराधका घटना व्यापक वृद्धि भएको देखिन्छ । तर नियन्त्रणमा भने तथ्यांक कमजोर छ । के यो तपाईकै असक्षमता हैन र ? कि तपाईंको प्रहरीप्रसाशनले काम गर्न नसक्नुमा राजनीतिक शत्रुहरुको दोष छ ? तपाईं आफैले एउटा सार्वजनिक कार्यक्रममा भन्नू भएको थियो –प्रहरी प्रशासन प्रलोभनमा पर्दा नेपालमा अपराध बढ्यो । ती प्रलोभनमा पर्नेलाई कारवाही गर्ने जिम्मा तपाइकै हैन र ? की प्रलोभनमा पर्नेहरुबाट तपाईंलाई पनि आउँछ केही हिस्सा ? के गृहमन्त्री भनेको प्रहरी प्रशासन भित्र चाजोपाजो मिलाउने, सरुवा बढुवाको कमिसन हिसाब गर्ने , गुण्डासँग, साँठगाँठ मिलाइदिने मात्रै हो ? होइन भने यो लाचारी, यो मौनता र जनताप्रतिको गैह्रजिम्मेवारी कहिले सम्म ? कहिलेसम्म बलात्कृत भैरहनु पर्ने हो पुजाहरुले ? कहिलेसम्म एसिड खाइरहनु पर्ने हो संगिता र सिमाहरुले ? ठूला सुन व्यापारीकै संलग्नतामा सुन तस्करी भैरहेका तथ्य सार्वजनिक हुदाँ पनि तपाईं मौन बस्नुलाइ हामी के बुझौ ? तपाईं गृहमन्त्री हुँदा सधैं सुनको तस्करी बढ्छ यो संयोग हो की नियत ? अन्त्यमा, बलात्कारीलाई कारवाही नगर्दा, एसिड खन्याउनेलाई नसमात्दा, हत्यारालाई संरक्षण दिंदा ,सुन तस्करसँग साँठगाँठ गर्दा अपराधीको मनोबल झन बढ्छ भन्ने तथ्य मैले नभँनु । नुनको सोझो गर्ने टिभी क्यामेरा अगाडि उभिएर गर्धन फुलाउदै अपराधीलाई छाडिन्नु भन्दैमा, पीडितका फोटो अगाडि उभिएर फूल चढाउँदैमा र मण्डलामा मैनबत्ती बाल्दैमा गृहमन्त्रीको कर्तव्य पूरा होला र ? यो पत्र पढ्नुभयो भने या कसैले पढेर सुनाइदिए भने –मलाइ हैन ती अवोध पीडित र पीडितका आफन्तहरुलाई उत्तर दिनुहोला, अपराधीलाई कारवाही कहिलेसम्म हुन्छ ? अनि अरु अवोधहरुले पीडित हुननपर्ने दिन कहिले आउछ ? मलाईचाहिँ यत्ती भन्दिनुस् –मेरो राज्यमा अपराधी किन खुल्ला बाच्छन् ? \"suwas_article\"सुवास कोइराला काठमाडौं
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending