Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

खाध्यन्नमा अत्याधिक विषादीका कारण क्यान्सर रोगी बढ्दै

\"pesticide-application\"इलाम । तरकारीलगायत खाद्य बालीमा विषादी प्रयोग गरेका कारण इलाममा गत वर्षको तुलनामा यो वर्ष क्यान्सर रोगीको सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय इलामका अनुसार गतवर्षको तुलनामा इलाममा क्यान्सर रोगीको सङ्ख्या १९।१७ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ५९ जनामा क्यान्सर रोग भेटिएकोमा यो वर्ष ७३ जनामा क्यान्सर भेटिएको जिल्ला स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले जानकारी दिए । यसमा ४९ महिला र २४ पुरुषलाई क्यान्सर देखिएको हो । कार्यालयका अनुसार सूर्योदय नगरपालिकामा नौ, इलाम नगरपालिकामा आठ, चुलाचुलीमा सात र दानावारी गाविसमा पाँचजनालाई क्यान्सर लागेको छ । यस्तै, अन्य गाविसमा पनि क्यान्सरका बिरामी रहेको कार्यालयले जनाएको छ । तरकारी खेतीमा विषादी प्रयोग गर्ने र विषादीयुक्त खाद्यान्न प्रयोग गरेका कारण क्यान्सर लागेको हुनसक्ने बताइएको छ । कार्सिनोजेनिक उत्पन्न गर्ने १५ थरीका विषादीमध्ये तरकारीमा धेरै विषादी प्रयोग हुने गरेको छ । सूर्योदय नपा तरकारीको पकेट क्षेत्र हो भने चुलाचुली र दानाबारीमा पनि खेतीमा विषादीको प्रयोग उच्च रहेको पाइन्छ । इलाम नगरपालिका तरकारी र खाद्य उपयोग गर्ने क्षेत्र हो । अन्य क्यान्सर रोगी पनि व्यावसायिक तरकारी खेती गर्ने गाउँमै बढी छन् । अन्य गाविस गोदक, दानाबारी, इभाङ, नामसालिङ क्यान्सर प्रभावित क्षेत्रको रूपमा देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । क्यान्सर पीडित जिल्ला स्वास्थ्य कार्यालयको सिफारिस लिएर पनि उपचारका लागि जाने गरेका छन् । यसबाहेक सोझै उपचारमा जानेको सङ्ख्या पनि उच्च रहेको कार्यालय प्रमुख पोखरेलले बताए । कार्यालयले मुटुका २० र मृगौलाका सातजना रोगीलाई निःशुल्क उपचारका लागि सिफारिस गरेको छ । मुटु र किड्नीका बिरामी भने पुरुष बढी छन् । ‘जटिल रोगको कारण खानपान मुख्य हो’, पोखरेलले भने , विषादी पनि हुनसक्छ ।’ इलाममा क्यान्सरको कारणबारे अनुसन्धान नभएको उनले बताए तर टमाटरजस्ता तरकारी नियमित प्रयोग गर्ने, विषादी प्रयोग गर्ने व्यक्तिमा क्यान्सरको असर देखिएको चिकित्सकहरू बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies