Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सरकार विरुद्ध ३३ लाख जनता ब्रजीलको सडकमा

\"anti-corruption-march\"रियो डि जेनेरो । देशले भोग्नु परेको अप्रत्यासित आर्थिक मन्दी र भ्रष्टाचारविरुद्ध करिब ३३ लाख जनताले गत आइतबार सडकमा उत्रिई ब्राजिलभरी प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनका क्रममा ब्राजिलका दुई सयभन्दा बढी सहरमा हजारौँ व्यक्ति एकत्रित भै देशको झण्डा तथा ‘दिल्मा सरकार शासन छोड् – पीटी पार्टी सत्ता छोड्’ जस्ता नारा लेखिएको प्लेकार्ड, ब्यानर र बेलून हातहातमा लिई पैदल यात्रा गरेका छन् । ब्राजिलको राष्ट्रिय झण्डाको परिचायक रङ्ग पहेँलो र हरियो रङ्गको एकनासको लुगा लगाएका सबै प्रदर्शनकारीले दिल्मा रुसेफको राजीनामा र उनकै पार्टीका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाको गिरफ्तारीको मागसमेत गरेका छन् । साओ पाउलो, रियो डि जेनेरो र ब्राजिलियाका जनताले यसअघि यतिको विशाल विरोध प्रदर्शन देखेका थिएनन् । ब्राजिलको सबभन्दा ठूलो महानगर साओ पाउलोमा मात्र करिब १४ लाख जनसहभागिता रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।\"brazil-impeachment\" निजी क्षेत्रको समाचार प्रसारण संस्था ग्लोबोले जनाएअनुसार विरोध प्रदर्शनकारीहरुले दुई किलोमिटर भन्दा लामो पैदल यात्रा गरेका थिए । त्यस्तै रियो डि जेनेरोमा करिब १० लाखले र राजधानी ब्राजिलियामा अवस्थित संसद भवन नेसनल कँग्रेस भवन परिसर बाहिर करिब ५० हजार प्रदर्शनकारी भेलाभई दिल्मा सरकार शासन छोड भन्ने नारा लगाए । ब्राजिलमा पेट्रोब्राज नामक सरकारी स्वामित्वको इन्धन उत्पादन कम्पनीलाई हतियार बनाई ठूलठूला रकमको भ्रष्टाचार भइरहने बताइन्छ । विगतका धेरै वर्षदेखि शासन सत्तामा रहेका पूर्व राष्ट्रपति लुला डा सिल्भा र उहाँकै पार्टीको वर्तमान राष्ट्रपति दिल्मा रुसेफसमेत भ्रष्टाचारकाण्डमा मुछिएका छन् । पेट्रोब्राज भ्रष्टाचारकाण्ड छानबिन गर्न गठित एक आयोगले ठूलो सङ्ख्याका राजनीतिज्ञहरु, पेट्रोब्राजकै उच्चपदाधिकारीहरु तथा पेट्रोब्राजसम्बन्धित निर्माण कम्पनीका पदाधिकारीहरुलाई सरकारी स्वामित्वको संस्थालाई प्रभावमा पारी अनुचित ठेक्कापट्टा सम्झौता गरे गराएको भन्ने आरोप लगाएको र उनीहरुलाई पक्राउ गर्नुपर्ने सिफारिस गरेको थियो । अहिलेका प्रदर्शनकारीहरुले सो आयोगको प्रतिवेदन कडा रुपमा लागू गर्नसमेत माग गरेका छन् । यसैक्रममा साओ पाउलोका राज्यस्तरीय सरकारी वकिलले समेत पूर्व राष्ट्रपति लुलालाई तत्काल गिरफ्तार गरी कारबाही चलाउन स्थानीय अदालतसमक्ष मागपत्र दर्ता गरेका छन् । यता राष्ट्रपति दिल्माले भने एक पत्रकार सम्मेलनको आयोजना गरी केही प्रदर्शनकारीले राजीनामा मागी होहल्ला मच्चाउँदैमा आफूले लुसुक्क राजीनामा नदिने बताएका छन् । मैले संविधानको उल्लङ्घन गरेको भन्नेहरुले ठोस प्रमाण देखाउ अनिमात्र म विचार गरौँला अन्यथा निर्वाचित राष्ट्रपति विरुद्ध होहल्ला मच्चाउँदैमा म राजीनामा दिन्न’ उनले भनेका छन् । यस अतिरिक्त ब्राजिलको संसदको प्रमुख प्रतिपक्षी दल ‘ब्राजिलियन सोसियल डेमोक्र्याटिक पार्टी ९पीएसडीबी०’ का सदस्यहरुउपर पनि केही गर्न नसकेको नालायक नपुसंकहरु भन्ने आरोप लगाउँदै प्रदर्शनकारीहरुले आफ्नो रिस पोखेका छन् । रासस÷सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy