Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

म्यानपावरको लुटतन्त्र, सरकारको घुसतन्त्र

[caption id=\"attachment_61697\" align=\"alignleft\" width=\"750\"]\"Manpower-protest-8-650x372-750\" फाइल तस्विर[/caption]   काठमाडौं । सरकारले गएको असारदेखि मलेसियासहित विभिन्न सात खाडी मुलुकमा निःशुल्क भिसा र टिकटमा मात्रै रोजगारीका लागि विदेश पठाउने निर्णय गर्यो । सरकारको निर्णय विरुद्ध केही दिन सडकमा उत्रिएका म्यानपावर ब्यवसायीको आन्दोलनलाई आम नागरिकले साथ मात्र दिएनन्, घृणा गरे । म्यानपापवर ब्यवसायीहरुकै जनताले सवत्र्र विरोध गर्नुका साथै तत्कालिन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको अडानले गर्दा फ्री भिसा र फ्री टिकटको निर्णयमा ब्यवसायीहरु झुक्न बाध्य भए । तर सरकारको निर्णयमा हस्ताक्षर गरेका ब्यवसायीहरुले झनै ठूलो ठगी धन्दा गर्न थाले । निःशुल्क भिसा र टिकटमा आएको डिमाण्डमा मोटो रकम असुलेर फ्रि भिसा र फ्रि टिकटको नक्कली एग्रीमेन्ट गराएर विदेश पठाउँने धन्दा शुरु गरे । प्रतिब्यक्ति कामदारबाट १०/२० हजार खाएर विदेश पठाउने ब्यवसायीहरुले झनै एउटै कामदारबाट लाखौं असुल्न थाले । कर्मचारीकै मिलेमतोमा सेटिङ मिलाउँदै विदेश पठाउँदै  ब्यवसायीहरुको ठगी धन्दामा अनुगमन गर्ने निकाय वैदेशिक रोजगार विभाग कानमा तेल हालेर बस्यो, ब्यवसायीको ठगी देखेको नदेखेझै गरेर बस्यो । बरु वैदेशिक रोजगार विभाग, श्रम कार्यालयका कर्मचारी तथा श्रम प्रतिनिधि र प्रहरीको मिलेमतोमा सेटिङ मिलाउँदै विदेश पठाउँदै गर्न थालियो । बैदेशिक रोजगारमा भएको ठगी रोक्न भन्दै अख्तियार दुरुपायोग अनसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिना अड्डा जमाएर बस्दासमेत उनीहरुलाई नै गुमराहमा पारेर सेटिङ मिलाउँदै विदेश पठाउँदै गर्न थालियो । वैदेशिक रोजगारीमा भएको ठगी नियन्त्रण गर्ने निकाय विभागले नै वेवास्ता गरेपछि पीडित कामदारको उजुरी धमाधम प्रहरीमा पर्न थाल्यो । उजुरीको चाङ लागेपछि प्रहरीले विदेशबाटै उजुरी गर्न सकिने चार एक्सिस कोडको फोन उपलब्ध गरायो । प्रहरीमा आएको उजुकै आधारमा एकै पटक १८ वटा म्यानपावर कार्यालयमा प्रहरीले छापा मारेपछि ब्यवसायीहरुमा भागदौड र रुवावासी मच्चियो । बैदेशिक रोजगार ब्यवसायमा भएको मनपरी र लुटतन्त्रलाई ब्यवस्थित गर्नुपर्ने ब्यवसायीहरुको छाता संगठन बैदेशिक रोजगार ब्यवसायी संघले उल्टै कोकोहोलो मच्चाउँदै हिड्यो । ठगी गर्ने म्यानपावर ब्यवसायीलाई प्रहरीले कारबाही थालेको विरोधमा अहिले संघले नै गएको दश दिनदेखि सेवा ठप्प पार्न उर्दी गर्दै दादागिरी देखाइरहेको छ । यतिमात्र होइन, वैदेशिक रोजगार ब्यावसायी संघले संस्थागत श्रम स्वीकृति लिन केही म्यानपावर गएको देखेर कुनै पनि ब्यवसायी र श्रमप्रतिनिधि ताहाचलको विभाग परिसरमा भेटिएसमेत कारबाही गर्ने उर्दी जारी गर्यो । संघको उर्दीपछि ताहाचल श्रम कार्यालय जान समेत नसकिएको एक श्रम प्रतिनिधिले बताए । विदेश पठाउने नाममा ठगी गर्नेलार्इ छुट दिने कि डन्ठा बर्साउने ? प्रहरीले १८ वटा म्यानपावरमा छामा मारेर पक्राउ गरेका मध्ये चार जनालाई वैदेशिक रोजगार विभागमा पठाएकोमा विभागले उनीहरुलाई तत्काल छाडिदियो । पक्राउ परेका मध्ये केहीलाई प्रहरीले बैदेशिक रोजगार विभाग अन्तर्गत मुद्दा परेको भन्दै विभागको जिम्मा लगाएपनि अन्यलाई ठगी, मानव वेचविखन, हतियार ओसारपसार लगायतका विभिन्न मुद्दामा कारबाही थालेको छ । प्रहरीले आफूले जे गरे पनि छुनै नसक्ने भन्दै सेवा ठप्प पारेका म्यानपावर कम्पनीलाई कारबाही गर्न सरकारले खुट्टा कपाइरहेको छ । सेवा ठप्प पार्दै भद्र अवज्ञा भनेर आन्दोलन गर्ने र सेवा प्रवाहित गर्ने लुटतन्त्रलाई छुट दिने हो भने सरकार झनै नाङ्गिनेछ । दैनिक १५ सयदेखि २ हजार नेपालीहरु वैदेशिक रोजगारमा पठाउने म्यानपावर ब्यवसायीहरुले सेवा ठप्प पारे पनि उजुरीका आधार आफ्नो कारबाही नरोक्ने प्रहरीले जनाएको छ । म्यानपावर ब्यवसायीहरुले मानव बेचबिखनको अपराध गरेको भन्दै आम नागरिकले त्यस्ता ब्यवासायीलाई मानवबेचविखब अपराध अन्तर्गतको कारबाही चलाउनुपर्ने सुझाव दिँदै आएका छन् । एक हजार भन्दा बढी दर्ता रहेको म्यानपावर कम्पनी मध्ये हाल ७ सय ८१ वटा क्रियाशील छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies